प्रकाशमान सिंह झापामा

0
191

दमक/ नेपाली कांग्रेसका नेता पूर्व उपप्रधान एवम् गृह मन्त्री प्रकाशमान सिंह मंगलवार बेलुका झापा आएका छन् । झापाको शिवसताक्षि नगरपालीकामा गणेशमानसिंह अध्ययन प्रतिष्ठानको आयोजनामा भइरहेको श्रिमद् भागवत महापुराणमा सहभागि हुन पार्टीका पूर्व महामन्त्री समेत रहेका भएको सिंह झापा आएका पार्टी श्रोतले जनाएको छ ।
नेता सिंहले दमक क्षेत्रका कार्यकर्ताहरुसँग भेटघाटको लागि नेता सिंह बुधवार बिहान ११ बजे पार्टी कार्यालयमा आउने र कार्यकर्ता भेटघाटमा सरिक रहने कांग्रेस दमक नगर सभापती रोशन विष्टले जानकारी दिए ।
नगर समितिको मंगलवार बसेको बैठकले नेता सिंह सहभागि हुने कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको हो । साथै पार्टीको नगर बैठकले हिजो भएको बंगलादेशी बिमान दुर्घटनाका मृतकहरुको चिर शान्तीको कामना गर्दे घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here