दमक उद्योग वाणिज्य संघले गर्यो क्यालेन्डर सार्वजनिक तथा शुभकामना आदान-प्रदान

0
106

दमक / दमक उद्योग वाणिज्य संघले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक तथा शुभकामना आदान—प्रदान कार्यक्रमकाबीच भर्खरै निर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठलाई सम्मान गरेको छ ।

सोमबार दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित समारोहका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले वाणिज्य संघको गरिमा कायम राख्न सफल भएकोमा कार्यसमितिलाई बधाई र निर्वाचित केन्द्रीय सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मेयर थापाले सोही क्रममा दमकको विकास निर्माणका योजनाहरु क्रमिक रुपमा अघि बढिरहेको समेत बताएका छन् । उनले दमकका सडकभित्रका बिजुलीका पोल र बाक्लो गरी जडान गरिएका तारहरु एक महिनाभित्रमा हटाई सक्ने, सहरभित्र अस्तव्यस्त रहेका सवारी साधनहरुलाई व्यवस्थित गरिने, नगरभित्रका बाटाहरु जेष्ठ मसान्तभित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताए । उनले सबै व्यवसायीहरुलाई करको दायरामा आउन र नगरमा दर्ता नभएका व्यवसायीहरुलाई दर्ताको दायराभित्र आउन समेत आग्रह गरेका छन् ।

सोही कार्यक्रममा आफ्नो प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठले महासंघ ठुला घरानाको मात्रै नभएर साना व्यवसायीहरुको पनि साझा संस्था हो भन्ने अपनत्व हुनेगरी काम गरेर आफ्नो कार्यकाल सफल बनाउने बताएका छन् ।

यसैगरी आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख लवकुमार अधिकारीले सबै व्यवसायीहरुलाई समयमा कर तिर्न आग्रह गरे । उनले व्यवसायीहरुलाई समयमा कर तिर्नुपर्छ भन्ने बुझाई हुदाँहुदै पनि अभिलम्व गर्नु दुःखद विषय भएको भन्दै व्यवसायीहरुका नेतृत्वहरुबाट नै व्यवहारत कार्यान्वयन गर्न आग्रह गरे ।

सोही कार्यक्रममा व्यवसायी विक्रमकुमार शाह, पूर्वलेखा समिति संयोजक खोमप्रसाद बगाले, इलाका प्रहरी कार्यालयका प्रमुख मनोजकुमार लामा, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय बराललगायतले दमकेली व्यवसायीहरुका समस्या महासंघसम्म पु¥याउन नवनिर्वाचित केन्द्रीय सदस्यको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

दमक उद्योग वाणिव्य संघका अध्यक्ष गोपाल गुरागाईले उद्यमीका आवाज केन्द्रसम्म पु¥याउन केन्द्रीय सदस्यको भूमिका उदाहरणीय रहने र तीनवर्षे कार्यकालमा सुखद परिणाम आउने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजकुमार योङ्याले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यालेन्डर निर्माणको सन्दर्भ र क्यालेन्डरमा समावेश भएका विषयवस्तुको बारेमा क्यालेन्डर तयारी समितिका संयोजक टिकाराम खतिवडाले स्पष्ट पारेका थिए भने कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, दितिय उपाध्यक्ष ज्ञाननाथ पौडेल, त्रितिय उपाध्यक्ष रुवल अधिकारी, महिला उपाध्यक्ष सुष्मा निरौला, लेखा संयोजक नेत्र चौलागाई, वस्तुगत व्यवसायिक प्रतिनिधिहरु राम रिमाल, विक्रम शाह, राजिव पूर्वे, रामचन्द्र बराल, पूर्वकार्यसमिति सदस्य भेषराज धमला, रेडक्रस प्रतिनिधि मैना दाहाल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम , दमक जेसिसका अध्यक्ष मुकेश अग्रवाल, असहाय सेवा समितिका संयोजक सञ्जय बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here