Monday, November 25, 2024
Home Blog Page 315

बलात्कारका अभियोग लागेका ५ जना सार्वजनिक

झापा/ राजधानीको सार्वजनिक बसमा चढेकी बौद्धिक अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ठेगाना नखुलाइएका भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईं रहेका छन् ।
राजधानीमै त्यस्तो प्रकारको घटना, त्यसमा पनि सार्वजनिक बसमा चढेकी बालिकामाथि, यो सामान्य घटना हुँदै होइन, यस्तो प्रकारको घटनाले अब सार्वजनिक बसमै यात्रा गर्न जोखिम रहेको देखियो। यस घटनालाई गम्भीर रूपमा लिएका छौं, काठमाडौं प्रहरी परिसका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले भने। यस्तो भएको थियो घटना फागुन १७ गते साँझ एक १५ वर्षीया बौद्धिक अपांगता भएकी ती बालिका बल्खु घरबाट बल्खु चोकतिर निस्केकी थिइन्। बल्खु पुगेकी उनी बल्खु चोकमै भेटिएको रिङरोड चल्ने बा४ख ३८४१ बस चढिन्। बस बल्खु हुँदै कलंकी, गंगबु, वसुन्धरा पुग्यो। त्यति बेलासम्म बसमा चढेका सबै यात्रु ओर्लिसकेका थिए ।
साँझ झमक्क परेको थियो। ती बािलका भने ओर्लिन सकिनन्। त्यही मौका छोपेका उक्त बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले बालिकालाई सहयोग गर्नुको साटो वसुन्धारामै रहेको एक ग्यारेजमा लगेर पालैपालो बलात्कार गरे। घटना त्यतिमै रोकिएन। बलात्कारलगत्तै बालिकालाई बसका चालक घिमिरेले आफ्नै कोठा ललितपुरको हरिसिद्धि पुर्याएर छ दिनसम्म बन्धक बनाएर बलात्कार गरिरहे। प्रहरीका अनुसार बन्धक बनाइएकी बालिकालाई कोठाभित्रै दिसा पिसाब गराइएको थियो। यता, पीडित बालिकाकी आमा भने छोरी हराएकाले बालबालिका खोजतलास केन्द्रदेखि प्रहरी र संचार माध्यममा छोरीको खोजीका लागि हुलिया दिँदै अनुरोध गर्दै थिइन् ।
उता, बालिका भने लगातार बलात्कारको सिकार भइरहेकी थिइन्। छ दिनको बन्धकबाट बल्लतल्ल के छुटेकी थिइन्, उनी फेरि अर्काे बसका सहचालकको पन्जामा परिन् । उनी थिए, सुदीप बजगाईं। उनले फागुन २४ गते एक दिन र आफैँसँग राखेर ती बालिकालाई बलात्कार गरे । उनले फागुन २५ गते दीपक गड्तौलालाई जिम्मा लगाए। दीपकले बालिकालाई सन्तोष घिमिरेकै कोठा हरिसिद्धि र्पुयाइदिए। २५ गते राती दीपकले आफ्नै कोठामा राखेर बलात्कार गरे । २७ गते भने दीपकले बालिकालाई सातदोबाटोबाट रिङरोड चल्ने बा२ख ४१९५ नम्बरको गाडीमा चढाए ।
उक्त गाडीका चालक थिए, दिपक घिमिरेकै साथी भोला तामाङ र सहचालक चन्द्र सापकोटा। उनीहरूले समेत स्वयम्भुको एक ग्यारेजमा लगेर रातभर पालैपालो बलात्कार गरे । यति हुँदा बालिकाको स्वास्थ्यमा समस्या देखिन सुरु भइसकेको थियो । २८ गते उनीहरूले ती बालिकालाई स्वास्थ्यमा समस्या देखिएपछि २५० रुपैयाँ र गर्भनिरोधक औषधि दिएर स्वयम्भुमा छाडिदिए ।
पीडित बालिकाका आफन्तले स्वयम्भुमा फेला पार्दा उनी अझै असामान्य बन्दै गएकी थिइन्। बलात्कारको आशंकामा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएको आधारमा अनुसन्धान गर्दा सार्वजनिक बसका चालहरू मिलेर बन्धक बनाई पालैपालो बलात्कार गरेको खुलेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए। बसका चालक सन्तोष घिमिरेको कोठाबाट प्रहरीले गर्भधारण रोक्ने औषधिको खोल, कण्डम र दुई बोतल पिसाबसमेत बरामद गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन

सुरुङ्गा/ झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको हो ।
नाष्टका इन्जिनियर डाक्टर रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६ सय देखि ७ सय मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए ।
उनले कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीकरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताउनु भयो । नवीकरण हुने प्लाष्टिकलाई पुनःनवीकरण गर्ने र नवीकरण नहुने प्लाष्टिकलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न सुझाव दिए ।
यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ । झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ ।कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लाष्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

रक्तचापको रोगीलाई गुनिलो करेला

भनिन्छ, मौसमी सागसब्जी सेवन गर्नु स्वास्थ्यका लागि अनुकुल हुन्छ । अहिले बजारमा करेला देखिन थालिएको छ । करेला स्वादको हिसाबले तीतो, टर्रो हुन्छ । तर, स्वास्थ्यको हिसाबले उत्तिकै गुनिलो हुन्छ ।

पोषणको कुरा गर्ने हो भने, करेलामा पाइने प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन ए, बी, सी, आइरन, म्याग्नेसियन आदि जस्ता गुणहरूले गर्दा करेला स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । करेलालाई प्राचीनकालदेखि नै आयुर्वेदको रुपमा लिइन्छ । त्यसैले पनि यसलाई स्वास्थ्यको लागि लाभदायी मानिन्छ ।

करेला खानुको फाइदहरू

-श्वास सम्बन्धी लाग्ने रोग जस्तै रुघाखोकी, दम आदिबाट बच्नको लागि करेला एक लाभदायी औषधि मानिन्छ । हरेक दिन खानासँग करेला खानाले राम्रो हुन्छ । कम्तीमा हप्तामा २/३ पटक तरकारीको रुपमा खायो भने पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । विहान खाली पेटमा करेला र तुलसीको पातसँग पिसेर खानाले पनि शरीरको दुखाईमा कमी ल्याउँछ । दम भएको व्यक्तिले करेला तासेर वीना मसाला खानाले पनि फाइदा हुन्छ ।

-खराब खानपान र डि्रंकको कारण सबभन्दा पहिला कलेजोमा समस्या उत्पन्न गरेको हुन्छ । यसले कैयौ स्वास्थ्यमा खरावी ल्याएको हुन्छ । कलेजोको स्वास्थ्यको लागि हरेक दिन एक गिलास करेलाको जुस पिउदा राम्रो मानिन्छ ।

-शरीरमा पानीको कमी महशुस भएमा पनि १/२ गिलास पानीमा २ चम्चा करेलाको जुस मिसाएर खानाले पनि राम्रो हुन्छ ।

-करेलाले शरीरको इनर्जी पावर बढाउनुको साथै पानीमा उमालेर पिउनाले रोगसँग लड्ने क्षमता बढाउँछ । इन्सुलेशनको उचित मात्रामा नहुने हुनाले ब्लड सुगरको मात्रा बढेको हुन्छ जुन टाइप २ डायविटिजको लागि जिम्मेवारी मानिन्छ । टाइप २ डायविटिज रोगीको लागि करेलाको जुस एकदम फलदायी हुन्छ ।

-करेलाले मुटु सम्बन्धी हुने रोगबाट पनि बचाउँछ । करेलाले कोलस्ट्रोल लेभल नियन्त्रण गर्छ । जसले ब्कतचष्ह सही तरिकाले काम गरेको हुन्छ र हार्ट अट्याक हुन निकै कम गर्छ । ब्लड सुगर पनि कम गरेको हुन्छ ।

-करेलामा हुने एन्टिअक्साड शरीरमा भएको सबै विकार तत्वहरू बाहिर निकालेको हुन्छ । यसले पाचन प्रणाली पनि राम्रो बनाउँछ । करेला शरीरमा क्यालोरीका मात्रा पनि नियन्त्रण गरेको हुन्छ । करेलामा ८०/८५ प्रतिशत पानी हुने भएकोले शरीरको तौल घटाउन पनि मदत गरेको हुन्छ । करेलाको रसमा कागतीको रस पानीसँग मिलाएर पिउनाले शरीरको तौल घटाउन मदत गरेको हुन्छ ।

-उमेर बढेसँगै जोर्नीसँग सम्बन्धी विभिन्न रोगहरू लागेको हुन्छ । खुट्टाको जोर्नी दुख्ने, उठ्न बस्न समस्या हुने तथा भर्‍याङ चढ्न समस्या जस्ता समस्याको लागि पनि करेला एकदम उपयोगी खाना मानिन्छ ।

-महिलामा हेमोग्लोविनको समस्या बढी हुने गर्दछ । हुनत बजारमा धेरै प्रकारका औषधीहरू उपलब्ध छ तर आइरनले भरपुर मात्रामा भएको पौषिक तत्व भएको खाना खानाले फाइदा हुन्छ । करेलामा आइरनको मात्रा धेरै हुने हुनाले करेला खानाले रगतमा हेमोग्लोविनलाई नियन्त्रण गरेको हुन्छ साथै रगत सफा पनि बनाएको हुन्छ ।

-करेलाको हरदिन प्रयोगले छालामा चमक ल्याएको हुन्छ । छालामा हुने कयौं रोगहरू पनि निवारण गरेको हुन्छ । करेलाले रगत सफा राख्ने भएकोले अनुहारमा हुने दाग, डण्डिफोरको समस्या कमी ल्याउछ ।

-लामो घना र चमकदार कपालको लागि पनि करेला एकदम महत्वपुर्ण आहार हो । करेलाको जुस दहीसँग मिलाएर कपालमा लगाउने र १५-२० मिनेट पछि धुनाले कपालमा चम्किलोपन ल्याउँछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापाका बोहोराको मलेशियामा मृत्यु

दमक/ वैदेशिक रोजगारीमा गएका झापाका एक युवकको मलेशियामा मृत्यु भएको छ ।
झापा ,कमल गाउँपालिका ३ बोहोराटोल निवासी ३८ वर्षिय गंगा वोहोराको मलेशियामा सुतेकै ठाउँमा मृत्यु भएको बोहोराका आफन्त ज्ञानु थापाले जानकारी दिए ।

चैत ३ गते मलेशियामा मृत्यु भएको बोहोराको शव काठमाडौ ल्याईने तयारी गरिएको परिवारिक स्रोतले जनाएको छ ।
परिवारीक अवस्था अन्यन्त कमजोर भएका बोहोरा तिन वर्ष अगाडी मलेशिया गएका थिए। मृतक बोहोराका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

फाल्गुनन्द सडकका लागि १ अर्ब ७५ करोड माग

दमक/ झापाको दमकदेखि इलाम हुदै पाँचथरको रविसम्म जोडिने निर्माणाधीन फाल्गुनन्द मार्गमा कालोपत्रसहितको सडक बनाउन उपभोक्ताहरुले सरकारसंग थप वजेट माग गरेका छन् ।
दमक–रवि चिसापानी ( फाल्गुनन्द मार्ग ) निर्माण उपभोक्ता समितिको एक प्रतिनिधिमण्डलले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्माणाधीन सो सडकका लागि आवश्यक थप वजेट माग गरेका हुन् ।

समितिका अध्यक्ष रेवतराज पुरी ( गगन ) का अनुसार डिपीआर मार्फतको रु १ अर्ब ७५ करोड वजेट बिनीयोजन गरिदिन सरकारसंग माग गरिएको छ । अध्यक्ष पुरीले सो व्यहोराको ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई बुझाईएको समितिद्धारा विज्ञप्तिमा जनाईएको छ ।
केहि महिनाअघि मात्र पूर्ण ट्रयाक खुला गरिएको सो सडक बाहैमास सञ्चालन गर्न समितिले सरकारसंग त्यतिका आवश्यक बजेट माग गरिएको अध्यक्ष पुरीले बताए ।

ज्ञापनपत्र बुझदै प्रम ओलीले निर्माणाधीन दमक–रवि सडकलाई पूर्णता दिन वर्तमान सरकारले उच्च प्राथमिकता दिने आश्वासन दिनुभएको टोलीमा सहभागि समितिका सचिव दिलकुमार लावतीले बताए । यस्तै मंगलवारनै टोलीले अर्थमन्त्रालयका अधिकारीहरुसंग समेत सडकको बारेमा छलफल गरेको छ ।
टोलीले सो मार्गको ३६ किलोमिटर सडक खण्डमा पक्की ढल,ब्रेष्ट वाल,ग्राभेलिङ,रिटनेड वालसहित कालोपत्रे सडक निर्माणका लागि डिपीआरको लागत वजेट माग गरिएको समितिले जनाएको छ । उक्त टोलीमा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, झापा–२ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र कुमार कार्की, सासंद महेन्द्रकुमारी सुब्बा, प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, समितिका पदाधिकारी,सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गौरादह –३ को वडा कार्यालयलाई जग्गा

गौरादह,६ चैत / झापाको गौरादह नगरपालिका वार्ड नं. ३ को वडा कार्यलय भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । वार्ड नं. ३ को धोबिनिया चौक देखि ५०० मिटर पश्चिममा स्थानीय ६ जना दाताहरुले वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क जग्गा दिएका हुन् ।
उसरी भवन निर्माणका लागी जग्गादान गर्नेहरुमा बिष्णु राईले २ कठ्ठा, पुण्य सिग्देलले १ कठ्ठा, माया नाथ सिग्देलले १ कठ्ठा, लिला कर्कीले १ कठ्ठा र चन्द सिग्देलले १ कठ्ठा सहित जग्गा दिएका वडाध्यक्ष गजेन्द्र घिमीरेले जानकारी दिए । प्राप्त भएको जग्गा मनाप जंगलवार नापजाँच गरी छुट्याइएको र एक साता भित्रमा वार्ड कार्यालयलाई जग्गा पास गरिदिने सहमति भएको वडाध्यक्ष घिमीरेले बताए ।
हाल स्थानीय धोबिनिया चौकको एक घर भाडामा लिई वार्ड कार्यालय सञ्चालन हुदै आएको छ । वडा कार्यालयले चालु आर्थिक बर्षमा लक्षित वर्गको कार्यक्रम अन्र्तगतको ८० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । लक्षित वर्गहरुको लागि १५ लाख बजेट बिनियोजन गरिएकोमा ८ लाख भौतिक तर्फ र ७ लाख कार्यक्रम तर्फ बजेट छुट्याईएको वडाध्यक्ष गजेन्द्र घिमीरेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

६ जुवाडे पक्राउ

दमक/ झापाको दमक–६ स्थित फाल्गुनन्द चोकको एक घरबाट प्रहरीले ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । विष्णुहाङ शेर्माको घरबाट प्रहरीले रु १ लाख ४५ हजार ३ सय २५ रुपैयाँसहित ती जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले शेर्माको ४ तले घरको पहिलो तलाबाट उनीहरुलाई सोमबार बेलुका ९ बजे पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट रकम, क्यारेम्बोडको गोटी २० थान र २१ बुङ तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएकोछ ।

शेर्मा जुवा खेल्ने र खेलाउने गर्ने पेशेवर जुवाडे रहेको प्रहरीको दावी छ । पक्राउ पर्ने अधिकांश दमकका प्रतिष्ठित व्यक्तिहरु भएकाले प्रहरीले नाम भने सार्वजनिक गरेको छैन् । पक्राउ परेका सबैलाई जुवा ऐन अनुसार मंगलवारनै जिल्ला अदालतमा कारवाहीका लागि पठाईएको प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गौरादहमा ढलको समस्या

गौरादह/ गौरादहमा बजार र डिपु आसपासका क्षेत्रमा ढलको अवस्था दयनीय देखिएको छ । चालु आर्थिक बर्ष ०७४र०७५ को लागि घोषित बजेट मार्फत ढल निर्माणका लागि ८०र२० को कार्यक्रम अन्तरगत ३५ लाख रुपैयाँँ बिनियोजन गरिएको छ । जस अनुसार गौरादह डिपु बाट पश्चिम् गेउरिया खोला सम्म ड्रेनेज निर्माण गरि व्यवस्थित ढल बनाइने गुरुयोजना रहेको नगर प्रमुख रोहित कुमार साह बताउछन् ।
बर्षा याम सुरु हुनु पुर्व नै ढल निर्माणकार्य सप्पन्न नगर्ने हो भने गौरादह डिपु आसपासमा बर्षा याममा ठूलो चुनौती थपिने साहको भनाइ छ । गौरादह बजार र डिपुका मुख्य क्षेत्रमा केहि बर्ष अगाडि निर्माण गरिएको ढल मापदण्ड बिपरित रहेको पाइएको छ ।
फोहोर पानीको निकास हुन नसक्ने गरि ढल निर्माण नभएको स्थानीयले गुनासो गरेका छ्न । गर्मिको मौसममा ढलबाट आएको दुर्गन्धले भयावह स्थिति सृजना गर्ने स्थानीय बासिन्दा बताउँछन् । लामो समय देखि ढल सफाइ नगरिएकोले आसपासका व्यवसायीलाई निकै ठूलो त्रास थपिदिएको छ । बारम्बार जनप्रतिनिधिलाई जानकारी गराइदा पनि उनिहरु कानमा तेल हालेर बसेका छन ।
जेष्ठ असारको पानीले डिपु डुबाउने अवस्था छू – बजारमा दूध डेरी सञ्चालक दिपक सेढाई पीडा व्यक्त गर्छन । जाडो यामको अन्त्य संगै ढलको फोहोरमैलाको कारणबाट लामखुट्टे आतंक बढ्न थालेको सेढाईको गुनासो छ ।
दिपक सेढाई मात्र होइन होटल व्यवसायीहरुको पीडा पनि दुःखद रहेकोे छ । होटल बाट निस्किने फोहोरमैला ढलमा छोड्ने अवस्था छैन । ढलमा फ्याँकिएको फोहोरपानी बगेर आफ्नै दोकानमा आउने र ढल अत्यन्तै दुर्गन्धित भएकोले पसल खोल्न पनि डर लाग्छ ।– चिया पसले लेप्सु दाइले आफ्नो गुनासो पोखे । डिपु देखिको फोहोरमैला आफ्नो घर बारीमा आएर पस्ने गरेको बताउने पुष्पा चापागाईं अब आफुहरु सहेर बस्न नसक्ने बताउछिन् ।
डिपु बाट पश्चिम् जाने सडकको उत्तर र दक्षिणको भागमा बर्षायाममा जलमग्न हुने गरेको स्थानीयवासीको भनाइ छ । सडकमा राखिएको ह्युमपायप सागुरो र पानीको पर्याप्त निकास नहुने गरि निर्माण गरिएकोले उक्त क्षेत्र जलमग्न हुने गरेको नगरप्रमुख रोहित साह बताउँछन् । मापदण्ड बिपरित निर्माण गरिएकोले बर्सेनि भयावह समस्या आउने गरेको भन्दै साहले नगरपालिकाको सम्पुर्ण ध्यान ढल निर्माणकार्यमा रहेकोले आगामी जेष्ठ भित्रमा सडकको दुबै तर्फ ड्रेनेज निर्माण गरि समस्या समाधान गरिने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

चिट्ठा पर्यो भन्दै ठगी गर्ने पक्राउ

पाँचथर, ६ चैत / २५ लाखको चिठ्ठा पर्याे भन्दै इमो तथा म्यासेन्जरमा म्यासेज पठाई रकम लिने एक ब्यक्तिलाई पाँचथर प्रहरीले आइतबार पक्राउ गरेको छ । पाँचथरको फिदिम–१ बस्ने एक युवतीलाई तपाईलाई पाँच मुलुकको इमो लक्कीड्र गर्दा २५ लाखको चिठ्ठा परेको छ, तपाईले कर बापतको ३० हजार रकम आइ. एम. इ. बाट पठाउनु हुन भन्दै ठगी गर्ने जिल्ला सप्तरी राजबिराज–१२ बस्ने १९ बर्षिय महेश कुमार मण्डललाई सप्तरी प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई सम्मानित जिल्ला अदालत पाँचथरबाट ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले उनको साथबाट ७० हजार नगद समते बरामद गरेको छ।
४० लाख बढीको भन्सार छलिको समान बरामद
सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार ४० लाख बराबरको भन्सार छलेको कपडा भएको ट्रक नियन्त्रणमा लिएको छ । मोरङको ग्रामथान गाउँपालिका–७ बस्ने सतेस चौधरीले चलाएको को १ ख ४०१० नम्बरको कुर्तासुरुवाल लोड भएको उक्त ट्रक बेलुका ८ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद सामानसहित ट्रक र चालकलाई आवश्यक कार्बाहीकोलागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बालिकासहित तीनको मृत्यु

दमक / पूर्वको ताप्लेजुङ,मोरङ र सोलुखुम्बुमा आइतबार भएका अलग घटनामा परेर एक बालिकासहित तीन जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ताप्लेजुङको पाथिभरा–याङवरक गाउँपालिका– १ केराबारीमा रुखबाट लडेर एक बालिकाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा स्थानीय ओदराज दिगर्चा सुनुवारको घरमा काम गरी बस्ने १३ बर्षिया भावना मगर रहेकी छिन् । बालिका आइताबर अपरान्ह चिउरीको रूखको घाँस झार्ने क्रममा अचानक लडेकी थिइन् । उनलाई उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी मेवाखामाले जनाएको छ ।
यसैगरि मोरङको सुन्दरहरैचा नगरपालिका–२ लबतोरिया बस्नेर ४२ बर्षीय छुतहरु सरदारको टयाक्टरले किचेर ज्यान गएको छ । बेलुका ८ बजेतिर आफ्नै घरको आँगनमा को १ त ७६७६ नम्बरको ट्याक्टर पार्किङ गरी राख्ने क्रममा ट्याक्टर पल्टिएर उनलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसैगरि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– २ नागपोखोरीमा ट्याक्टर दुर्घटनामा थुलुङ दुधकोशी गाउँपालिका– २ बस्ने ६९ बर्षिय पूर्ण बहादुर बस्नेतको ज्यान गएको छ ।

दिप्लीबाट कागेंल तर्फ जाँदै गरेको को २ त ४६१८नम्बरको बालुवा लोड गरेको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा बस्नेत ट्याक्टरको डालाले च्यापिदा गम्भिर घाईते उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको विमानस्थल सुक्षागार्ड कागेलले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्