विमान दुर्घटना : २२ घाइते, ४९ को मृत्यु

0
176

दमक/ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा ४९ यात्रुको मृत्यु भएको पुष्टि नेपाल प्रहरीले गरेको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ युएस–बंगला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनाग्रस्ता हुँदा ती यात्रुको ज्यान गएको हो ।
धावन मार्गबाट चिप्लेर भएको यस दुर्घटनापछि भएको आगलागीबाट ४९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।
कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ३१ जनाको शव घटनास्थलमै भेटिएको हो । केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार गिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here