गौरादहमा ढलको समस्या

0
843

गौरादह/ गौरादहमा बजार र डिपु आसपासका क्षेत्रमा ढलको अवस्था दयनीय देखिएको छ । चालु आर्थिक बर्ष ०७४र०७५ को लागि घोषित बजेट मार्फत ढल निर्माणका लागि ८०र२० को कार्यक्रम अन्तरगत ३५ लाख रुपैयाँँ बिनियोजन गरिएको छ । जस अनुसार गौरादह डिपु बाट पश्चिम् गेउरिया खोला सम्म ड्रेनेज निर्माण गरि व्यवस्थित ढल बनाइने गुरुयोजना रहेको नगर प्रमुख रोहित कुमार साह बताउछन् ।
बर्षा याम सुरु हुनु पुर्व नै ढल निर्माणकार्य सप्पन्न नगर्ने हो भने गौरादह डिपु आसपासमा बर्षा याममा ठूलो चुनौती थपिने साहको भनाइ छ । गौरादह बजार र डिपुका मुख्य क्षेत्रमा केहि बर्ष अगाडि निर्माण गरिएको ढल मापदण्ड बिपरित रहेको पाइएको छ ।
फोहोर पानीको निकास हुन नसक्ने गरि ढल निर्माण नभएको स्थानीयले गुनासो गरेका छ्न । गर्मिको मौसममा ढलबाट आएको दुर्गन्धले भयावह स्थिति सृजना गर्ने स्थानीय बासिन्दा बताउँछन् । लामो समय देखि ढल सफाइ नगरिएकोले आसपासका व्यवसायीलाई निकै ठूलो त्रास थपिदिएको छ । बारम्बार जनप्रतिनिधिलाई जानकारी गराइदा पनि उनिहरु कानमा तेल हालेर बसेका छन ।
जेष्ठ असारको पानीले डिपु डुबाउने अवस्था छू – बजारमा दूध डेरी सञ्चालक दिपक सेढाई पीडा व्यक्त गर्छन । जाडो यामको अन्त्य संगै ढलको फोहोरमैलाको कारणबाट लामखुट्टे आतंक बढ्न थालेको सेढाईको गुनासो छ ।
दिपक सेढाई मात्र होइन होटल व्यवसायीहरुको पीडा पनि दुःखद रहेकोे छ । होटल बाट निस्किने फोहोरमैला ढलमा छोड्ने अवस्था छैन । ढलमा फ्याँकिएको फोहोरपानी बगेर आफ्नै दोकानमा आउने र ढल अत्यन्तै दुर्गन्धित भएकोले पसल खोल्न पनि डर लाग्छ ।– चिया पसले लेप्सु दाइले आफ्नो गुनासो पोखे । डिपु देखिको फोहोरमैला आफ्नो घर बारीमा आएर पस्ने गरेको बताउने पुष्पा चापागाईं अब आफुहरु सहेर बस्न नसक्ने बताउछिन् ।
डिपु बाट पश्चिम् जाने सडकको उत्तर र दक्षिणको भागमा बर्षायाममा जलमग्न हुने गरेको स्थानीयवासीको भनाइ छ । सडकमा राखिएको ह्युमपायप सागुरो र पानीको पर्याप्त निकास नहुने गरि निर्माण गरिएकोले उक्त क्षेत्र जलमग्न हुने गरेको नगरप्रमुख रोहित साह बताउँछन् । मापदण्ड बिपरित निर्माण गरिएकोले बर्सेनि भयावह समस्या आउने गरेको भन्दै साहले नगरपालिकाको सम्पुर्ण ध्यान ढल निर्माणकार्यमा रहेकोले आगामी जेष्ठ भित्रमा सडकको दुबै तर्फ ड्रेनेज निर्माण गरि समस्या समाधान गरिने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here