Sunday, September 15, 2024
Home Blog Page 328

करोडौ अबैध कारोवारी ८ जना व्यवसायी पक्राउ

दमक/ प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रा.लि.का ४० वर्षीय भीमप्रसाद चौधरी, ५० वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रा.लि., धरानका ३१ वर्षीय चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि., बिराटनगरका २७ वर्षीय राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा.लि., इटहरीका ३४ वर्षीय सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा.लि, इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य छन् ।

प्रहरीका अनुसार ओपन इन्भेष्टमेन्टबाट दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध रुपमा रकम सङ्कलन भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

रक्तदाता समाजको अधिवेशन सम्पन्न

दमक/ नेपाल स्वयंसेवी रक्तदाता समाज झापाको अध्यक्षमा पुनः सिताराम खतिवडा चयन भएका छन् । समाजको सोमबार दमकमा सम्पन्न दोश्रो जिल्ला अधिबेशनले खतिवडाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कमलकुमार घिमीरे,सचिवमा फडिन्द्रकुमार भट्टराई र कोषाध्यक्षमा पारिजात निरौला चुनिएका छन् । यस्तै सदस्यहरुमा विष्णु सुब्बा,लक्ष्मीप्रसाद काफ्ले ,मञ्जना सिटौला,प्रकाशचन्द्र पोख्रेल,राम विष्ट , खड्ग राई र विनोद निरौला चयन भए ।
स्थानीय ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको कार्यालयमा आयोजित अधिबेशन दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा समाजले आजीवन सदस्यहरुको प्रमाणपत्रसहित परिचय पत्र समेत वितरण गरिएको अध्यक्ष खतिवडाले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

 ११ सदस्यीय जिल्ला कार्यसमिति चयन, झापा जिल्ला फूटबल रेफ्रि संघको नयाँ नेतृत्व

दमक,७ फागुन / झापा जिल्ला फूटबल रेफ्रि संघको नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न संघको साधारणसभाले प्रदीप बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लोकराज ढुङगाना,महासचिवमा प्रकाश काफ्ले र कोषाध्यक्षमा श्याम दनुवार चुनिएका छन् । संघको सदस्यहरुमा खेमराम श्रेष्ठ,लक्ष्मण जैसवाल,लाक्पा तामाङ,लोकराज अधिकारी,डिकबहादुर श्रेष्ठ,सन्तोष चौधरी र नरवहादुर फागो चुनिएका छन् । झापा फूटबल संघका अध्यक्ष भगिरथ आले मगरलगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौ/ नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई सरकारले जनही ३–३ लाख रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उक्त घोषणा गरेका हुन् ।
क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३–३ लाख दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
त्यसै, नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई मदन भण्डारी स्पोट्स एकेडेमीले १–१ लाख रुपैयाँ दिने भएको छ। एकेडेमीका तर्फबाट विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले जनही १–१ लाख थप गर्ने घोषणा गरे ।
नामिबियामा भएको डिभिजन २ मा उपविजेता बनेको नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ। विश्वकप छनोट खेल्न नेपाली टोली शनिबार जिम्बावे आयोजक राष्ट्र जाँदैछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पार्टी एकतामा कुरा मिल्यो,के के मा भयो सहमती र हस्ताक्षर ?

काठमाडौं/ नेकपा एमाले र माओवादी केन्द्रबीच लामो समययता चलेको पार्टी एकीकरण प्रक्रिया टुङ्गोमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

भक्तपुरमा सोमबार दिउँसो भएको भेटवार्तामा दुई नेताबीच सहमतिपत्रमा हस्ताक्षर भएको स्रोतले जनाएको छ । दुई अध्यक्षले गरेको सहमति अनुमोदन गराउन सोमबार बेलुका पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । बैठकबाट अनुमोदन भएपछि सहमतिपत्र सोमबार नै सार्वजनिक गरिने बताइएको छ ।

सहमतिसँगै माओवादी केन्द्रले सरकारमा जाने तयारी सुरु गरेको छ । मंगलबार बिहान मन्त्रालय बाँडफाँडपछि मन्त्री हुनेको नामावली प्रधानमन्त्रीलाई बुझाइने माओवादी श्रोतले जनाएको छ ।

सहमति अनुसार एकीकृत पार्टी द्धिअध्यक्षात्मक प्रणाली अनुसार संचालन हुनेछ । ओली र प्रचण्ड संयुक्त रुपमा अध्यक्ष रहनेछन् भने बैठकको अध्यक्षता आलोपालो हुनेछ ।

सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार आधा आधा कार्यकाल हुनेछ । प्रधानमन्त्री र राष्ट्रपति एमालेले लिने र उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले लिने सहमतिमा हस्ताक्षर भएको छ ।

यस्तो छ सहमति

द्–विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतका अध्यक्ष ।

अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निमार्णताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुवै आधा–आधा प्रधानमन्त्री ।

दुवैले पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने ।

दुवैले मानिरहेका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने ।

सकेसम्म छिटो बिशेष महाधिवेशन गरेर औपचारिक रुपमा विषयको टुंगो लगाउने । त्यसअघि एकताका शैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।

दुई अध्यक्षसँगै बहुपद सृजना नगर्ने ।

सानो आकारका स्थायी कमिटि तथा पोलिटव्यूरो र केन्द्रीय समिति बनाउने ।

राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई ।

माओवाद, एक्काइसौं शताव्दीको जनवाद र बहुदलीय जनवादलाई महाधिवेशनसम्म बहस गरेर संष्लेषण र परिमार्जन गर्ने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

देशभर प्रजातन्त्र दिवश मनाइदै

दमक/ ७ फागुन २००७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा मृत्युदण्ड दिइएको थियो । १०४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।
विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । दिवशको अवसमा राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्वराजाले शुभकामना दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मोटरसाईकल चालकको मृत्यु

झापा,७ फागुन / मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिका १२ स्थित भित्री सडक खण्डमा आईतबार राती चालकको मृत्यु भएको छ ।

राती साढे ११ बजेको समयमा चारआलीबाट कालीझोडातर्फ जाँदै गरेको मे. ३ प. ८०३५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी चालक अर्जुनधारा नगरपालिका १ बस्ने २७ बर्षिय प्रवेश चौधरी गम्भीर घाईते भई उपचारकालागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी चारआलीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अव दमक अस्पतालले पोष्टमार्टम सेवा दिने

दमक,६ फागुन / झापाको दमकस्थित दमक अस्पतालमा पोष्टमार्टम सेवा शुरु भएको छ । दुई वर्ष अघि औपचारिक रुपमा सञ्चालनमा आएको सो अस्पतालले आइतबारदेखि पोष्टमार्टम शुभारम्भ गरेको हो । सो सेवाको एक कार्यक्रमका बीच नगर प्रमुख रोमनाथ ओलीले शुभारम्भ गरे ।
उनले मेची अस्पतालबाहेक जिल्ला भित्र दमकको सरकारी अस्पतालले पोष्टमार्टम सेवा शुरु गरेपछि यस क्षेत्रका भवितव्य घटनामा मृत्यु भएका मानिसहरुको शव परिक्षण गर्न सहज पुग्ने बताएका थिए । उनले यससंगै अस्पताललाई थप सुधार ल्याउन छिट्टै आकस्मिक सेवा समेत विस्तार गरिने जोड दिए ।
पोष्टमार्टमसंगै अस्पतालले एक्सरे समेत सञ्चालनमा ल्याएको अस्पतालका निमित्त डाक्टर विपीन कुमार पाण्डेयले बताए । उनका अनुसार जिल्लाको माइपश्चिमबाट मात्र मासिक ३०÷४० जनाको शव अन्यत्र पोष्टमार्टम गृहबाट पोष्टमार्टम गरिदै आएका छन् ।
अस्पतालमा पोष्टमार्टम सञ्चालन गराउन नगरपालिकाले करिव १० लाख मूल्य खर्चिएर पोष्टमार्टम गृह निर्माण गरिएको जनाईएको छ । त्यस्तै अस्पतालमा शरणार्थी सहायतामा कार्यरत दातृ संस्था संयुक्त राष्ट्रसंघीय संस्था ( यूएनएचसीआर ) ले करिव रु ८२ लाख बराबरको एक्सेर सेवा सञ्चालनका लागि आवश्यकीय विभिन्न उपकरणहरु निशुल्क प्रदान गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष जीवन शिवाकोटीको अध्यक्षतामा भएको सो शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारी, दमक–१ का वडाध्यक्ष ताराप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विषादीयुक्त भारतीय तरकारी नेपालमा

प्रदेश आवाज
झापा/ नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो ।

अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गाैला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुन्छ ।

दुई साताअघि युरोपेली संघसहित खाडी मुलुकले भारतमा उत्पादन हुने तरकारी र फलफूलमा मानव स्वास्थ्यलाई हानि गर्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएको भन्दै प्रतिबन्ध लगाएका थिए। युरोपेली र खाडी मुुलुकले प्रतिबन्ध लगाएपछि अहिले यो विषय दिल्लीस्थित हाइकोर्टमा पुगेको छ ।

युरोपेली मुलुकले निर्धारण गरेको मापदण्डभन्दा सात सय ५० गुणा बढी विषादी भारतीय तरकारी तथा फलफूलमा भेटिएको छ। यसका कारण भारतबाट निर्यात हुने तरकारी र फलफूलमाथि ती मुलुकले प्रतिबन्ध लगाएका हुन् ।

भारतमा उत्पादन हुने करेला, आलु, भान्टा, परबल, कोसेबाली (सिमी, बोडी, मटर), फर्सी, काउली, बन्दा, काँक्रो, भेडेखुर्सानी, हरियो खुर्सानी, गोलभेडा, भिन्डी, अलफान्जो र अन्य जातका आँप, स्याउ, अंगुरलगायतमा अत्यधिक विषादी भेटिएको भारतीय अखबारले उल्लेख गरेका छन्। विषादीयुक्त भारतीय उत्पादन वर्षौँदेखि परीक्षणबिनै खुलेआम नेपाली उपभोक्ताको भान्सामा पुग्ने गरेको छ ।

आर्सेनिकयुक्त तरकारी र खाद्यपदार्थ सेवन गर्दा भारतमा एक लाख सर्वसाधारणको मृत्यु र सात करोड जना थप चपेटामा परेका छन्।

यसैबीच, भारतको १२ प्रदेशको ९६ जिल्लामा आर्सेनिकयुक्त पानीबाट उत्पादन भएका हरियो तरकारी र खाद्यान्नमा उच्च परिमाणमा आर्सेनिकको अवशेष भेटिएको प्रतिवेदन बाहिर आएको छ। आर्सेनिक पानीको सहयोगमा उत्पादन भएका तरकारीसहित चामल, गहुँ, मकै, दाललगायत सेवन गर्नाले क्यान्सर र हृदयाघातको शतप्रतिशत सम्भावना रहन्छ।

भारतको आईबीए सेभेन टेलिभिजनले भारत सरकारले अध्ययन गरी तयार पारेको प्रतिवेदनलाई हवाला दिँदै तयार पारेको प्रतिवेदनअनुसार भारतको हरियाणा, बिहार, उत्तरप्रदेश, पञ्जाब, राजस्थान, झारखण्ड, छतिसगढ, आन्ध्रप्रदेश, कर्णाटक, पश्चिम बंगाल, असम र मणिपुरको ९६ जिल्लामा उत्पादन हुने आलु, मुला, भिन्डी, साग, कागती, भान्टा, काउली, बन्दा, भेडेखुर्सानी, करेला, सिमी, गोलभेडा, चामल, दाललगायतमा अत्यधिक परिमाणमा आर्सेनिक अवशेष फेला पारिएको छ ।

नयाँदिल्लीको फरेन्सिक मेडिसिन एमएमए कलेजको प्रमुख चिकित्सक राकेश पुनियाले आर्सेनिकयुक्त तरकारी र खाद्य पदार्थ सेवन गर्दा भारतमा एक लाख सर्वसाधारणको मृत्यु भइसकेको र सात करोड जना थप चपेटामा परेको पुष्टि गरेका छन्। पुनियाले सकेसम्म आर्सेनिक र विषादीयुक्त खाद्य पदार्थ उपभोग नगर्न सल्लाह दिएका छन्।

उनका अनुसार मानव स्वास्थ्यका लागि खाद्य र तरकारीमा आर्सेनिकको मात्रा १० पीपीबीको हाराहारीमा मात्रै हुनुपर्छ। तर, भारतीय तरकारी र खाद्य पदार्थमा ५० पीपीबीभन्दा बढी परिमाणमा आर्सेनिकको मात्रा पाइएको छ । ‘तरकारी, फलफूल र खाद्य पदार्थमा पाइएको विषादी र आर्सेनिकको यो परिमाणलाई निकै डरलाग्दो रूपमा लिनुपर्छ,’ टेलिभिजन रिपोर्टमा चिकित्सक पुनियाले भनेका छन्, ‘विषादी र आर्सेनिकको यो घातक परिमाणलाई हेलचेक्र्याइँका रूपमा लिँदा मुख्र्याइँ हुन्छ ।’

अन्य मुलुकमा तरकारी, फलफूल र खाद्यपदार्थ आयात गर्दा नाका र भन्सार विन्दुमै वैज्ञानिक रूपमा परीक्षण गर्ने व्यवस्था छ तर नेपालमा यस्तो सुविधासहितको व्यवस्था छैन। जसले गर्दा भारतमा लोड हुने तरकारी सीधै नेपालको तरकारी बजारमा झारेर बिक्री गर्ने गरिन्छ।

सर्वाेच्च अदालतले दोस्रो र तेस्रो मुलुकबाट तरकारी र फलफूल आयात गर्दा अनिवार्य रूपमा परीक्षण गराएर मात्रै ‘भित्र्याउनू’ भनी डेढ महिनाअघि दिएको अन्तरिम आदेशलाई समेत सरकारले टेर पुच्छर लगाएको छैन। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार नेपालमा कुनै पनि स्थानमा परीक्षण नगरी निर्वाध रूपमा भारतलगायत तेस्रो मुलुकबाट तरकारी र फलफूल आयात भइरहेको छ । ‘हामीले यो विषयमा कृषि मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराएका छौं,’ अध्यक्ष घिमिरेले भने, ‘हाम्रो तरकारी र फलफूल निर्यात गर्न खोज्दा भारतसहित तेस्रो मुलुकले परीक्षणवेगर छिर्नै दिँदैनन् तर भारतको विषादीयुक्त तरकारी सीधै तरकारी बजारमा झर्छ ।’

घिमिरेका अनुसार नेपालमा उत्तर प्रदेश, पश्चिम बंगाल, आन्ध्र प्रदेश, पञ्जाव, राजस्थान, झारखण्डलगायत राज्यबाट झन्डै ९५ प्रतिशत तरकारी आयात हुँदै आएको छ। ‘भारतसहित अन्य मुलुकबाट आउने यस्ता तरकारीलाई कतै परीक्षण गर्ने काम हुन्न, बजारबाट सीधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ,’ उनले भने ।

भन्सारको तथ्यांकअनुसार भारतसहित तेस्रो मुलुकबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ११ अर्ब ३६ करोड ७९ लाख १७ हजार मूल्यबराबरको चार लाख १६ हजार सात सय ६१ टन (४१ करोड ६७ लाख ६१ हजार एक सय १३ किलो) तरकारी आयात भएको छ ।

द्रुत विषादी प्रयोगशालाको बेहाल

सरकारले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखेर कालिमाटी तरकारी बजारमा पहिलोपटक द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना गरेको थियो। यो प्रयोगशालाले कालिमाटीमा भित्रिने तरकारीको विषादीसम्बन्धी परीक्षण गर्दै आएको छ तर सबै प्रकारका तरकारीको परीक्षण हुँदैन। बिहानको समयमा शंकाको आधारमा एक–दुई प्रकारका तरकारीको मात्रै विषादी परीक्षण हुन्छ तर परीक्षण प्रतिवेदन नआउँदै बिक्री भइसक्छ।

परीक्षण क्रममा भारतबाट आयात हुने तरकारीमा अत्यधिक परिमाणमा विषादी भेटिएको पनि छ। कालिमाटी बजारमा शंकाको आधारमा एक–दुई नमुना परीक्षण भए पनि उपत्यकाको अन्य बजारको तरकारीको भने कुनै परीक्षण हुँदैन ।

यो प्रयोगशाला २०७१ असार ४ गते संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को १५ लाखको आर्थिक सहयोगमा स्थापना भएको थियो। कालिमाटीमा तरकारी परीक्षण हुन थालेपछि व्यवसायीले भारतबाट ल्याइएका विषादीयुक्त तरकारी र फलफूल उपत्यकाकै अन्य बजारमा बिक्री गर्न थालेका छन्।

कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालयले गत वर्ष झापाको बिर्तामोड, सर्लाहीको नवलपुरस्थित बागवानी फार्म, कास्कीको पोखरास्थित तरकारी बजार, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज र कैलालीको अत्तरियामा पनि यस्तै प्रकृतिको प्रयोगशाला निर्माण गरेको छ। निर्माण भएका अधिकांश प्रयोगशाला तरकारी बजारदेखि निकै टाढा छन्। परीक्षण गर्न लाग्ने महँगो खर्च र कर्मचारी व्यवस्थापनमा समस्याका कारण ती प्रयोगशाला पनि सञ्चालनमा आउन सकेका छैनन् । अन्नपूर्णबाट

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अस्पतालभित्र आगलागी

झापा, ६ फागुन / झापाको विर्तामोड नगरपालिका ५ स्थित बिएण्डसी अस्पतालमा रहेको एक होटलमा आगलागी भएको छ । अस्पताल हाताभित्र रहेको चित्र देवानले सञ्चालन गरेको होटलमा शनिवार बिहान सवा ११ बजेतिर ग्याँस लिक हुँदा आगलागी भएको हो ।
आगलागीबाट उनको होटलभित्र रहेको फर्निचरहरु तथा खानेकुरा समेत जल्दा अन्दाजी तीन लाख बराबरको क्षति भएको छ । आगो निभाउनेक्रममा होटल धनि देवान सामान्य घाइते भएका छन् । आगलागी दमक, बिर्तामोड नगरपालिकाको दमकल र स्थानियबासीको सहयोगमा दिउसो नै पूर्ण रुपमा नियन्त्रण गरिएको छ ।
यता तेह्रथुमको छथर गाउँपालिका २ बस्ने पदममाया सार्कीको घरमा दिउँसो १२ बजेतिर आगलागी भएको छ। सार्कीको घरमा दिउँसो १२ बजेतिर खाना पकाउनेक्रममा आगलागी हुँदा ढुङगा माटोले बनेको खयरले छाएको घर जलेको छ। आगलागीबाट उनको घरभित्र रहेको सामान, भाडावर्तन र लत्ताकपडा समेत जलेर नष्ट भएको छ। आगोले करिब तीन लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा १३,१५ बजे नियन्त्रण गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्