पाँचथर, ६ चैत / २५ लाखको चिठ्ठा पर्याे भन्दै इमो तथा म्यासेन्जरमा म्यासेज पठाई रकम लिने एक ब्यक्तिलाई पाँचथर प्रहरीले आइतबार पक्राउ गरेको छ । पाँचथरको फिदिम–१ बस्ने एक युवतीलाई तपाईलाई पाँच मुलुकको इमो लक्कीड्र गर्दा २५ लाखको चिठ्ठा परेको छ, तपाईले कर बापतको ३० हजार रकम आइ. एम. इ. बाट पठाउनु हुन भन्दै ठगी गर्ने जिल्ला सप्तरी राजबिराज–१२ बस्ने १९ बर्षिय महेश कुमार मण्डललाई सप्तरी प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई सम्मानित जिल्ला अदालत पाँचथरबाट ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले उनको साथबाट ७० हजार नगद समते बरामद गरेको छ।
४० लाख बढीको भन्सार छलिको समान बरामद
सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार ४० लाख बराबरको भन्सार छलेको कपडा भएको ट्रक नियन्त्रणमा लिएको छ । मोरङको ग्रामथान गाउँपालिका–७ बस्ने सतेस चौधरीले चलाएको को १ ख ४०१० नम्बरको कुर्तासुरुवाल लोड भएको उक्त ट्रक बेलुका ८ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद सामानसहित ट्रक र चालकलाई आवश्यक कार्बाहीकोलागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।
चिट्ठा पर्यो भन्दै ठगी गर्ने पक्राउ
फेसबूकमा कमेन्ट्स गर्नुहोस्