एन.आई. एसिया बैंकको कार्यप्रति दमक उद्योग वाणिज्य संघको आपत्ति

0
214

दमक /  ३ महिना देखी मासिक किस्ता बुझाउन नसकेको कारण देखाउदै विगत १ हप्ता देखी एन.आई. एसिया बैंक दमक शाखाले  ऋणीको घरमा आफ्नो सुरक्षा गार्ड राखेको विरोधमा दमक उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण गराएको छ ।

एन.आई. एसिया  बैंकले दमक ५ स्थित व्यवसायी दर्गाप्रसाद कडेलको घरमा केही दिन देखि विहान ९ बजे देखी साँझ ७ बजे सम्म सुरक्षा गार्ड राख्दै आएको थियो ।

संघका वरिष्ठउपाध्यक्ष राजु खड्का द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा देशको आर्थिक अवस्था निकै संकटमा रहेको र विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट बृद्धि गरिएको चर्को बैक व्याजदरका कारणले पनि उद्यमी व्यवसयी तथा ऋणीहरुले मासिक किस्ता बुझाउन प्रतिकुल अवस्थाको शृजना भएको अवस्था बैंकको यस्तो निन्दनिय कार्य गरेकोमा आपति जनाएको छ ।

संघ द्वारा जारी ध्यानाकर्षण पत्र

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here