फाल्गुनन्द सडकका लागि १ अर्ब ७५ करोड माग

0
250

दमक/ झापाको दमकदेखि इलाम हुदै पाँचथरको रविसम्म जोडिने निर्माणाधीन फाल्गुनन्द मार्गमा कालोपत्रसहितको सडक बनाउन उपभोक्ताहरुले सरकारसंग थप वजेट माग गरेका छन् ।
दमक–रवि चिसापानी ( फाल्गुनन्द मार्ग ) निर्माण उपभोक्ता समितिको एक प्रतिनिधिमण्डलले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्माणाधीन सो सडकका लागि आवश्यक थप वजेट माग गरेका हुन् ।

समितिका अध्यक्ष रेवतराज पुरी ( गगन ) का अनुसार डिपीआर मार्फतको रु १ अर्ब ७५ करोड वजेट बिनीयोजन गरिदिन सरकारसंग माग गरिएको छ । अध्यक्ष पुरीले सो व्यहोराको ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई बुझाईएको समितिद्धारा विज्ञप्तिमा जनाईएको छ ।
केहि महिनाअघि मात्र पूर्ण ट्रयाक खुला गरिएको सो सडक बाहैमास सञ्चालन गर्न समितिले सरकारसंग त्यतिका आवश्यक बजेट माग गरिएको अध्यक्ष पुरीले बताए ।

ज्ञापनपत्र बुझदै प्रम ओलीले निर्माणाधीन दमक–रवि सडकलाई पूर्णता दिन वर्तमान सरकारले उच्च प्राथमिकता दिने आश्वासन दिनुभएको टोलीमा सहभागि समितिका सचिव दिलकुमार लावतीले बताए । यस्तै मंगलवारनै टोलीले अर्थमन्त्रालयका अधिकारीहरुसंग समेत सडकको बारेमा छलफल गरेको छ ।
टोलीले सो मार्गको ३६ किलोमिटर सडक खण्डमा पक्की ढल,ब्रेष्ट वाल,ग्राभेलिङ,रिटनेड वालसहित कालोपत्रे सडक निर्माणका लागि डिपीआरको लागत वजेट माग गरिएको समितिले जनाएको छ । उक्त टोलीमा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, झापा–२ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र कुमार कार्की, सासंद महेन्द्रकुमारी सुब्बा, प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, समितिका पदाधिकारी,सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here