Friday, September 22, 2023
Homeसमाचारदमक खबरप्रगति युवा क्लब काे तेस्रो साधारण सभा सम्पन्न, सुजन बजगाईंको नेतित्वमा बन्यो...

प्रगति युवा क्लब काे तेस्रो साधारण सभा सम्पन्न, सुजन बजगाईंको नेतित्वमा बन्यो नयाँ समिति

दमक / झापा दमक २ प्रगति चाैक मिलडाँडा रहेकाे प्रगति युवा क्लब काे तेस्रो साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष भरत दुलालको सभापतित्व तथा दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आथित्यतामा क्लबको तेस्रो साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष दुलालले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

क्लबले सो साधारण सभाबाट ११ सदस्यीय नया कार्य समिति समेत चयन गरेको छ । स्थानिय स्तरमा बिभिन्न समाजिक गतिबिधि गर्ने उध्येश्यले स्थापना भएको क्लबको नयां समितिको अध्यक्षमा सुजन बजगाईं उपाध्यक्षमा बालकृष्ण दाहाल सचिबमा खेम खनाल, सहसचिबमा सिता माया दुलाल, कोषाध्यक्षमा गेह कुमारी श्रेष्ठ र सदस्यहरूमा सोमनाथ दुलाल, टिकादेवि श्रेष्ठ, सविना श्रेष्ठ, अनामिका खरेल, तुलसा माझी र बालिका दाहाल रहेका छन् ।

लेखा समिति तर्फ संयोजक केदार खनाल, सदस्य प्रतिमा दुलाल र बद्री प्रसाद दाहाल रहेका छन् । त्यस्तै संस्थाले तीन सदस्यीय सल्हाकार समिति समेत चुनेको छ । जसको संयोजकमा रवीन्द्र अधिकारी, सदस्य युवराज दुलाल, गिरिधारी बजगाईं रहेका छन् ।

विभिन्न समयमा सामाजिक काम गर्दै आएको संस्थाले साधारण सभाको अवसरमा विभिन्न आन्तरिक खेल म्यूजिकल चेयर र हाँडी फोर समेत सम्पन्न गरेको छ । म्यूजिकल चेयरमा प्रतिमा दुलाल, हाँडी फोर मा बालकृष्ण हादल विजयी भएका थिए । विजेतालाई नव अध्यक्ष सुजन बजगाईले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष बजगाईले ७९/८० को कार्य योजना समेत प्रस्तुत गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments