शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका छाै : लोकतान्त्रिक वाम गठबन्धन

0
111

लोकतान्त्रिक वाम गठबन्धनका तर्बट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी, कांग्रेस समानुपातिक उम्मेद्वार अईन्द्र बिक्रम केरुङ, प्रदेशसभा उम्मेद्वार गगन पुरी, निवर्तमान सांसद तथा कांग्रेस केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बु, माओवादी केन्द्रका केन्द्रिय सदस्य सुरेन्द्र बस्नेत सहितले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन ।

आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै प्रतिधिनिसभाका उम्मेद्वार डा. अधिकारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । यस क्षेत्रमा रहेका समुदायीक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चाल गर्ने उहाँले बताउनु भयो । त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै प्रदेशसभा ख का उम्मेद्वार पुरीले झापाको कमल गाउँपालीकामा रहेको आदिवाशी रंगशालालाई अत्याधुनिक रुपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जानाउनु भएको छ । त्यस ठाउँमा आदिबासी समुदायको पितृहरुको चिहान हटाइएकोले आदिवासीकै नाउँमा रंगशाला निर्माण गर्ने उहाँले बताउनु भयो । त्यस्तै आफ्नै अगुवाईमा भैरहेको फाल्गुनन्दमार्गको निर्माणकामलाई पनि सम्पन्न गर्नको लागी आफुहरुले जिताउनु उहाँले आग्रह गर्नु भयो ।

यस क्षेत्रका भुमिहिनहरुको समस्या समाधानका लागी स्थानिय सरकारमा गठबन्धन निर्वाचित भएपछि काम सुरु भएको भन्दै पुरीले धनिपुर्जा वितरणको चरणमा पुगेकोले अरु ठाउँका भुमिहिनहरुको समस्या समाधानका लागी पनि आफुहरु निर्वाचित हुनै पर्ने जिकिर गर्नु भयो । सुकुम्बासीहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लागउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनिहरुलाई जनताले चिनिसकेको भन्दै पुरीले अब नागरिकहरुले परिवर्तनका पक्षधरलाई भोट दिने बताउनु भयो ।

कार्यक्रममा निवर्तमान सांसद महेन्द्रा लिम्बुले लोकतन्त्र जोगाउन र मुलुकको बिकाशको लागी गठबन्धन गर्नु परेको बताउँदै गठबन्धनमा मतदान गर्न सबै नागरिकहरुलाई आग्रह गर्नु भयो । आदिवासी जनजातीको अधिकार स्थापित गर्नका साथै समै क्षेत्रको समता मुलक बिकाशको लागी गठबन्धनले जित्ने पर्ने उहाँले बताउनु भयो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here