Saturday, February 22, 2025
Home Blog Page 23

डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् ।

यस्तै सबैभन्दा कम सङ्क्रमित भएको भनिएको कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या छ सय ७२ पुगेको छ । काठमाडौँ जिल्ला सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । काठमाडौँमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेङ्गु सङ्क्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जनतासँगै रहन चुनावमा प्रतिस्पर्धा : शेखरनाथ सेडाई

नेपाली कांग्रेस (बीपी)को तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखरनाथ सेडाईले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका हुन् । उनले झापा–५ मा जनतासँगै रहन चुनावमा प्रतिस्पर्धा गरेको जनाए । सेढाईले निर्वाचित भएपछि सांसदहरुलाई दिइने संसद् विकास कोष खारेज गर्ने जनाए । १७ बुँदे घोषणापत्र सार्वजनिक गर्र्दै सेडाईले झापामा रहेका अल्पसंख्यक समुदायको लागि देशकै नमुना एकीकृत बस्ती निर्माण गर्ने बताए ।

उक्त बस्ती पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्य रहेको बताए । उनले यो क्षेत्रमा पाँच वर्षमा कम्तीमा चारवटा उद्योग स्थापना गर्ने दाबी गरे ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बैंकको चर्को ब्याजको विरुद्धमा दमकका व्यवसायी आन्दोलित, यस्ता छन् आन्दोलनका कार्यक्रम

नेपाल राष्ट्र बैंकले ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाइमा दमकका व्यापारीहरू आन्दोलनमा उत्रिने भएका छन् ।

लामो समयदेखि कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीकाबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरी रहेकाले यस्तो बेला सरकारले व्यवसायीलाई सहुलियत दिनुको साटो ब्याजमा एकपछि अर्को नियमहरु ल्याएर उद्योग व्यापार क्षेत्रमा त्रास सिर्जना गरेकोले विरोधमा उत्रिनु परेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । उनले भने दमक स्थित “बैंक तथा वित्तीय संस्था संग यस अघिनै पटक पटक छलफल गरेकी भए पनि बैंकहरुले ब्याजको विषयमा व्यवसायीलाई विभिन्न बहानामा सताएको कारण व्यापारीहरु आन्दोलित हुनु परेको हो ।

संघले चरण बद्ध रूपमा विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा कार्तिक २२ गते मंगलवार विहान ११ बजे जिल्ला प्रशासन कार्यालय तथा स्थानिय वैक हरु लाई ज्ञापन पत्र बुझाउन बुझाउने, कार्तिक २३ गते बुधवारका दिन बैकसंग कुनैपनि कारोवार नगर्ने र दमक चौकमा विहान ११ बजे देखी १ बजे सम्म प्लेकार्ड सहित मौन विरोध प्रर्दशन गर्ने,कार्तिक २५ गते विहान शुक्रवार १० बजे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. १ को सचिवालयमा भेला भई प्रदेश नं. १ का  मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकमा प्ले कार्ड सहित धनां दिने तथा ज्ञापन पत्र दिने,  कार्तिक २८ गते  नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यालयमा दवाव दिन भेला हुने कार्यक्रम रहेको दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका छाै : लोकतान्त्रिक वाम गठबन्धन

लोकतान्त्रिक वाम गठबन्धनका तर्बट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी, कांग्रेस समानुपातिक उम्मेद्वार अईन्द्र बिक्रम केरुङ, प्रदेशसभा उम्मेद्वार गगन पुरी, निवर्तमान सांसद तथा कांग्रेस केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बु, माओवादी केन्द्रका केन्द्रिय सदस्य सुरेन्द्र बस्नेत सहितले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन ।

आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै प्रतिधिनिसभाका उम्मेद्वार डा. अधिकारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । यस क्षेत्रमा रहेका समुदायीक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चाल गर्ने उहाँले बताउनु भयो । त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै प्रदेशसभा ख का उम्मेद्वार पुरीले झापाको कमल गाउँपालीकामा रहेको आदिवाशी रंगशालालाई अत्याधुनिक रुपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जानाउनु भएको छ । त्यस ठाउँमा आदिबासी समुदायको पितृहरुको चिहान हटाइएकोले आदिवासीकै नाउँमा रंगशाला निर्माण गर्ने उहाँले बताउनु भयो । त्यस्तै आफ्नै अगुवाईमा भैरहेको फाल्गुनन्दमार्गको निर्माणकामलाई पनि सम्पन्न गर्नको लागी आफुहरुले जिताउनु उहाँले आग्रह गर्नु भयो ।

यस क्षेत्रका भुमिहिनहरुको समस्या समाधानका लागी स्थानिय सरकारमा गठबन्धन निर्वाचित भएपछि काम सुरु भएको भन्दै पुरीले धनिपुर्जा वितरणको चरणमा पुगेकोले अरु ठाउँका भुमिहिनहरुको समस्या समाधानका लागी पनि आफुहरु निर्वाचित हुनै पर्ने जिकिर गर्नु भयो । सुकुम्बासीहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लागउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनिहरुलाई जनताले चिनिसकेको भन्दै पुरीले अब नागरिकहरुले परिवर्तनका पक्षधरलाई भोट दिने बताउनु भयो ।

कार्यक्रममा निवर्तमान सांसद महेन्द्रा लिम्बुले लोकतन्त्र जोगाउन र मुलुकको बिकाशको लागी गठबन्धन गर्नु परेको बताउँदै गठबन्धनमा मतदान गर्न सबै नागरिकहरुलाई आग्रह गर्नु भयो । आदिवासी जनजातीको अधिकार स्थापित गर्नका साथै समै क्षेत्रको समता मुलक बिकाशको लागी गठबन्धनले जित्ने पर्ने उहाँले बताउनु भयो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

शितल कृषि सहकारीको ९ औं साधारण सभा सम्पन्न

दमक/दमक ५ स्थित शितल कृषि सहकारी संस्थाकोे ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्यालय परिसरमा बिहिबार आयोजित साधारण सभाको उदघाटन जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइरालाले गरेका छन ।

साधारण सभामा उत्कृष्टा कारोबार गर्ने शेयर सदस्यहरुलाई संस्थाले सामुहिक रुपमा पुरस्कृत गरेको छ । साधारण सभाको उदघाटन कार्यक्रमका वक्ताहरुले सहकारी क्षेत्रमाथिको चौतर्फी आक्रमण बन्द गरिनु आवश्यक रहेको बताए ।

सहकारीले ससाना पुँजी भएका व्यवसायी तथा लघु उद्यमीहरुलाई प्रवद्र्धन गर्न सहयोग पुरयाएको र बैंकहरु नाफामुखी मात्रै भएको कारण सहकारी आम मानिसहरुको प्राथमिकतामा पर्नुपर्ने सहकारी अभियान्ताहरुको जोड छ । साधारण सभाको उदघाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमककी प्रमुख मुना केसी, दमक ५ का वडा सदस्य गोपाल संग्रौला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, सहकारीका संस्थापक अध्यक्ष रामवृक्ष चौधरी लगायतले शुभकामना मन्तव्य राखेका संस्थाका व्यवस्थापक राहुल शाहले जानकारी दिए ।

संस्थाका अध्यक्ष सुनिल शाहको अध्यक्षतमा भएको उदघाटन कार्यक्रममा अध्यक्ष शाहले सञ्चालक समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले सहकारी विभागले तोकेको मापदण्ड अनुसार बचत तथा ऋणको कारोबार गर्दै आएको हुँदा संस्थामा रहेको कृषीलाई संशोधन गरी बचत तथा ऋण सहकारी संस्थाका रुपमा आगामी दिनदेखि कारोबार गर्ने प्रस्ताव समेत स्विकृत गरेको जनाइएको छ । सभाको बन्द सत्रले अध्यक्षबाट प्रस्तुत प्रतिवेदन र लेखा समिति संयोजक विजय शाहबाट प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको पनि जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

‘जनविश्वासनै एमालेको जीतकोे बलियो आधार हो’

‘जनविश्वासनै एमालेको जीतकोे बलियो आधार हो’
‘एमाले नभएको सरकार कस्तो हुन्छ भन्ने अहिले गठवन्धनले देखाएको छ’

मंसिर ४ का लागि तय भएको प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदो छ । जति मिति छोटिदैछ, उतिनै राजनीतिक दल र उम्मेद्वारहरुलाई मतदाता रिझाउने व्यस्तता बढेको छ । अझ मुख्य राजनीतिक दलका शिर्ष नेताहरुलाई त आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बढि समय दिनु पर्ने दवाव पनि छ । यसै क्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीले झापा आउने क्रम बढाई रहनु भएको छ । झापाका अन्य निर्वाचन क्षेत्रसँगै आफु समेत उम्मेद्वार रहनु भएको क्षेत्र नं. ५ मा सघन रुपमा विभिन्न कार्यक्रममा सहभागीता जनाई रहनु भएको छ ।

समग्र झापामा चाँहि नेकपा एमालेले निर्वाचनको तयारी कसरी गरि रहेको छ त ? आगामी चुनावी परिणाम बारे के छ अनुमान् ? प्रस्तुत् छ, यिनै विषयमा नेकपा एमाले झापाका सचिव शिव ढुंगेलसँग गरिएको यो कुराकानी ः

झापामा एमालेले चुनावी तयारी कसरी गरि रहेको छ ?

स्वभाविक रुपमा हामीले सवै स्थानीय तह र वडा सम्मनै आफ्ना तयारीहरु गरेका छौं । वडा भित्र पनि टोल कमिटी सम्मका संरचनाहरु परिचालित भएका छन् । उम्मेद्वार मात्र होईन प्रत्येक पार्टी सदस्यहरु आफ्ना एजेण्डा र कार्यक्रम लिएर मतदाताहरुलाई भेटघाटमा व्यस्त हुनु हुन्छ । यसै गरि सवै जनवर्गीय संगठनहरु अहिले उर्जावान भएर जनताका विचमा पुगि रहेका छन् । समग्रमा भन्नु पर्दा चुनावी तयारी उत्साहप्रद छ, मतदाताहरुको प्रतिक्रियाबाट एमाले उत्साही छ ।

चुनावी परिणामका बारेमा के छ अनुमान ?

अनुमान लगाउन त्यस्तो गाह्रो छैन । म एउटा पार्टीको कार्यकर्ता भएर मात्र भनि रहेको छैन, प्रत्येक मतदाताहरुलाई सोध्नु होला । एमालेको जीत सहज छ । एमालेले राष्ट्रियताका बारेमा राखेको चट्टानी अडान, विकास निर्माणका सवालमा लिएका ऐतिहासिक निणर्य, राष्ट्रिय स्वाभिमान उच्च बनाउने बारेमा चालेका कदमनै एमालेको जीतको आधार हो । नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामले प्रत्येक नेपालीको शिर ठाडो पारेको छ । त्यसैले हामीले होईन, प्रत्येक मतदाताले प्रष्ट रुपमा भनि रहेका छन् झापामा मात्र होईन देश व्यापी रुपमा एमालेको जीत सहज छ । पहिलो पार्टी त बन्छनै बन्छ, हामी बहुमत सहितको पहिलो पार्टी बन्ने अभियानमा छौं । यो अभियानमा जनताबाट पाएको साथले थप उर्जा दिएको छ ।

तपाईले यसो भनि रहँदा फेरि पनि राप्रपा, जसपा लगायतका दलसँग तालमेल गरेर चुनावी मैदानमा जानु परेको यथार्थ पनि त छ नि ?

हो, हामीले झापाको एउटा संघीय र दुई ओटा प्रदेश सभाको निर्वाचन क्षेत्रमा राप्रपालाई सघाएका छौं । जसपासँग पनि केहि जिल्लाका निर्वाचन क्षेत्रमा तालमेल भएको छ । तर यो गठवन्धन होईन । राष्ट्रवादी शक्तिहरुका विचमा केहि स्थानमा तालमेल हुनुलाई अन्यथा लिनु पनि हुँदैन । जसरी अलोकतान्त्रिक रुपमा प्रतिपक्षी दलका विरुद्धमा सत्तासिन दलहरु गठवन्धन बनाएर चुनावमा भाग लिँदैछन्, यो कुरा जनताले बुझेकाछन् । त्यसैले एमाले प्रतिको जनविश्वासनै एमालेको जीतकोे बलियो आधार हो । सत्तागठवन्धनलाई हारको पीडाले डल्लो पारि सकेको छ । जनताले एमाले प्रति देखाएको सद्भाव र विश्वासले उनीहरु जलेका छन् ।

झापामा एमाले बलियो छ भन्ने कुरा के ले पुष्टि गर्छ र ?

वास्तवमा यो कुरा, हामीले बुझ्न र बुझाउन पनि जरुरी छ । हामीले जित्छौ, जित्छौ भनि रहँदा कसरी जित्छौ पनि भनेर बुझ्नु पर्छ भन्ने लाग्छ । तर झापाको हकमा यो कुरा कसैले बुझ्न बाँकि छ भन्ने मलाई लाग्दैन । किन पनि भने, कुनै पनि पार्टीलाई चिन्ने-जान्ने भनेको आफु नजिकै रहेको त्यो पार्टीको कार्यकर्ता कस्तो छ, त्यसको व्यभारले पनि हो । यो कुरामा हामी एमालेका कार्यकर्तालाई के गर्व छ भने, एमालेका प्रत्येक पार्टी सदस्यहरु समाजमा आदर्श व्यक्तिका रुपमा रहेका छन् । एमालेको मान्छे ईमानदार हुन्छन्, घुष खाँदैनन्, झुठ बोल्दैनन, सत्य र न्यायको पक्षमा हुन्छन् भनेर सवैले बुझेका छन् । त्यस्ता कार्यकर्ताहरुको पार्टी हो नेकपा एमाले । स्थानीय तहका जनप्रतिनिधीहरुको कार्यसम्पादन हेर्नु भयो भने पनि थाह हुन्छ, जनस्तर सम्म एमाले प्रतिको दृष्टिकोण कस्तो छ भनेर ।
यो देशलाई विकासको नयाँ युगमा प्रवेश गराउने एमाले सरकारका कार्यक्रमहरु, पार्टी अध्यक्षको दूरदर्शिता, राष्ट्रियताका लागि लिएका अडान जस्ता कुराहरु त छँदैछन् । यिसँगै एमालेका प्रत्येक पार्टी सदस्यका गतिविधि र कार्यशैलीकै कारण एमाले अहिले जनजनमा प्यारो र लोकप्रिय छ । एमालेको इतिहास, वर्तमान र भविश्यनै हो, हामी जनताका विचमा लोकप्रिय छौं भन्ने कुरा । त्यसैले हाम्रो जीत कठिन छैन भन्ने लाग्छ ।

एमालेले नजिते चाँहि के हुन्छ त ?

एमालेले नजिते के हुन्छ भन्ने कुरा हामीले खासै भन्नु पर्ला जस्तो लाग्दैन, जनताले बुझेका छन् । अहिलेको गठवन्धन सरकारका गतिविधीलेनै पुष्टि गर्छ, एमाले सरकारमा नहुँदा के हुन्छ भनेर । यदि यहि गठवन्धन सरकार रहि रहने हो भने विकास निमार्मण ठप्प हुन्छ, देशमा सुशासनको परिकल्पना गर्न सकिदैन, लोकतन्त्र कमजोर हुन्छ, राज्यका संयन्त्रहरु प्रभावहिन पारिदै लगिने छ । अझ भन्नु पर्दा एमाले सरकारमा नजाने, एमालेले यो देशको नेतृत्व नगर्ने हो भने नेपालको स्वाधिनता, राष्ट्रियतालाई कमजोर पारिदै लगिने प्रष्ट छ । त्यसैले यो देशलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि गर्वसाथ उभ्याउन, देशको विकास निर्माणलाई गति दिन, परनिर्भरता अन्त्य गर्दै स्वाधिन अर्थतन्त्र कायम गर्न एमालेको जीत जरुरी छ, यो हाम्रो कुरा मात्रै होईन जनताको आवाज हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

साफ च्याम्पियनसीप : नेपालले भूटानलाई हरायो

पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल ग¥यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्योे ।

नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । वर्षाले खेल सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलिन् । त्यस्तै उनले खेलको १७औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५औँ मिनेटमा थप एक गोल गरिन् ।

नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औँ मिनेटमा गोल गरिन्् भने उनले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औँ मिनेटमा एक गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाइन् ।

यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफनो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

परिवर्तन संभव छ , हाम्रै पालामा स्वतन्त्र उम्मेदवार : धिरज बज्राचार्य

मंसिर ४ गते सम्पन्नहुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य को निर्वाचनमा आफ्ना पक्षमा मतदान गर्न विभिन्न दलका उमेद्वार तथा स्वतन्त्र उमेद्वार यतिवेला मतदातालाई आफ्ना घोषणा पत्र मार्फत प्रभाव पार्न लागि परेका छन् ।

सोहिक्रममा बुधवार झापा क्षेत्र नम्वर ५(२) का स्वतन्त्र उमेद्वार धिरज बज्राचार्यले पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी चुनाव चिन्न आखी झ्यालमा मतदान गर्न सबै मतदाता समक्ष अनुरोध गरेका छन् ।

आफु निर्वाचित भएमा शिक्षा, स्वस्थ्य, कृषि तथा पर्यटन, दिगो बिकास, सांस्कृतिक विकास, सुचना प्रविधीको विकास र सामाजिक तथा आर्थिक विकासमा जोडदिने आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको बताए ।

दमकमै जन्मिएका बज्राचार्यले काठमाडौ स्थित त्रिचन्द्र क्याम्पस बाट विज्ञान विषयमा स्नातक सम्मको अध्यायन पुरागरी हाल आफ्नै ठाउँको विकासमालागी विभिन्न संघ सस्थामार्फत समाज सेवा गर्दै आएका छन् ।

“ परिबर्तन आफै बाट सुरु हुन्छ , यो संभव छ , हाम्रै पालामा, अठोट गरौं, सहयोग तथा सहकार्य गरौं र अघि बढौं” भन्ने नारा सहित बज्राचार्य चुनवी मैदानमा होमिएका छन् ।
दलका उमेद्वार हरु पुरानै अनुहार भएका र उनीहरूले गरेको सम्पुर्ण गतिविधी मतदातालाई प्रस्ट भएकोले अबको निर्वाचनमा स्वतन्त्र उमेद्वार सबैको साझा हुने भएकाले सबै मतदातालाई आफूलाई आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउनु अनुरोध समेत गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापा क्षेत्र नं ५ मा एक बुथ २ सय युथ

दमक/ नेकपा एमालेले झापाको क्षेत्र नं ५ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको पहिलो चरणको घरदैलो तथा आन्तरिक चुनावी तयारी सकेको छ ।

सो पार्टीले विभिन्न १६ स्थानमा चुनावका लागि अन्तरिक तयारी स्वरुप कार्यकर्ताहरुलाई अभिमुखीकरण तथा परिचयात्मक भेला, कार्यक्रमहरु बुधबार सम्म लगाएर सम्पन्न गरेको हो ।

पार्टीले बिहिबारदेखि मौन अवधि शुरु नभइञ्जेल सम्म भन्ने खुल्ला प्रचार प्रसार अन्तर्गत निर्वाचन क्षेत्र अन्तर्गतका २९ वटै वडामा एकैसाथ दोश्रो चरणको चुनाव प्रचार प्रसारसहित मत माग्ने कार्यक्रमलाई अघि बढाउने दमकमा पत्रकार सम्मेलन गरी जनाएको छ ।

क्षेत्र नं ५ का निर्वाचन परिचालन कमिटी संयोजक तथा पार्टीका पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालले निर्वाचनको लागि प्रचार प्रसारसंगै सत्तापक्षीय गठबन्धनले राज्यस्रोतको दुरुपयोग गर्न सक्ने सम्भावनाको समेत ख्याल राख्दै खबरदारी पनि गरिने बताए । उनले एक बुथ २०० युथको तयारी समेत गरेको जनाए ।

दाहालले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफैं चुनावी प्रतिस्पर्धामा रहेको यो क्षेत्रमा आफनो पार्टीले ६५ प्रतिशत मत ल्याउने रिपोटिङ पार्टीमा आएको दाबी गरे ।

दाहालले भने– गठबन्धनका उम्मेदवारको भन्दा अध्यक्ष ओलीले ४० हजार बढी मत ल्याएर चुनाव जित्ने रिपोटिङ आएको छ , देशभरको चुनावी परिणाम एमालेको बहुमतको सरकार बन्छ । २०४८ साल यता निरन्तर रुपमा यो क्षेत्रमा चुनाव लडदै आएका ओलीले एकपटकको निर्वाचनमा पराजय ब्यहोर्नु परेपनि सबै निर्वाचन जित्दै आएको तर्क गर्दै दाहालले यहाँ विशेष गरी दमकमा भएको बिकास र राष्ट्रिय अन्तराष्ट्रिय जगतमा बढेको ओलीको उचाईले यसपटक अघिल्ला निर्वाचन भन्दा धेरै मतान्तरले निर्वाचन जित्ने एमाले नेताहरुको दाबी छ ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य रोमनाथ ओली, प्रदेश कमिटी सदस्य इन्द्र भण्डारी, जिल्ला अध्यक्ष दिपक कार्की, क्षेत्रीय संयोजक तुलसी कार्की, क्षेत्रीय चुनाव प्रचार प्रसार समिति संयोजक अम्बिका खनाल लगायतको उपस्थिती रहेको थियो ।

आमसभा निश्चित छैन– पार्टी अध्यक्ष एवं यस क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार ओली चुनावी दौडाहामा देशैभर विभिन्न कार्यक्रमहरुमा पुग्ने भएकाले एमालेले तत्काल अध्यक्ष ओलीको उपस्थितीमा हुने कार्यक्रमको तय भइनसकेको जनाएको छ । यो क्षेत्रमा चुनावी आमसभाको कार्यक्रम तय भइसकेको छैन– पोलिटब्यूरो सदस्य दाहालले भने– आवश्यकता अनुसार आमसभाको तय भएको अवस्थामा उहाँ (पार्टी अध्यक्ष ओली) आउन सक्नु हुन्छ । उनका अनुसार १८ कार्तिकदेखि अध्यक्ष ओलीले दार्चुलाबाट देशव्यापी चुनावी दौडाहा शुरु गर्नेछन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

निर्वाचनका गतिविधि तीव्र

जिल्लामा निष्पक्ष, शान्तिपूर्ण र भयरहित एवं मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आफ्ना गतिविधिलाई तीव्र पारेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा यस्तो गतिविधि एवं तयारी गरिरहेको प्रमुख निर्वाचन अधिकारी लेवनकास्यप अधिकारीले जानकारी दिनुभयो ।

मोरङ जिल्लामा विभिन्न चरणमा कर्मचारीको नामावली सङ्कलन गरी मुख्य निर्वाचन अधिकृतलाई हस्तान्तरण, निर्वाचन आयोग नेपालबाट प्राप्त निर्वाचन सामाग्री प्याकिङ र भण्डारण गर्नुका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम जारी रहेको प्रमुख अधिकारीले बताउनुभयो । विभिन्न चरणमा राजनीतिक दलसँग अन्तक्रिया, आचारसंहिताका विषयमा दलका प्रतिनिधि तथा उम्मेदवारसँग छलफल गर्नुका साथै निर्वाचन आचारसंहिता अनुगमनको क्रममा देखिएका त्रुटीहरुलाई सच्च्याउने काम भएको छ ।

कार्यालयले निर्वाचनका लागि कर्मचारी खटनपटनका लागि निर्वाचन अधिकृतको कार्यालयमा विवरण पठाइ मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । कार्यालयमा समानुपातिक मत आइपुगेको बताउँदै प्रमुख अधिकारीले प्रत्यक्षतर्फको मतपत्र केही दिनभित्रमा आउने जानकारी दिनुभयो । कार्यालयले यही कात्तिक १७ गतेबाट पालिकामार्फत मतदाता शिक्षा कार्यक्रम शुभारम्भ गरिनुका साथै नमूना मतदान कार्यक्रम कात्तिक १६ गतेदेखि विराटनगरको बुधहाट चोकबाट सुरु गर्ने प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम कात्तिक २२ गतेदेखि सुरु गर्ने र कात्तिक ३० र मङ्सिर १ गतेसम्म मतदान केन्द्र पुग्ने तयारी भइरहेको उहाँले बताउनुभयो । मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई जानकारी गराउने, अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा समितिले रणनीतिको आधारमा सुरक्षाकर्मी परिचालन गर्ने छ ।

मोरङमा मतदानस्थल तीन सय ६ र केन्द्र आठ सय ३९ निर्धारण गरिएको छ । मोरङ जिल्ला कारागार र आदर्श पुस्तकालय विराटनगरमा गरी दुई स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गर्न सिफरिस गरी आयोगमा पठाएको प्रमुख अधिकारीले बताउनुभयो । यसैबीच कार्यालयले मोरङका छ वटा निर्वाचन अधिकृतको कार्यालय बिर्को सहितको मतपेटिका, छेकवार र मतपत्र प्याकिङको थैलो आजदेखि पठाउने कार्य सुरु गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयले आयोगबाट अहिलेसम्म ५२ प्रकारका विभिन्न निर्वाचन सामग्री प्राप्त भएको तथा अन्य सामान आउनेक्रम जारी रहेको छ जनाएको छ । कार्यालयले जिल्लाका १७ पालिकामध्ये १५ स्थानमा मतदाता शिक्षा सामग्री पठाइसकेको छ । कार्यालयले पालिकाका सामाजिक शिक्षा हेर्ने निर्वाचन सम्पर्क अधिकारीलाई मतदाता शिक्षासम्बन्धी तालिम दिएको छ । जिल्लामा छ प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यका लागि आगामी मङ्सीर ४ गते निर्वाचन हुँदैछ भने मोरङमा कूल मतदाता सात लाख ३५ हजार पाँच सय २५ छन् । —

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
test