दमकका १५० विप्पन्न परिवारलाई झुल वितरण

0
192

दमक/ लायन्स क्लव अफ काठमाडौले दमक नगरपालिका वडा नं १,४ र ५ का १५० बढी विपन्न परिवारलाई निःशुल्क झुल वितरण गरेको छ ।

दमक नरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको पहलमा विप्पन्न परिवारलाई लक्षित गरेर झुल वितरण गरिएको हो । उप प्रमुख भट्टराईको प्रमुख आतिथ्यतामा तिन वटै वडामा कार्यक्रम गरी उक्त झुल वितरण गरीएकाे थियाे ।

दमक १ को पाथीभरा नेत्रालय परिसरमा भएको कार्यक्रममा बोल्दै उप प्रमुख भट्टराईले लायन्स क्लब काठमाण्डौको यस किसिमको कार्य प्रति खुलेर प्रसंशा गरीन् उनले नेत्रालय परीसरमा वडा कार्यालय संचालन समेत निर्माण गरेर संचालन गर्न सके नेत्रालयकाे सेवा थप मानिसका पुग्ने अासा रहेकाे बताइन् ।

कार्यक्रम बोल्दै क्लवका अध्यक्ष खड्काले क्लवले संचालन गरेको नेत्रालयलाई थप सेवा सुविधा सहित सञ्चालन गर्ने योजना रहेको बताए ।उनले दमक आसपासमा निकै मानिसमा मोती बिन्दु को समस्या रहेको समेत जानकारी दिए । नेत्रालयको तथ्याङ्क अनुसार करिब ४०० मानिस मध्ये  २५ जनामा मोतिबिन्दु को समस्या रहेकाले सबैले समयमानै आखा जाँच गराएर मोतिबिन्दुको अप्रेशन गराउन आग्रह समेत गरे ।  दमक नगरपालीकाले सहयोग गरेको खण्डमा दमकलाई मोतीबिन्दु मुक्त क्षेत्र बनाउने योजना रहेको बताए ।

क्लवका अध्यक्ष नरेश खड्काको अध्यक्षता भएको कार्यक्रममा स्थानिय सामाजिक व्यक्ति रुद्र गौतम, आइन्द्र केरुङ , क्लवका पदाधिकारी,स्थानीयवासी हरुको उलेख्य उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here