बैंकको चर्को ब्याजको विरुद्धमा दमकका व्यवसायी आन्दोलित, यस्ता छन् आन्दोलनका कार्यक्रम

0
223

नेपाल राष्ट्र बैंकले ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाइमा दमकका व्यापारीहरू आन्दोलनमा उत्रिने भएका छन् ।

लामो समयदेखि कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीकाबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरी रहेकाले यस्तो बेला सरकारले व्यवसायीलाई सहुलियत दिनुको साटो ब्याजमा एकपछि अर्को नियमहरु ल्याएर उद्योग व्यापार क्षेत्रमा त्रास सिर्जना गरेकोले विरोधमा उत्रिनु परेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । उनले भने दमक स्थित “बैंक तथा वित्तीय संस्था संग यस अघिनै पटक पटक छलफल गरेकी भए पनि बैंकहरुले ब्याजको विषयमा व्यवसायीलाई विभिन्न बहानामा सताएको कारण व्यापारीहरु आन्दोलित हुनु परेको हो ।

संघले चरण बद्ध रूपमा विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा कार्तिक २२ गते मंगलवार विहान ११ बजे जिल्ला प्रशासन कार्यालय तथा स्थानिय वैक हरु लाई ज्ञापन पत्र बुझाउन बुझाउने, कार्तिक २३ गते बुधवारका दिन बैकसंग कुनैपनि कारोवार नगर्ने र दमक चौकमा विहान ११ बजे देखी १ बजे सम्म प्लेकार्ड सहित मौन विरोध प्रर्दशन गर्ने,कार्तिक २५ गते विहान शुक्रवार १० बजे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. १ को सचिवालयमा भेला भई प्रदेश नं. १ का  मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकमा प्ले कार्ड सहित धनां दिने तथा ज्ञापन पत्र दिने,  कार्तिक २८ गते  नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यालयमा दवाव दिन भेला हुने कार्यक्रम रहेको दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here