Thursday, November 28, 2024
Home Blog Page 13

दमकको ऊँ मेचीमा बाँझोपन विशेष स्वास्थ्य शिविर हुने

दमक, बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविर हुने भएको छ ।

दमक ७ मा सञ्चालित ऊँ मेची अस्पतालमा २९ वैशाखमा हुने शिविर भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको विशेष सहयोग रहने  जनाइएको छ ।

शिविरमा विवाह भई सन्तानको इच्छा हुँदा हुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारविधि र पद्धतिका बारेमा समेत जानकारी गराइनेछ । शिविरमा सो सेन्टरबाट आउने विशेषज्ञ डाक्टरहरु सिफली वंशल माधव, डा. प्रसिञ्जितकुमार रोयसहित ऊँ मेची अस्पतालका डाक्टरहरुबाट समेत सेवा प्रदान गरिनेछ ।

अस्पतालका चिकित्सक शंकरप्रसाद हुजदारले यो एक किसिमको उपचार तथा परामर्श शिविर भएको उल्लेख गरे । उनका अनुसार नेपालमा बैदेशिक रोजगारको समस्या र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निसन्तान हुने तथा प्रजनन क्षमतामा ह्रास आएको छ । करिब १४ प्रतिशतमा निसन्तानको समस्या देखिएको र यो दर बर्षेनी बढिरहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरका मृत्युन्जय घोषले बताए ।

२०७६ सालमा समेत सो सेन्टरले दमकमा सोही प्रकृतिको शिविर सञ्चालन गरेको थियो । सो शिविरबाट २०० जनाले सेवा लिएका थिए । उनीहरुमध्ये कतिपय जोडीहरुले ६ महिना भित्रै प्रतिफल प्राप्त गरेका र कतिपय बच्चा पाउने प्रकृयामा रहेको बताइएको छ । कोरोना संक्रमणका कारण २०७६ पछि यस किसिमको शिविर सञ्चालन गर्न नसकिएको बताउँदै अहिले सहज परिस्थिति भएपछि यहाँको मागलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको अस्पतालका डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक उद्योग वाणिज्य संघले गर्यो क्यालेन्डर सार्वजनिक तथा शुभकामना आदान-प्रदान

दमक / दमक उद्योग वाणिज्य संघले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक तथा शुभकामना आदान—प्रदान कार्यक्रमकाबीच भर्खरै निर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठलाई सम्मान गरेको छ ।

सोमबार दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित समारोहका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले वाणिज्य संघको गरिमा कायम राख्न सफल भएकोमा कार्यसमितिलाई बधाई र निर्वाचित केन्द्रीय सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मेयर थापाले सोही क्रममा दमकको विकास निर्माणका योजनाहरु क्रमिक रुपमा अघि बढिरहेको समेत बताएका छन् । उनले दमकका सडकभित्रका बिजुलीका पोल र बाक्लो गरी जडान गरिएका तारहरु एक महिनाभित्रमा हटाई सक्ने, सहरभित्र अस्तव्यस्त रहेका सवारी साधनहरुलाई व्यवस्थित गरिने, नगरभित्रका बाटाहरु जेष्ठ मसान्तभित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताए । उनले सबै व्यवसायीहरुलाई करको दायरामा आउन र नगरमा दर्ता नभएका व्यवसायीहरुलाई दर्ताको दायराभित्र आउन समेत आग्रह गरेका छन् ।

सोही कार्यक्रममा आफ्नो प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठले महासंघ ठुला घरानाको मात्रै नभएर साना व्यवसायीहरुको पनि साझा संस्था हो भन्ने अपनत्व हुनेगरी काम गरेर आफ्नो कार्यकाल सफल बनाउने बताएका छन् ।

यसैगरी आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख लवकुमार अधिकारीले सबै व्यवसायीहरुलाई समयमा कर तिर्न आग्रह गरे । उनले व्यवसायीहरुलाई समयमा कर तिर्नुपर्छ भन्ने बुझाई हुदाँहुदै पनि अभिलम्व गर्नु दुःखद विषय भएको भन्दै व्यवसायीहरुका नेतृत्वहरुबाट नै व्यवहारत कार्यान्वयन गर्न आग्रह गरे ।

सोही कार्यक्रममा व्यवसायी विक्रमकुमार शाह, पूर्वलेखा समिति संयोजक खोमप्रसाद बगाले, इलाका प्रहरी कार्यालयका प्रमुख मनोजकुमार लामा, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय बराललगायतले दमकेली व्यवसायीहरुका समस्या महासंघसम्म पु¥याउन नवनिर्वाचित केन्द्रीय सदस्यको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

दमक उद्योग वाणिव्य संघका अध्यक्ष गोपाल गुरागाईले उद्यमीका आवाज केन्द्रसम्म पु¥याउन केन्द्रीय सदस्यको भूमिका उदाहरणीय रहने र तीनवर्षे कार्यकालमा सुखद परिणाम आउने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजकुमार योङ्याले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यालेन्डर निर्माणको सन्दर्भ र क्यालेन्डरमा समावेश भएका विषयवस्तुको बारेमा क्यालेन्डर तयारी समितिका संयोजक टिकाराम खतिवडाले स्पष्ट पारेका थिए भने कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, दितिय उपाध्यक्ष ज्ञाननाथ पौडेल, त्रितिय उपाध्यक्ष रुवल अधिकारी, महिला उपाध्यक्ष सुष्मा निरौला, लेखा संयोजक नेत्र चौलागाई, वस्तुगत व्यवसायिक प्रतिनिधिहरु राम रिमाल, विक्रम शाह, राजिव पूर्वे, रामचन्द्र बराल, पूर्वकार्यसमिति सदस्य भेषराज धमला, रेडक्रस प्रतिनिधि मैना दाहाल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम , दमक जेसिसका अध्यक्ष मुकेश अग्रवाल, असहाय सेवा समितिका संयोजक सञ्जय बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नयाँ बर्षको अवसरमा अभिमुखीकरण कार्यक्रम

झापा / नयाँ बर्षको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा र सतासीधाम जेसिजको संयुक्त आयोजनामा झापाको जन आदर्श माबी शिवगन्जमा “मनोबिमर्श अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालकै प्रसिद्ध साइकोलोजिकल काउन्सेलर जो सैनिक महाविद्यालय सल्लाघारी भक्तपुरमा काउन्सेलिङ गर्नुहुन्छ ,मनोविद ज्योत्स्ना डांगीले मानसिक स्वास्थ ,मनोरोगका लक्षण ,नेपालमा आत्महत्याको तथ्यांकको अवस्था ,आत्महत्या गर्ने कारण र आत्महत्या न्यूनीकरण गर्ने उपाय र अभिभावक र शिक्षकले ननीहरुसंग गर्नु पर्ने व्यवहार का सन्दर्भ मा स्लाइड देखाउदै प्रष्ट पार्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापा शाकाका सल्लाहकार समिती सदस्य भक्ती प्रसाद सिटौलाले नयाँ बर्षका दिन नयाँ तर अति महत्वपूर्ण कार्यक्रमको छ्नौट गरि कार्यक्रम सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम हरेक विद्यालय आयोजना गरिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।प्रमुख अतिथी शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले हाम्रो अपेक्षाको स्तर उच्च र सोही बमोजिमको उपलब्धि नभएकोले मनोरोगले मानिस ग्रसित हुन थालेको र नानीबाबु हरुसंग मनोमैत्री व्यवहार गर्न नसकेकोले नानीहरु मनसिक रुपमा दुर्बल हुँदै गएको कुरा औंल्याउदै यसको समाधानमा सबै लाग्नु पर्ने कुरा बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा महिला बिभाग संयोजक निर्मला गिरिको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत सतासीधाम जेसिज अध्यक्ष निर्मला प्रधान ,कार्यक्रमको औचित्य माथी प्रकाश रेडक्रस सभापति गोबिन्द काफ्लेले गर्नु भएको थियो ।शिवसताक्षी उद्योग बाणिज्य संघ अध्यक्ष याम काफ्ले ,कनकाइ जल उपभोक्ता संस्थाका अध्यक्ष कमल भण्डारी ,उज्वल महिला कृषि सहकारी सस्थाको अध्यक्ष रोजी लुइँटेल ,स्थानिय बुद्धिजीवी भोला मैनाली ,टङ्क मैनाली धनबहादुर राई जनआदर्श माबिका बि व्य स अध्यक्ष नवीन तिम्सिना ,गोपल गौरी दिगो विकास प्रतिष्ठानका प्रतिनिधि ,रेडक्रसकर्मी ,जेसिज अभियन्ताहरु र राष्ट्रिय रमणीय आदर्श मावी तथा जनआदर्श माविका स्काउट विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको धन्यवाद मन्तव्य सतासीधाम जेसिजका महासचिव पदम कुंवर र कार्यक्रम सन्चालन रेडक्रस महिला बिभाग सदस्य अस्मिता राइले गर्नु भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सतासीधाम जाने बाटो धमाधम सजाइदै

शिवसताक्षी । पुर्बकै प्रशिद्ध एतिहासिक धामर्मिक तथा पर्यटकिय क्षेत्र सताक्षीधाम जाने सडक आसपासमा रंङरोगन गर्न शुरु गरिएको छ ।

आज बुधबार शिवसताक्षी नगरपालीकाका नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले रमिते डाँडा स्थीत सखुवाको रुखमा संयुक्तरुपमा रंग लगाएर उद्धघाटन गरे । जिल्लाकै रमणिय तथा पर्यटकिय क्षेत्र रहेको शिवसतक्षीमा सताक्षीधामको छुटै पहिचान छ ।

स्थानीय सञ्चारकर्मी डाइमण्ड कार्कीको पहलमा नगरको इतिहास र सौन्दर्य बोकेको सताक्षीधाममा आउने आगान्तुक आन्तरिक तथा बाहिय पर्यटकहरुलाई मध्यनजर गरि उक्त सडकको दुबै तर्फको रुख तथा बिजुलीको पोलमा रंङरोगन गर्न थलिएको हो ।

आफ्नो ठाउ आफै बनाउ भन्ने मुल उदेश्यिका साथ कार्कीले बिभिन्न दाताहरुको सहयोगमा करिब एक सय लिटर बडि रङग संकलन गरि सेल्फी रोड निर्माणको अभियानमा जुटेको बताए । अहिलेका युवा युवतीहरु सेल्फी खिच्न र टिकटक बनाउनको लागी टाडा टाडाको स्थानमा जाने गरेका छन । जसले गर्दा समय र आर्थिकको पनि भार पर्ने गरेकोले आफ्नै क्षेत्रमा अन्य क्षेत्रको भन्दा रमाइलो र मनोरम दृष्य अवलोकन गर्न पाइने स्थान रहेकोलो पनि यस क्षेत्रलाइए श्रृङगार गरिएको हो । बत्ति मुनिको अध्यारो भने झै घर नजिकै रहेको रमणिय स्थान छ तर हामी समय र पैसा खर्चेर टाडाको स्थानमा जाने गर्छौै ।

झिलझिले बजार देखि करिब ५ किलोमिटर उत्तर चुरे पाहाडको फेदीमा रहेको सताक्षीधाम सतासी खोलाको किनारमा अवस्थीत छ । यस सडकलाई सोल्फी रोड बनाएर सेल्फी खिच्न र टिकटक बनाउनको लागी अति नै उपयुक्त भएकोले सडकको दुबै तर्फको रुख तथा बिजुलीको पोलमा रंङरोगन गरि आकर्षक बनाउन लागेको संचारकर्मी कार्कीले बताए । झापा न्यूज टिभीका संचालक समेत रहेका कार्कीले २ बर्ष अघि पनि एकल प्रयासमा सडक आसपासका रुखहरुमा रंङरोगन गरेका थिए । तर त्यस बेला सडक कालोपात्रे भएको थिएन ।

अहिले भने सडक सतक्षीधाम सम्म नै कालोपत्रे भएकोले सडकको सौन्दर्यमा थप भएको छ । नयाँ बर्ष २०८०को शुभारम्भ रहेकोले पनि त्यस क्षेत्रमा रंङरोगन गरिएको हो । नयाँ बर्षको अवसरमा बिभिन्न क्षेत्रबाट पर्यटकहरुको घुइचो लाग्न सक्छ ,जसले गर्दा पर्यटकहरुलाई रंङरोगनले थप आकर्षक बनाउने जानकारहरुको भनाई छ । तत्काललाई रमिते डाँडाबाट सतक्षीधामको प्रबेशद्धार सम्म रंङरोगन गरिने र बाँकी थप आर्थिक संकलन गरेर मात्र रंङरोगन गरिने अभियान्ता तथा सिंचारकर्मी कार्कीले जानकारी दिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले नगरले गर्नु पर्ने काम ब्यतिmले गरेको भन्दै कार्कीको प्रशंशा गरे कार्की बफादार पत्रकार मात्र नभएर सामाजिक अगुवा समेत रहेकोले उनको यो कार्यलाई नगरको तर्फबाट पनि आवश्यक सहयोग गर्ने उद्धघोष गरे । सो अवसरमा बिभिन्न बक्ताहरुले रमिते डाँडाबाट चुरे पाहाडको अवलोकन गर्न सहज बनाउन फलैचाहरु निर्माण गर्नु पर्ने धारणा राखेका थिए । सो अवसरमा गोलोक गोबर्धनका संस्थापक नन्दकिशोर भारद्धाज, सताक्षीधाम धार्मिक तथा पर्यटन बिकाश समितिका उपाध्यक्ष यदयप्रकाश राई लगायतको सहभागिता रहेको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एन.आई. एसिया बैंकको कार्यप्रति दमक उद्योग वाणिज्य संघको आपत्ति

0

दमक /  ३ महिना देखी मासिक किस्ता बुझाउन नसकेको कारण देखाउदै विगत १ हप्ता देखी एन.आई. एसिया बैंक दमक शाखाले  ऋणीको घरमा आफ्नो सुरक्षा गार्ड राखेको विरोधमा दमक उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण गराएको छ ।

एन.आई. एसिया  बैंकले दमक ५ स्थित व्यवसायी दर्गाप्रसाद कडेलको घरमा केही दिन देखि विहान ९ बजे देखी साँझ ७ बजे सम्म सुरक्षा गार्ड राख्दै आएको थियो ।

संघका वरिष्ठउपाध्यक्ष राजु खड्का द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा देशको आर्थिक अवस्था निकै संकटमा रहेको र विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट बृद्धि गरिएको चर्को बैक व्याजदरका कारणले पनि उद्यमी व्यवसयी तथा ऋणीहरुले मासिक किस्ता बुझाउन प्रतिकुल अवस्थाको शृजना भएको अवस्था बैंकको यस्तो निन्दनिय कार्य गरेकोमा आपति जनाएको छ ।

संघ द्वारा जारी ध्यानाकर्षण पत्र

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

किस्ता नतिर्दा एनआइसी बैंकले ऋणिको घरमा राखिदियो, सुरक्षागार्ड

0

एनआइसी एसिया बैकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणिको घरमा सुरक्षा गार्ड पठाएको छ । बैकको यस कार्यको अहिले स्थानीय रुपमा सर्वत्र आलोचना गरिएको छ । बैँकले पैसा उठाउन चालेको यस कदमलाई दादागिरी शैली अपनाएको भन्दै सर्वत्र निन्दा समेत गरिएको छ ।

दमक नगरपालिका ५ का दुर्गाप्रसाद कडेँलको घरमा ३ दिनदेखि बैकले घरमा बैँकका सुरक्षागार्ड पठाएको हो । हाल कडेँलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ । आफुले व्यावसायमा समस्या आएकोले ३ महिना अगाडिदेखि बैँकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कडेँलले बताउँनुभयो ।

४ दिनपहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफुसग भएको १० हजार रुपैँया लगेर भौचर हालेकोमा सोहिदिनदेखि बैँकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एकजना नियमित रुपमा सुरक्षागार्ड राखिदिने गरेको घरधनी कडेँलले बताउँनुभयो । बैँकमा आफ्नो १ करोड रुपैया ऋण लिएकोमा अब साँबा ब्याज गरेर ९७ लाख रुपैँया तिर्न बाकी रहेको कडेँलले बताउँनुभयो । घरमा पाहुनाहरु आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्यती भएको श्रीमती चन्द्रकला कडेँलले बताउँनभयो । बैँकले समयमा साँबा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सुचना टास्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफुहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपुर्वक बाच्न पाउने हकबाट बञ्चित गराएको कडेँल परिवारको गुनासो रहेको छ ।

यसवारेमा नेपाल राष्ट्रिय बैँकका सहयाक प्रवक्ता नारायणप्रसाद पोखरेल एनआईसी मात्रै नभएर कुनैपनि बैँकले यसरी ऋणिको घरमा सुरक्षागार्ड राख्नु केन्द्रिय बैँकको निति विपरित भएृको बताउँनुभयो । बैँकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तैरतरिका हुदाहुदै बैँकले यसो गर्नु बैँकको निति विपरित भएको प्रवक्ता पोखरेलले बताउँनुभयो ।

यता एनआइसी एसिया बैँकका दमक साखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणिको घरमा बैँकले सुरक्षागार्ड पठाएको बताउँदै यसको सम्पुर्ण जिम्मेवार बैँकको केन्द्रिय समितिले हेर्ने भएकोले किन सुरक्षागार्ड पठाइयो भन्नेवारेमा आफुलाई केहिपनि जानकार नभएको बताउँनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा कार्यपालिकाको निर्णय सच्याउन ६ दलको माग

0

दमक / दमक नगरमा क्रियाशील ६ वटा विभिन्न राजनीतिक दलले नगरपालिका नगर कार्यपालिकाको गत चैत ७ गते भएका निर्णयहरु विवादस्पद र व्यक्तिगत स्वार्थ केन्द्रित भएको आरोप लगाउँदै त्यसलाई सच्याउनु पर्ने माग अघि सारेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र संघीय लिम्बुवान मञ्चले आज संयुक्त पत्रकार सम्मेलन गर्दै नगर प्रमुख रामकुमार थापाले बहुमतीय खेलमा लागेर नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिहरुको उक्साहटमा जनभावना र चुनावबाट प्राप्त मतादेश विपरित स्वास्थ्य संयोजक बनेर दमक अस्पतालमा नीतिगत रुपमै चलखेल गर्न खोजेको आरोप समेत लगाएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बू, कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेकी नगर उपप्रमुख रेगिना भट्टराई, भुमिराज राई लगायतका पार्टी नेतृत्वको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा नगर उपप्रमुख भट्टराईले चैत ७ गतेको कार्यपालिका बैठकमा नगर प्रमुख थापाले सहमतिका लागि आफूले पहल गर्ने र सबैलाई मान्य हुने निर्णय गरिने भनेर आश्वासन देखाएर अन्तमा संवाद, सहमति र सहकार्यलाई तोडदै एकतर्फी रुपमा विभिन्न समितिहरुको प्रस्ताव कार्यपालिकामा लगेको र एमाले, राप्रपाको बहुमतबाट पारित भएको घोषणा गरेको जिकिर गरिन् । उनले भनिन् ,–‘सहमतीय अभ्यास र परम्परालाई तोडेर नगरमा बहुमतको दम्भ प्रस्तुत गर्दा दमकको बृहत्तर हित र बिकासमा प्रतिकुल असर पर्न सक्ने तर्फ गम्भिर हुनुपर्नेमा बहुमत पक्षीय जनप्रतिनिधिहरु संवेदनशील नहुनु ठिक नभएकाले आफूहरु असहमति राखेर बैठकबाट बाहिरिन बाँध्य भयौ । ’

पत्रकार सम्मेलनमा वितरित संयुक्त प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको मर्म र भावना विपरित स्वेच्छाचारी, निरंकुश र प्रतिगामी हर्कतको भत्र्सना गर्दै यस्ता हर्कतका विरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा दमक नगर भित्र राजनीतिक अनिश्चय, अन्योलता र अराजकता सृजना गर्ने नगर प्रमुखसहित गलत निर्णयका लागि उक्साउने एमाले जनप्रतिनिधिहरुलाई आफनो पदको गरिमा कायम राख्न समेत चेतावनी दिइएको छ ।

विज्ञप्तिमा चैत ७ गते भएका निर्णयहरु तुरुन्त सच्याउँदै सार्वजनिक महत्वका बिषयहरुमा सर्वपक्षीय सहभागिता अनिवार्य गर्न आग्रह पनि गरिएको छ । चैत ७ मा नगर कार्यपालिकाको बैठकले नगर स्वास्थ्य संयोजक नगर प्रमुख थापालाई तोक्दै एमाले र राप्रपा निकटका स्वास्थ्य सामग्री, औषधि व्यवसायीहरु समेतलाई समितिको सदस्यका रुपमा तोकेको थियो ।

त्यस्तै शिक्षा समिति संयोजकमा दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईलाई र ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बैठकका निर्णयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने नगरपालिकाको यसअघिको अभ्यास अहिले तोडिएको छ भने अघिल्लो पटक नगर उपप्रमुखको अध्यक्षतामा स्वास्थ्य समिति ( दमक अस्पताल समेत) , उपप्रमुखकै संयोजकत्वमा शिक्षा समिति रहेको थियो भने उपप्रमुखलाई नै नगरको प्रवक्ता तोकिएको थियो । नगरमा यसअघि भएको नजिरलाई तोडेर यसपटक बहुमतका आधारमा राप्रपा र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले यी महत्वपूर्ण पदमा जिम्मेवारी लिँदै कांग्रेसबाट निर्वाचित उपप्रमुख र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यपालिकाबाट थप कुनै जिम्मेवारी नदिइएपछि कांग्रेससहितका ६ दलहरु असन्तुष्ट बनेका हुन् ।

आजको पत्रकार सम्मेलनमा कांग्रेस नेतृ लिम्बू, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, माओवादी दमक नगर इञ्चार्ज बेदु गौतमसहित नेताहरुले नगरपालिकामा बहुमतका आधारमा पेल्ने र जनभावना विपरितका अभ्यासहरु हुने गरेको भनि कडा आलोचना गरे । त्यहाँ वितरित प्रेस विज्ञप्तिमा कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाइँ, माओवादी केन्द्रका नगर अध्यक्ष कुलबहादुर बस्नेत, जसपाका नगर अध्यक्ष महेन्द्र चाम्लिङ, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरे, नेकपा दमक सचिव कमल पराजुली र संघीय लिम्बुवान मञ्चका नगर अध्यक्ष यामबहादुर लोरिङदेनले हस्ताक्षर गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नगरपालिकाले दियो किसानलाई आधुनिक कृषि सामाग्री

0

 दमक/ प्रविधिमैत्री कृषि अभियानका लागि दमक नगरपालीकाले कृषकहरुलाई आधुनिक कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका कृषकहरुलाई समुह मार्फत पचास प्रतिशत अनुदानमा बिषादि छर्किने ईलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेसिन बितरण गरेको हो ।

नगरपालीकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराईले ति समाग्रिहरु कृषक समुहलाई हस्तान्तरण गर्नु भएको थियो । कृषक समुहलाई उक्त सामाग्रि वितरण गर्दै नगर प्रमुख थापाले आर्थिक मन्दिका कारण सोचेजति सहयोग गर्न नपाए पनि भए सम्मको सहयोग उपलब्ध गराईएको बताउनु भयो । यस अघि सरकारले दिएको अनुदान बास्तविक किशान सम्म पुग्न नसकेको गुनासो आए पनि अहिले भने बास्तविक किषानहरु छनौट गरेरनै वितरण गरिएको बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख भट्टराईले कृषि सामाग्रि सहित माटोको परिक्षण, मल विउ वितरण लगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन सबै कृषकहरुलाई आग्र गर्नु भयो ।

कृषकहरुलाई समुह मार्फत १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेसिन वितरण गरिएको नगरपालीकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिनुभयो । २३ हजार ५ सय रुपैयाँ मकै छोडाउने मेसिन र ४ हजार ५ सय रुपैयाँ पावर स्प्रेयर मेशिन पचास प्रतिसत अनुदानमा कृषक समुहलाई वितरढण गरिएको उहाँले बताउनु भयो ।

नगरपालीकाको आर्थिक बिकाश समिति सम्योजक ईन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक नगर प्रमुख थापालाई प्रेस युनियनको ६ बुँदे ध्यानाकर्षण पत्र

दमक/ नेपाल प्रेस युनियनले दमकमा स्थानीय सरकारबाट सञ्चार क्षेत्रमा विनियोजन भएको बजेटलाई पारदर्शी र परिणाममुखी बनाउनुपर्नेसहित विभिन्न ६ बुँदे माग अघि सार्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


प्रेस युनियनको माइपश्चिम समितिले आइतबार दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकाका तर्फबाट जारी हुने सार्वजनिक महत्वका सूचना, विज्ञापनहरु स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिँदै सहज, पारदर्शी र सन्तुलित रुपमा उपलब्ध गराउन माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा दमक नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को पारित बार्षिक नीति, कार्यक्रममा स्थानीय सञ्चार माध्यमहरुको प्रवद्र्धन र बिकासका कार्यक्रमलाई निरन्तरता दिइने भनि उल्लेख रहेकोमा आर्थिक बर्ष २०७९ ÷ ०८० को अन्तिम चौमासिक अवधि शुरु हुँदा समेत कार्यान्वयन नहुनु दुखद भएको उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ– स्थानीय तह सञ्चालनमा आएपछि नागरिकहरुले आफनो सबैभन्दा नजिकको सरकारका रुपमा पाएको स्थानीय सरकारकै नीति, कार्यक्रम कार्यान्वयनमा नगरपालिकाको नीति, कार्यक्रम कार्यान्वयन पक्ष गैह्र जिम्मेवार ढंगबाट बजेट तथा कार्यक्रम कार्यान्वयन नगरिनुले सम्बन्धित पक्षको नियतमाथि शंका÷ उपशंकाको वातावरण सिर्जना भएको छ । यसले सञ्चार सम्बद्ध कार्यक्रमको मात्रै नभएर आम नगरबासीका लागि भनेर ल्याइएका अन्य कार्यक्रम र योजनाहरुको पनि कार्यान्वयन पक्ष कमजोर रहेको बुझन गाह्रो छैन । सञ्चार सम्बन्धि अघिल्ला बर्षहरुमा सञ्चालन हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिने नगर सभाको निर्णय कार्यान्वयन लामो समय सम्म नभएकोप्रति गम्भिर आपत्ती समेत प्रकट गरिएको प्रेस युनियन माइपश्चिम समितिका अध्यक्ष बिष्णु पौडेलले बताए ।

युनियनले भनेको छ– आम नागरिकका सरोकारका बिषयहरुप्रति जिम्मेवार ढंगबाट सञ्चारमाध्यमहरु निष्पक्ष , पारदर्शी र प्रभावकारी रुपमा सञ्चालन हुनुपर्दछ भन्ने मुल्य मान्यता र स्पष्ट दृष्टिकोण छ ।
ध्यानाकर्षण पत्रमा कार्यपालिका, नगर प्रमुख, उपप्रमुख र वडास्तरबाट समेत भए गरेका र निर्णयहरु तत्काल स्थानीय सञ्चार माध्यम तथा आधिकारिक वेवसाइट, फेसबुक पेज मार्फत सार्वजनिक गर्दै नागरिकको सूचनाको हकको सम्मान गर्न पनि सुझाव दिइएको छ ।

चालू आर्थिक बर्षमा निर्णय भएर पनि सार्वजनिक नगरिएका निर्माण योजना, सामाजिक बिकासका गतिबिधि, आम्दानी खर्चको विवरण लगायत आम नागरिकलाई सूसूचित गरिनुपर्ने बिषयहरु लिपिबद्ध गरी जस्ताको तस्तै सार्वजनिक गरिनु पर्ने र सञ्चार सम्बद्ध कम्पनी÷ फर्म ÷ संस्थाहरु समेतलाई प्रतिस्पर्धाका आधारमा पारदर्शी रुपमा उद्धेश्य, विधान र नीति नियम भित्र रही सञ्चालन गर्न पाउने सामाजिक बिकासका कार्यक्रमहरु समेत सञ्चालन गर्न पाउने व्यवस्था गरिनुपर्ने पनि युनियनले माग गरेको छ । सो ध्यानाकर्षण पत्र प्रेस युनियन झापाका कार्यवहाक अध्यक्ष गिरिराज भट्टराईको उपस्थितीमा युनियनको माइपश्चिम समितिका अध्यक्ष बिष्णु पौडेल र निवर्तमान अध्यक्ष बिष्णु सुब्बाले नगर प्रमुखको कार्यकक्षमानै पुगेर हस्तान्तरण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रगति युवा क्लब काे तेस्रो साधारण सभा सम्पन्न, सुजन बजगाईंको नेतित्वमा बन्यो नयाँ समिति

दमक / झापा दमक २ प्रगति चाैक मिलडाँडा रहेकाे प्रगति युवा क्लब काे तेस्रो साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष भरत दुलालको सभापतित्व तथा दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आथित्यतामा क्लबको तेस्रो साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष दुलालले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

क्लबले सो साधारण सभाबाट ११ सदस्यीय नया कार्य समिति समेत चयन गरेको छ । स्थानिय स्तरमा बिभिन्न समाजिक गतिबिधि गर्ने उध्येश्यले स्थापना भएको क्लबको नयां समितिको अध्यक्षमा सुजन बजगाईं उपाध्यक्षमा बालकृष्ण दाहाल सचिबमा खेम खनाल, सहसचिबमा सिता माया दुलाल, कोषाध्यक्षमा गेह कुमारी श्रेष्ठ र सदस्यहरूमा सोमनाथ दुलाल, टिकादेवि श्रेष्ठ, सविना श्रेष्ठ, अनामिका खरेल, तुलसा माझी र बालिका दाहाल रहेका छन् ।

लेखा समिति तर्फ संयोजक केदार खनाल, सदस्य प्रतिमा दुलाल र बद्री प्रसाद दाहाल रहेका छन् । त्यस्तै संस्थाले तीन सदस्यीय सल्हाकार समिति समेत चुनेको छ । जसको संयोजकमा रवीन्द्र अधिकारी, सदस्य युवराज दुलाल, गिरिधारी बजगाईं रहेका छन् ।

विभिन्न समयमा सामाजिक काम गर्दै आएको संस्थाले साधारण सभाको अवसरमा विभिन्न आन्तरिक खेल म्यूजिकल चेयर र हाँडी फोर समेत सम्पन्न गरेको छ । म्यूजिकल चेयरमा प्रतिमा दुलाल, हाँडी फोर मा बालकृष्ण हादल विजयी भएका थिए । विजेतालाई नव अध्यक्ष सुजन बजगाईले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष बजगाईले ७९/८० को कार्य योजना समेत प्रस्तुत गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्