विद्यार्थीले गरे आश्रममा सहयोग

0
232

दमक / उत्तरी मोरङको मिक्लाजुङ मधुमल्ला ७ मा रहेको रिलायन्स अङ्ग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थीहरु मिलेर दमकमा रहेका रत्न जेष्ठ नागरिक बृद्वाश्रम दमक ४ र दमक ९ मा रहेको दमक बाल आश्रमलाई आवश्यक सहयोग गरेका छन्।

आफ्नो सामाजिक जिम्मेवारी र दायित्व अन्तरगत रहेर विद्यार्थीहरुले नियमित रुपमा विभिन्न कार्यहरु गर्दै आइरहेका छन्।यो महिना सामाजिक सहयोग , सद्भाव वृद्धिका साथै शिक्षा र समाजलाई जोड्ने कार्यक्रम अन्तरगत यी दुई आश्रमलाई सहयोग गरेको यसै बिद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी चेतन ढकालले बताउनु भएको छ ।

तीन दिनको आफ्नो खाजा खर्च कटाएर सहयोग रकम सङकलन गरि उक्त आश्रममा दुई दुई थान रेडियो, बृद्धाश्रममा ९ वटा लौरी सबैलाई आवश्यक जुत्ता चप्पल ,छाता,केहि खाद्यान्न सामाग्री तथा फिनेल लगायतका सरसफाइ सामाग्री र दमक बाल आश्रममा सबैलाई आवश्यक पर्ने कापी कलम,रङग पेन्सिल,बिबिध खेल सामाग्री ,छाता ,चप्पल,लुगा र खाद्य सामाग्री बितरण गरि आश्रमका बाल बालिकाहरुसङ विद्यार्थीहरुले छलफल तथा अन्तरक्रिया गरेका थिए।

विविध सामाजिक क्रियाकलापहरुमा सक्रिय गराउदै आएको यस बिद्यालयले विद्यार्थीहरुको रचनात्मक सिर्जनात्मक तथा अन्तरसामाजिक बिकासका लागि विद्यार्थीहरुलाई नियमित रुपमा यस्तै प्रभावकारी कार्यहरु गराउदै आइरहेको छ ।विद्यार्थीहरुको समुहले आजै दुबै आश्रममा आफ्नो निरन्तर सहयोग र आपसी सद्भावका लागि एक एकबटा बिरुवा रोपेर आफ्नो अटुट सहयोगको प्रतिबद्धता जाहेर गरेका छन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here