सतासीधाम जाने बाटो धमाधम सजाइदै

0
186

शिवसताक्षी । पुर्बकै प्रशिद्ध एतिहासिक धामर्मिक तथा पर्यटकिय क्षेत्र सताक्षीधाम जाने सडक आसपासमा रंङरोगन गर्न शुरु गरिएको छ ।

आज बुधबार शिवसताक्षी नगरपालीकाका नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले रमिते डाँडा स्थीत सखुवाको रुखमा संयुक्तरुपमा रंग लगाएर उद्धघाटन गरे । जिल्लाकै रमणिय तथा पर्यटकिय क्षेत्र रहेको शिवसतक्षीमा सताक्षीधामको छुटै पहिचान छ ।

स्थानीय सञ्चारकर्मी डाइमण्ड कार्कीको पहलमा नगरको इतिहास र सौन्दर्य बोकेको सताक्षीधाममा आउने आगान्तुक आन्तरिक तथा बाहिय पर्यटकहरुलाई मध्यनजर गरि उक्त सडकको दुबै तर्फको रुख तथा बिजुलीको पोलमा रंङरोगन गर्न थलिएको हो ।

आफ्नो ठाउ आफै बनाउ भन्ने मुल उदेश्यिका साथ कार्कीले बिभिन्न दाताहरुको सहयोगमा करिब एक सय लिटर बडि रङग संकलन गरि सेल्फी रोड निर्माणको अभियानमा जुटेको बताए । अहिलेका युवा युवतीहरु सेल्फी खिच्न र टिकटक बनाउनको लागी टाडा टाडाको स्थानमा जाने गरेका छन । जसले गर्दा समय र आर्थिकको पनि भार पर्ने गरेकोले आफ्नै क्षेत्रमा अन्य क्षेत्रको भन्दा रमाइलो र मनोरम दृष्य अवलोकन गर्न पाइने स्थान रहेकोलो पनि यस क्षेत्रलाइए श्रृङगार गरिएको हो । बत्ति मुनिको अध्यारो भने झै घर नजिकै रहेको रमणिय स्थान छ तर हामी समय र पैसा खर्चेर टाडाको स्थानमा जाने गर्छौै ।

झिलझिले बजार देखि करिब ५ किलोमिटर उत्तर चुरे पाहाडको फेदीमा रहेको सताक्षीधाम सतासी खोलाको किनारमा अवस्थीत छ । यस सडकलाई सोल्फी रोड बनाएर सेल्फी खिच्न र टिकटक बनाउनको लागी अति नै उपयुक्त भएकोले सडकको दुबै तर्फको रुख तथा बिजुलीको पोलमा रंङरोगन गरि आकर्षक बनाउन लागेको संचारकर्मी कार्कीले बताए । झापा न्यूज टिभीका संचालक समेत रहेका कार्कीले २ बर्ष अघि पनि एकल प्रयासमा सडक आसपासका रुखहरुमा रंङरोगन गरेका थिए । तर त्यस बेला सडक कालोपात्रे भएको थिएन ।

अहिले भने सडक सतक्षीधाम सम्म नै कालोपत्रे भएकोले सडकको सौन्दर्यमा थप भएको छ । नयाँ बर्ष २०८०को शुभारम्भ रहेकोले पनि त्यस क्षेत्रमा रंङरोगन गरिएको हो । नयाँ बर्षको अवसरमा बिभिन्न क्षेत्रबाट पर्यटकहरुको घुइचो लाग्न सक्छ ,जसले गर्दा पर्यटकहरुलाई रंङरोगनले थप आकर्षक बनाउने जानकारहरुको भनाई छ । तत्काललाई रमिते डाँडाबाट सतक्षीधामको प्रबेशद्धार सम्म रंङरोगन गरिने र बाँकी थप आर्थिक संकलन गरेर मात्र रंङरोगन गरिने अभियान्ता तथा सिंचारकर्मी कार्कीले जानकारी दिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले नगरले गर्नु पर्ने काम ब्यतिmले गरेको भन्दै कार्कीको प्रशंशा गरे कार्की बफादार पत्रकार मात्र नभएर सामाजिक अगुवा समेत रहेकोले उनको यो कार्यलाई नगरको तर्फबाट पनि आवश्यक सहयोग गर्ने उद्धघोष गरे । सो अवसरमा बिभिन्न बक्ताहरुले रमिते डाँडाबाट चुरे पाहाडको अवलोकन गर्न सहज बनाउन फलैचाहरु निर्माण गर्नु पर्ने धारणा राखेका थिए । सो अवसरमा गोलोक गोबर्धनका संस्थापक नन्दकिशोर भारद्धाज, सताक्षीधाम धार्मिक तथा पर्यटन बिकाश समितिका उपाध्यक्ष यदयप्रकाश राई लगायतको सहभागिता रहेको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here