आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि याचना

0
111

दमक – झापा दमक ८ का कोमलप्रसाद नेपालले उपचार सहयोगको लागि याचना गरेका छन् ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका नेपालको आन्द्रामा ऐजेरु पलाएर उपचारका क्रममा आफूसँग भएको सम्पत्ति सकिएपछि सहयोगको याचना गर्नु परेको उनको भनाइ छ ।

पाँच महिनाअघि उनी अचानक बेहोस भएपछि परिवारले दमकस्थित आम्दा अस्पताल लगेको र उपचार सुरु गरेसँगै रोग पत्ता लागेपछि धुलिखेल मेडिकल कलेज रेफर गरिदिएको शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाटका क्रममा उनले बताए ।

नेपालका अनुसार बिरामी हुनु भन्दा अघि आफूसँग भएको डेढ लाख रकम उपचारमा सकिएको र आफन्तहरुको सरसापटीसमेत गरी थप ७ लाख रकम सकिएको छ ।

लगातर एक महिना अस्पतालमा उपचार गराउँदा सो बराबरको रकम खर्च भएको भन्दै उनले थप उपचारका लागि र परिवार धान्नका लागि समेत समस्या भएको बताए ।

नेपालले भने –‘बिरामी नहुँदाको अवस्थामा जे काम भेटेँ त्यही गर्दै परिवार पाँच जनाको परिवार पाल्दै आएको थिएँ । तर, कमाउने मान्छे आफै थला परेपछि मेरो र परिवारकै बिचल्ली हुने अवस्था आयो ।’

उनको परिवारमा आफूसहित आमा, श्रीमती र दुई सन्तान रहेका छन् ।नेपालले उपचार सहयोगका लागि मनकारी दाताहरुलाई सहयोगको याचना गरेका हुन् ।

सहयोग गर्न इच्छुकले उनलाई ९८२७९७९९८३ नम्बरमा सम्पर्क गरी सानिमा बैंकको दमक शाखामा उनकै नाममा खोलिएको खाता नम्बर ००२०११०६०००६०४५ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here