Sunday, November 24, 2024
Home Blog Page 9

आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि याचना

दमक – झापा दमक ८ का कोमलप्रसाद नेपालले उपचार सहयोगको लागि याचना गरेका छन् ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका नेपालको आन्द्रामा ऐजेरु पलाएर उपचारका क्रममा आफूसँग भएको सम्पत्ति सकिएपछि सहयोगको याचना गर्नु परेको उनको भनाइ छ ।

पाँच महिनाअघि उनी अचानक बेहोस भएपछि परिवारले दमकस्थित आम्दा अस्पताल लगेको र उपचार सुरु गरेसँगै रोग पत्ता लागेपछि धुलिखेल मेडिकल कलेज रेफर गरिदिएको शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाटका क्रममा उनले बताए ।

नेपालका अनुसार बिरामी हुनु भन्दा अघि आफूसँग भएको डेढ लाख रकम उपचारमा सकिएको र आफन्तहरुको सरसापटीसमेत गरी थप ७ लाख रकम सकिएको छ ।

लगातर एक महिना अस्पतालमा उपचार गराउँदा सो बराबरको रकम खर्च भएको भन्दै उनले थप उपचारका लागि र परिवार धान्नका लागि समेत समस्या भएको बताए ।

नेपालले भने –‘बिरामी नहुँदाको अवस्थामा जे काम भेटेँ त्यही गर्दै परिवार पाँच जनाको परिवार पाल्दै आएको थिएँ । तर, कमाउने मान्छे आफै थला परेपछि मेरो र परिवारकै बिचल्ली हुने अवस्था आयो ।’

उनको परिवारमा आफूसहित आमा, श्रीमती र दुई सन्तान रहेका छन् ।नेपालले उपचार सहयोगका लागि मनकारी दाताहरुलाई सहयोगको याचना गरेका हुन् ।

सहयोग गर्न इच्छुकले उनलाई ९८२७९७९९८३ नम्बरमा सम्पर्क गरी सानिमा बैंकको दमक शाखामा उनकै नाममा खोलिएको खाता नम्बर ००२०११०६०००६०४५ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बिध्यार्थि भर्ना सम्बन्धि झापा माेडल अग्रेजी स्कुलकाे सूचना

0

Jhapa Model English School (JMES) is now Open for Visits and Admission Counselling For Grade 11.

PRE- REGISTRATION OPEN FOR GRADE 11 AT JMES For Science and Management (Computer Science, Hotel Management, Business Studies) Stream!!
Interested Candidates are Advised to Fill out the Form Below
Damak -8, Jhapa (Opposite to Gorkha Department )
023-580830 / 9852676620
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

असार १६ गते झापाको कमलमा रोजगार मेला हुने

दमक/ रोजगारीको अवसर र पहिचान, बेरोजगारी समस्याको समाधान भन्ने नारासहित झापाको कमलमा पहिलो पटक यहि असार १६ गते वृत्ती परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।

नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाको आर्थिक सहयोगमा कमल उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलाका बिषयमा गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

हेल्भेटास नेपालको प्राविधिक सहयोग रहने सो मेला केर्खामा रहेको केर्खा खैलामैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने जनाइएको छ । मेलामा गाउँपालिकाको रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहने जनाइएको छ । त्यहाँ रोजगारको खोजीमा रहेका र प्राविधिक धारको बिषय पढन चाहने बिद्यार्थीहरुलाई राज्यका तर्फबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बिषयहरुको बारेमा समेत जानकारी गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाबासीलाई यो मेलामा सहभागी भएर आवश्यक जानकारी लिन आव्हान गरे । उनले कमलमा पहिलो पटक यस किसिमको मेला आयोजना भएकाले यसको विशिष्ट महत्व रहने पनि उल्लेख गरे ।

गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । हेल्भटास नेपालका रामअवतार यादवले सीप सिक्न चाहने र आत्मनिर्भर बनाउने काममा यसले सहयोग पुरयाउने बताए । सो मेलाको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले गर्ने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रमुख प्रशासकीय अधिकृत विहीन देशभरका एक सय ४० स्थानीय तह

काठमाण्डाै / देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन् । बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घमा गुनासो गर्ने गरेको बताइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४४ नगरपालिका र ९६ वटा गाउँपालिकाले बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नु परेको थियो । सङ्घीय तहमा उपसचिव र अधिकृत उपलब्ध नभएका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको मन्त्रालयस्थित स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले  जानकारी दिए ।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नभएको ठाउँमा मन्त्रालयले कार्यपालिकाको सिफारिसमा त्यहीको ज्येष्ठ कर्मचारीलाई निमित्त तोकिएको र सङ्घमा भएका झन्डै एक सय कर्मचारीलाई स्थानीय तहमा पठाइएको छ । स्थानीय तहमा चाहिने प्रमुख प्रशासकीय अधिकृत सङ्घले पठाउने तथा अन्य कर्मचारी भर्ना गर्न प्रदेश सरकारले लोकसेवामार्फत पदपूर्ति गर्नुपर्ने भए पनि त्यो गर्न नसकिएका कारण समस्या भएको उनको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा सम्पन्न भयाे राेजगार मेला, सिप सिके बेराेजगार हुनु नपर्ने

दमक /  दमकमा आयोजित वृत्ती परामर्श तथा रोजगार मेला २०८० बिहिबार सम्पन्न भएको छ ।

दमक उद्योग वाणिज्य संघकाे आयाेजना, दमक नगरपालिकाकाे आर्थिक सहयाेग तथा हेल्भेटासकाे प्राबिधिक सहयाेगमा दमक ८ स्थित कस्मिक पाटी प्यालेसमा भएकाे मेलाको उदघाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । थापाले निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले धेरै कामहरु गर्न चाहेको बताए । खास गरी दमक उद्योग वाणिज्य संघले धेरै राम्रा काम गरीरहेकाे छ । यस्ता  खाले सृजनात्मक कामकाे लागि नगरपालिका सधै साथमा रहेकाे समेत बताए ।

उपप्रमुख रेगिना भट्टराईले दमकमा स्थानीय उत्पादित बस्तुहरुको बजारीकरणमा यसले ठुलो मद्धत पुगेको बताइन् । उनले दमकमा नगरपालिकाले कोशेली घर सञ्चालनमा ल्याएर स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् । उनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको पनि उल्लेख गरिन् ।

बजारमा एकातिर दक्ष जनशक्तिको अभाव छ भने, अर्काे तिर काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ । यसलाइ केहि हद सम्म न्यनिकरण गर्न गरीएकाे मेलामा रोजगार सम्बन्धी सूचना उपलव्ध गराउने २१ जटा स्टल राखिएकाे थियाे । रोजगारकाे खोजीमा रहेका युवाहरु लाइ  कसरी राेजगार बन्न सकिन्छ भन्ने कुराकाे जानकारी गराइएकाे थियाे । मेलामा दमक स्थित तालिम प्रदायक सस्थाले  राेजगार हुनका लागि दिने तालिमका बिषयमा जानकारी गराएका थिए । सिप सिकेर स्वराेजगार भए पछि  स्थानिय क्षेत्रमा  उत्पादन गरीएका बिभिन्न सामाग्रीकाे समेत प्रदर्शनी गरिएकाे थियाे । मेलामा चार सय बढी युवा तथा बिध्यार्थिले प्रत्यक्ष अवलाेकन गरेकाे संघका कार्यालय प्रमुख निरज बिस्टले जानकारी दिए ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा र प्रथम उपाध्यक्ष राजकुमार योङयाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकका १५० विप्पन्न परिवारलाई झुल वितरण

दमक/ लायन्स क्लव अफ काठमाडौले दमक नगरपालिका वडा नं १,४ र ५ का १५० बढी विपन्न परिवारलाई निःशुल्क झुल वितरण गरेको छ ।

दमक नरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको पहलमा विप्पन्न परिवारलाई लक्षित गरेर झुल वितरण गरिएको हो । उप प्रमुख भट्टराईको प्रमुख आतिथ्यतामा तिन वटै वडामा कार्यक्रम गरी उक्त झुल वितरण गरीएकाे थियाे ।

दमक १ को पाथीभरा नेत्रालय परिसरमा भएको कार्यक्रममा बोल्दै उप प्रमुख भट्टराईले लायन्स क्लब काठमाण्डौको यस किसिमको कार्य प्रति खुलेर प्रसंशा गरीन् उनले नेत्रालय परीसरमा वडा कार्यालय संचालन समेत निर्माण गरेर संचालन गर्न सके नेत्रालयकाे सेवा थप मानिसका पुग्ने अासा रहेकाे बताइन् ।

कार्यक्रम बोल्दै क्लवका अध्यक्ष खड्काले क्लवले संचालन गरेको नेत्रालयलाई थप सेवा सुविधा सहित सञ्चालन गर्ने योजना रहेको बताए ।उनले दमक आसपासमा निकै मानिसमा मोती बिन्दु को समस्या रहेको समेत जानकारी दिए । नेत्रालयको तथ्याङ्क अनुसार करिब ४०० मानिस मध्ये  २५ जनामा मोतिबिन्दु को समस्या रहेकाले सबैले समयमानै आखा जाँच गराएर मोतिबिन्दुको अप्रेशन गराउन आग्रह समेत गरे ।  दमक नगरपालीकाले सहयोग गरेको खण्डमा दमकलाई मोतीबिन्दु मुक्त क्षेत्र बनाउने योजना रहेको बताए ।

क्लवका अध्यक्ष नरेश खड्काको अध्यक्षता भएको कार्यक्रममा स्थानिय सामाजिक व्यक्ति रुद्र गौतम, आइन्द्र केरुङ , क्लवका पदाधिकारी,स्थानीयवासी हरुको उलेख्य उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा १४ असारमा दोश्रो रोजगार मेला हुँदै

दमक/ रोजगारदाता र रोजगारीका लागि इच्छुक युवा युवतीहरुलाई लक्षित गरेर दमकमा दोश्रो पटक रोजगार मेलाको आयोजना गरिने भएको छ । दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकाको आर्थिक तथा स्वीस परियोजना अन्तर्गतको हेल्भटास नेपालको प्राविधिक सहयोगमा १४ असारमा हुने मेलाका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

वृत्ती परामर्श तथा रोजगार मेला नाम दिइएको त्यस किसिमको मेला दमकमा दोश्रो पटक हुन लागेको हो । यसअघि गत बर्ष पनि यस किसिमको मेला आयोजना गरिएको थियो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भटटराई प्रसाईको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपाल गुरागाईले मेलाको तयारीमा भईरहेको विविध विषयमा जानकारी गराए । एकदिने मेलामा तालिम प्रदायक संस्था,रोजगारी अवसर खोजीरहेका युवाहरुको उल्लेखीय सहभागिता रहने उनले जानकारी दिए।

उनका अनुसार मेलामा विधार्थीहरु तथा युवाहरुले वृत्ती परामर्श सेवा तथा जानकारी पाउनुका साथै विभिन्न सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी ,तालिमको जानकारी दिइने,रोजगार सम्वन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष भेटघाट , तालिमको जानकारी ,रोजगारको अवसर प्राप्त गर्न सकिने छ ।

स्थानीय कस्मिक पार्टी प्यालेशमा हुने मेला भव्य रुपमा सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष तथा प्रर्दशनी तथा महोत्सव ब्यवस्थापन समितिका संयोजक राजु खड्काको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । भने प्रचार प्रसार समितिको संयोजकमा संघका प्रथम उपाध्यक्ष राजकुमार योङया र सदस्यहरुमा पत्रकारद्धय विष्णु सुब्बा तथा जीवन चुडाल रहेका छन ।

त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भटटराईले स्थानीय आवश्यकतालाई पूरा गर्न यस रोजगार मेला उपयोगी हुने औल्याएका थिए । उनीहरुले प्राविधिक, प्रशासनिक क्षेत्रको ब्यक्ति,श्रमिक वर्ग,उधोग ब्यवसाय क्षेत्रका रोजगारदाताको पनि रोजगार मेलामा प्रतिनिधित्व हुने भएकाले रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउन वृत्ति परामर्श तथा रोजगार मेलाले मद्धत गर्ने विश्वास व्यक्त गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कमल गाउँपालिकाको नीति कार्यक्रम, ७२ करोड २१ लाख बजेट प्रस्ताव

दमक/ झापाको कमल गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि कमलको समृद्धी भन्ने नारासहित कृषि बिकासका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षका २०८०/०८१ का लागि पालिकाको तर्फबाट ७२ करोड २१ लाख रुपैया भन्दा बढीको बजेट प्रस्ताव गरेको छ ।

गाउँपालिकाको आइतबार शुरु १३ औं गाउँ सभा (अधिवेशन)मा अध्यक्ष हुकुमसिंह राईले प्रस्तुत गरेको नीति कार्यक्रममा आधारित रहेर उपाध्यक्ष प्रमिला न्यौपानेद्धारा सो बजेट प्रस्ताव गरिएको हो ।
गाउँ अधिवेशनको पहिलो सेसनमा गाउँपालिकाका अध्यक्ष राईले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादन बढाउने र शैक्षिक क्षेत्रको बिकासका लागि स्थानीय सरकारका तर्फबाट अख्तियार गरिने नीतिहरुको लामो फेहरिस्त प्रस्तुत गरेका छन ।

कृषि बिकासको सो नारालाई अघि सार्दै अध्यक्ष राईले आगामी ४ बर्ष भित्र किसान सुचिकरणको कामलाई पूर्णता दिईने, एक समुह एक कृषि उत्पादन, कृषि उपजको बजारीकरणका लागि समुह तथा सहकारीसँगको साझेदारीमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याइने, अगुवा कृषकहरुका लागि रोजगार सेवा केन्द्रबाट श्रमिक ब्यवस्थापन गरी जैविक एवंम कमल युरिया साथै कमल प्राङ्गारिक मल उत्पादन गरी मल उत्पादन तथा वितरण गरी विद्यमान रासायनिकमलको प्रयोगलाई न्यूनीकरण गर्ने नीति अघि सारिएको छ ।

कृषि यान्त्रिकरण तथा कृषिका अन्य पूर्वाधार विकास गरी चाक्लाबन्दी खेतीलाई प्राथमिकता दिईने, नदी उकास तथा बाँझो जमिनमा खरभुजा तरभुजा परवल लगायतका बालीहरु लगाई उत्पादनको आधारमा प्रोत्साहन गर्ने नीति लिइएको छ भने स्वस्थ जीबनका लागि कमलको जैविक ताजा तरकारी भन्ने नारालाईसाकार पार्न एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत पोषणयुक्त तरकारीहरु (कुरिलो, बोडी,रायो,जरेबाली) न्यूनतम १ कठ्ठामा लगाउने कृषकहरुका लागि नगद प्रोत्साहन गर्ने नीति लिइएको छ । त्यस्तै कमल झोल मल र कमल युरिया मलको उपयोगका लागि वडा वडाबाट वितरण गर्ने कामलाई निरन्तरता दिइने उल्लेख छ ।

दुुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादन गरी बिक्री गरिएको प्रमाणका आधारमा अनुदान कार्यक्रम मार्फत आगामी ५ वर्ष भित्रमा ५० लाख लिटर दुधको उत्पादन पुर्याई कमल गाउँपालिकाबाट वार्षिक ३० लाख लि. दुध निर्यात गर्ने तथा दुुग्ध पदार्थ उद्योगहरु स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष राईबाट प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ । ंसामुदायीक विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुको पहुँच वढाउनका लागि आमा बुवा दुबै गुमाएका साथैं वुवाको मृत्यु भई आमाको सहारामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ती अनुदान उपलव्ध गराउने गाउँपालिकाको नीति छ ।

विद्यार्थीहरुको अन्र्तनिहीत क्षमताको प्रस्फुटनका लागि (नृत्य, खेलकुदतथा कम्प्युटर) लाई प्रोत्साहन गर्नका लागि घुम्ती शिक्षकको ब्यबस्थापन गर्ने नीति लिईएको छ भने विद्यालयहरुमा अध्ययनरत वालवालिकाहरुलाई शैक्षिक उन्नयन तथा पृष्ठपोषण गर्नका लागि पालिकास्तरीय विज्ञ समुह गठन गरेर विद्यालय अनुगमन तथा शिक्षण सिकाई गतिबिधिमा पृष्ठपोषण प्रदान कार्यक्रममा जोड दिईने पनि पालिकाको पारित नीतिमा उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकले ल्यायो १ अर्व ८४ करोड बढीको वजेट

दमक,। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि रु. १ अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपैयाको वजेट सार्वजनिक गरेको छ ।जसमध्ये चालु खर्च तर्फ रु १ अर्व १ करोड ९४ लाख ९७ हजार (५५ ३७ प्रतिशत) र पूँजिगत खर्च तर्फ रु ८२ करोड १७ लाख ४२ हजार (४४.६३ प्रतिशत) विनियोजन गरिएको जनाईएको छ ।

आज भएको नगरको तेर्हौ नगरसभामा नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले प्रस्तुत गरेको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ नगरपालिकाको आन्तरिक आयबाट रु २४ करोड ९४ लाख ९२ हजार ,दमक अस्पतालको आन्तरिक आयबाट रु ३१ करोड , संघीय सरकारको अनुदान रु ९५ करोड ८९ लाख र प्रदेश सरकारको अनुदानवापत रु ४ करोड ८ लाख ८८ हजार प्राप्त हुने छ ।

राजश्व बाँडफाडबाट रु २७ करोड १९ लाख ५९ हजार र जनसहभागितावाट रु १ करोड रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विद्यार्थीले गरे आश्रममा सहयोग

दमक / उत्तरी मोरङको मिक्लाजुङ मधुमल्ला ७ मा रहेको रिलायन्स अङ्ग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थीहरु मिलेर दमकमा रहेका रत्न जेष्ठ नागरिक बृद्वाश्रम दमक ४ र दमक ९ मा रहेको दमक बाल आश्रमलाई आवश्यक सहयोग गरेका छन्।

आफ्नो सामाजिक जिम्मेवारी र दायित्व अन्तरगत रहेर विद्यार्थीहरुले नियमित रुपमा विभिन्न कार्यहरु गर्दै आइरहेका छन्।यो महिना सामाजिक सहयोग , सद्भाव वृद्धिका साथै शिक्षा र समाजलाई जोड्ने कार्यक्रम अन्तरगत यी दुई आश्रमलाई सहयोग गरेको यसै बिद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी चेतन ढकालले बताउनु भएको छ ।

तीन दिनको आफ्नो खाजा खर्च कटाएर सहयोग रकम सङकलन गरि उक्त आश्रममा दुई दुई थान रेडियो, बृद्धाश्रममा ९ वटा लौरी सबैलाई आवश्यक जुत्ता चप्पल ,छाता,केहि खाद्यान्न सामाग्री तथा फिनेल लगायतका सरसफाइ सामाग्री र दमक बाल आश्रममा सबैलाई आवश्यक पर्ने कापी कलम,रङग पेन्सिल,बिबिध खेल सामाग्री ,छाता ,चप्पल,लुगा र खाद्य सामाग्री बितरण गरि आश्रमका बाल बालिकाहरुसङ विद्यार्थीहरुले छलफल तथा अन्तरक्रिया गरेका थिए।

विविध सामाजिक क्रियाकलापहरुमा सक्रिय गराउदै आएको यस बिद्यालयले विद्यार्थीहरुको रचनात्मक सिर्जनात्मक तथा अन्तरसामाजिक बिकासका लागि विद्यार्थीहरुलाई नियमित रुपमा यस्तै प्रभावकारी कार्यहरु गराउदै आइरहेको छ ।विद्यार्थीहरुको समुहले आजै दुबै आश्रममा आफ्नो निरन्तर सहयोग र आपसी सद्भावका लागि एक एकबटा बिरुवा रोपेर आफ्नो अटुट सहयोगको प्रतिबद्धता जाहेर गरेका छन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्