गौरादह –३ को वडा कार्यालयलाई जग्गा

0
189

गौरादह,६ चैत / झापाको गौरादह नगरपालिका वार्ड नं. ३ को वडा कार्यलय भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । वार्ड नं. ३ को धोबिनिया चौक देखि ५०० मिटर पश्चिममा स्थानीय ६ जना दाताहरुले वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क जग्गा दिएका हुन् ।
उसरी भवन निर्माणका लागी जग्गादान गर्नेहरुमा बिष्णु राईले २ कठ्ठा, पुण्य सिग्देलले १ कठ्ठा, माया नाथ सिग्देलले १ कठ्ठा, लिला कर्कीले १ कठ्ठा र चन्द सिग्देलले १ कठ्ठा सहित जग्गा दिएका वडाध्यक्ष गजेन्द्र घिमीरेले जानकारी दिए । प्राप्त भएको जग्गा मनाप जंगलवार नापजाँच गरी छुट्याइएको र एक साता भित्रमा वार्ड कार्यालयलाई जग्गा पास गरिदिने सहमति भएको वडाध्यक्ष घिमीरेले बताए ।
हाल स्थानीय धोबिनिया चौकको एक घर भाडामा लिई वार्ड कार्यालय सञ्चालन हुदै आएको छ । वडा कार्यालयले चालु आर्थिक बर्षमा लक्षित वर्गको कार्यक्रम अन्र्तगतको ८० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । लक्षित वर्गहरुको लागि १५ लाख बजेट बिनियोजन गरिएकोमा ८ लाख भौतिक तर्फ र ७ लाख कार्यक्रम तर्फ बजेट छुट्याईएको वडाध्यक्ष गजेन्द्र घिमीरेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here