नयाँ बर्षको अवसरमा अभिमुखीकरण कार्यक्रम

0
148

झापा / नयाँ बर्षको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा र सतासीधाम जेसिजको संयुक्त आयोजनामा झापाको जन आदर्श माबी शिवगन्जमा “मनोबिमर्श अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालकै प्रसिद्ध साइकोलोजिकल काउन्सेलर जो सैनिक महाविद्यालय सल्लाघारी भक्तपुरमा काउन्सेलिङ गर्नुहुन्छ ,मनोविद ज्योत्स्ना डांगीले मानसिक स्वास्थ ,मनोरोगका लक्षण ,नेपालमा आत्महत्याको तथ्यांकको अवस्था ,आत्महत्या गर्ने कारण र आत्महत्या न्यूनीकरण गर्ने उपाय र अभिभावक र शिक्षकले ननीहरुसंग गर्नु पर्ने व्यवहार का सन्दर्भ मा स्लाइड देखाउदै प्रष्ट पार्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापा शाकाका सल्लाहकार समिती सदस्य भक्ती प्रसाद सिटौलाले नयाँ बर्षका दिन नयाँ तर अति महत्वपूर्ण कार्यक्रमको छ्नौट गरि कार्यक्रम सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम हरेक विद्यालय आयोजना गरिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।प्रमुख अतिथी शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले हाम्रो अपेक्षाको स्तर उच्च र सोही बमोजिमको उपलब्धि नभएकोले मनोरोगले मानिस ग्रसित हुन थालेको र नानीबाबु हरुसंग मनोमैत्री व्यवहार गर्न नसकेकोले नानीहरु मनसिक रुपमा दुर्बल हुँदै गएको कुरा औंल्याउदै यसको समाधानमा सबै लाग्नु पर्ने कुरा बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा महिला बिभाग संयोजक निर्मला गिरिको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत सतासीधाम जेसिज अध्यक्ष निर्मला प्रधान ,कार्यक्रमको औचित्य माथी प्रकाश रेडक्रस सभापति गोबिन्द काफ्लेले गर्नु भएको थियो ।शिवसताक्षी उद्योग बाणिज्य संघ अध्यक्ष याम काफ्ले ,कनकाइ जल उपभोक्ता संस्थाका अध्यक्ष कमल भण्डारी ,उज्वल महिला कृषि सहकारी सस्थाको अध्यक्ष रोजी लुइँटेल ,स्थानिय बुद्धिजीवी भोला मैनाली ,टङ्क मैनाली धनबहादुर राई जनआदर्श माबिका बि व्य स अध्यक्ष नवीन तिम्सिना ,गोपल गौरी दिगो विकास प्रतिष्ठानका प्रतिनिधि ,रेडक्रसकर्मी ,जेसिज अभियन्ताहरु र राष्ट्रिय रमणीय आदर्श मावी तथा जनआदर्श माविका स्काउट विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको धन्यवाद मन्तव्य सतासीधाम जेसिजका महासचिव पदम कुंवर र कार्यक्रम सन्चालन रेडक्रस महिला बिभाग सदस्य अस्मिता राइले गर्नु भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here