इलाम र गौरादहमा आगलागी

0
240

गौरादह/ झापाको गौरादह नगरपालिका–५ स्वामी चोक बस्ने टंक श्रेष्ठको घरमा सोमबार आगलागी भएको छ । दिउँसो २ बजेतिर खोले पकाउने क्रममा चुलोबाट अचानक लागेको आगोले श्रेष्ठको घर, गोठ, नगद ६ हजार तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको पीडितले जनाएको छ ।

आगलागी दमकल प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी महारानीझोडाले जनाएको छ ।
यसैगरि इलामको साखेजुङ बस्ने भरत कट्वालको घरमा सोमबार आगलागी हुदाँ अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । ढुङगामाटोले बनेको २ तले घरमा विहान ७ बजेतिर अचानक लागेको आगोले उनको घर,नगद तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी रक्सेले जनाएको छ ।

यता मोरङको बेलबारी नगरपालिका–४ बस्ने ज्ञान बहादुर कार्कीको परालको कुन्युमा समेत सोमबार आगलागी भएको छ । विहान ६ बजेतिर अचानक लागेको आगोले उनको १५ हजार बराबरको क्षति भएको बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here