झापाका बोहोराको मलेशियामा मृत्यु

0
367

दमक/ वैदेशिक रोजगारीमा गएका झापाका एक युवकको मलेशियामा मृत्यु भएको छ ।
झापा ,कमल गाउँपालिका ३ बोहोराटोल निवासी ३८ वर्षिय गंगा वोहोराको मलेशियामा सुतेकै ठाउँमा मृत्यु भएको बोहोराका आफन्त ज्ञानु थापाले जानकारी दिए ।

चैत ३ गते मलेशियामा मृत्यु भएको बोहोराको शव काठमाडौ ल्याईने तयारी गरिएको परिवारिक स्रोतले जनाएको छ ।
परिवारीक अवस्था अन्यन्त कमजोर भएका बोहोरा तिन वर्ष अगाडी मलेशिया गएका थिए। मृतक बोहोराका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here