इलामले जन्माएको कला ः अभिनयमा अब्बल अनु

0
260

‘मलाई मेरा दाइ नरेश र परिवारको पूर्ण सपोर्ट थियो, मेरा दाजुको साथ र बुवा आमाको प्रेरणा नै मेरो कलाकारिताको सफलता हो ।’ मोडलिङ, कलाकारिता पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता सक्रिय भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ, मुख्य कुरा त लगनशिलता नै हो ।

भनिन्छ, कला र साहित्य कस्तो बनाउने भन्ने कुरा त्यस क्षेत्रको हावापानीमा भर पर्छ । यो सार्थक जस्तै बनाइरहेको छ इलामेली कलाकारहरुको श्रृखलाबद्ध उत्पादनले । इलामको हावापानीमा नै साहित्य, कला र संगितका अणुहरु बहिरहेका हुन्छन् कि के हो ? भन्ने प्रश्न समेत उठन थालेको पछिल्लो समयलाई जवाफ दिँदै उदाहरणको पात्र बनेर पूर्वमा उदाउँदैछिन् कलाकार अनु राई ।
इलामको फाकफोकथुम गाउँपालिका अन्तरगत एकतप्पा–१ मेतालुङमा बुवा रामप्रसाद र आमा रीता राईबाट २३ वर्ष अघि जन्मिएकी अनु सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी कलाकार हुन ।
दुइ बर्ष भन्दा बढी समय नाटक थिएटरबाट अभिनय सिकेर कलाकार, मोडलिङ, गायिका बन्ने समेत सपना लिएर सिने क्षेत्रमा प्रवेश गरेकी कलाकार अनुले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।
उनले केही गीतहरूमा पनि आवाज भरिसकेकी छिन् भने आधा दर्जन चलचित्र तथा दर्जनौ टेलीचलचित्रमा समेत अभिनय गरिसकेकी अनु अभिनयमा र नृत्यमा जीवन देखेपछि कलामा आकर्षण रहेको बताउँछिन् ।
सानै उमेर देखि कलाकार तथा मोडल बन्ने सोच र रुचि राख्ने अनु अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषमा छिन् । अनुले भनिन्– ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो योग्यता, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’ उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउछिन ।
मेहनत र पसिनामा चाँदी फल्ने पूर्वको सुन्दर स्थल इलाममा जन्मेर हुर्केर काठमाडौँलाई पूर्वको परिचय दिने उनको सपना पूरागर्न लागिपरेकी अनुले परिवारको सहयोग र साथमा यस क्षेत्रमा सफलता मिलेको बताइन् ।
विशेष गरेर दाजुको प्रेरणा बताउँदै अनु भन्छिन्– ‘मलाई मेरा दाइ नरेश र परिवारको पूर्ण सपोर्ट थियो, मेरा दाजुको साथ र बुवा आमाको प्रेरणा नै मेरो कलाकारिताको सफलता हो ।’ मोडलिङ, कलाकारिता पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता सक्रिय भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ, मुख्य कुरा त लगनशिलता नै हो । उनले बसाई उपन्यासमा गरीव केटीको पात्रको रोल, ‘मंगोलियन हट, भोजपुरी द एच के आर्क, दोवाटे, नहाँसेर भो, हाँस्न पाइदैन, जस्ता टेलि चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here