दमक नगर प्रमुख थापालाई प्रेस युनियनको ६ बुँदे ध्यानाकर्षण पत्र

0
165

दमक/ नेपाल प्रेस युनियनले दमकमा स्थानीय सरकारबाट सञ्चार क्षेत्रमा विनियोजन भएको बजेटलाई पारदर्शी र परिणाममुखी बनाउनुपर्नेसहित विभिन्न ६ बुँदे माग अघि सार्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


प्रेस युनियनको माइपश्चिम समितिले आइतबार दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकाका तर्फबाट जारी हुने सार्वजनिक महत्वका सूचना, विज्ञापनहरु स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिँदै सहज, पारदर्शी र सन्तुलित रुपमा उपलब्ध गराउन माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा दमक नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को पारित बार्षिक नीति, कार्यक्रममा स्थानीय सञ्चार माध्यमहरुको प्रवद्र्धन र बिकासका कार्यक्रमलाई निरन्तरता दिइने भनि उल्लेख रहेकोमा आर्थिक बर्ष २०७९ ÷ ०८० को अन्तिम चौमासिक अवधि शुरु हुँदा समेत कार्यान्वयन नहुनु दुखद भएको उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ– स्थानीय तह सञ्चालनमा आएपछि नागरिकहरुले आफनो सबैभन्दा नजिकको सरकारका रुपमा पाएको स्थानीय सरकारकै नीति, कार्यक्रम कार्यान्वयनमा नगरपालिकाको नीति, कार्यक्रम कार्यान्वयन पक्ष गैह्र जिम्मेवार ढंगबाट बजेट तथा कार्यक्रम कार्यान्वयन नगरिनुले सम्बन्धित पक्षको नियतमाथि शंका÷ उपशंकाको वातावरण सिर्जना भएको छ । यसले सञ्चार सम्बद्ध कार्यक्रमको मात्रै नभएर आम नगरबासीका लागि भनेर ल्याइएका अन्य कार्यक्रम र योजनाहरुको पनि कार्यान्वयन पक्ष कमजोर रहेको बुझन गाह्रो छैन । सञ्चार सम्बन्धि अघिल्ला बर्षहरुमा सञ्चालन हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिने नगर सभाको निर्णय कार्यान्वयन लामो समय सम्म नभएकोप्रति गम्भिर आपत्ती समेत प्रकट गरिएको प्रेस युनियन माइपश्चिम समितिका अध्यक्ष बिष्णु पौडेलले बताए ।

युनियनले भनेको छ– आम नागरिकका सरोकारका बिषयहरुप्रति जिम्मेवार ढंगबाट सञ्चारमाध्यमहरु निष्पक्ष , पारदर्शी र प्रभावकारी रुपमा सञ्चालन हुनुपर्दछ भन्ने मुल्य मान्यता र स्पष्ट दृष्टिकोण छ ।
ध्यानाकर्षण पत्रमा कार्यपालिका, नगर प्रमुख, उपप्रमुख र वडास्तरबाट समेत भए गरेका र निर्णयहरु तत्काल स्थानीय सञ्चार माध्यम तथा आधिकारिक वेवसाइट, फेसबुक पेज मार्फत सार्वजनिक गर्दै नागरिकको सूचनाको हकको सम्मान गर्न पनि सुझाव दिइएको छ ।

चालू आर्थिक बर्षमा निर्णय भएर पनि सार्वजनिक नगरिएका निर्माण योजना, सामाजिक बिकासका गतिबिधि, आम्दानी खर्चको विवरण लगायत आम नागरिकलाई सूसूचित गरिनुपर्ने बिषयहरु लिपिबद्ध गरी जस्ताको तस्तै सार्वजनिक गरिनु पर्ने र सञ्चार सम्बद्ध कम्पनी÷ फर्म ÷ संस्थाहरु समेतलाई प्रतिस्पर्धाका आधारमा पारदर्शी रुपमा उद्धेश्य, विधान र नीति नियम भित्र रही सञ्चालन गर्न पाउने सामाजिक बिकासका कार्यक्रमहरु समेत सञ्चालन गर्न पाउने व्यवस्था गरिनुपर्ने पनि युनियनले माग गरेको छ । सो ध्यानाकर्षण पत्र प्रेस युनियन झापाका कार्यवहाक अध्यक्ष गिरिराज भट्टराईको उपस्थितीमा युनियनको माइपश्चिम समितिका अध्यक्ष बिष्णु पौडेल र निवर्तमान अध्यक्ष बिष्णु सुब्बाले नगर प्रमुखको कार्यकक्षमानै पुगेर हस्तान्तरण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here