दमकमा १४ असारमा दोश्रो रोजगार मेला हुँदै

0
196

दमक/ रोजगारदाता र रोजगारीका लागि इच्छुक युवा युवतीहरुलाई लक्षित गरेर दमकमा दोश्रो पटक रोजगार मेलाको आयोजना गरिने भएको छ । दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकाको आर्थिक तथा स्वीस परियोजना अन्तर्गतको हेल्भटास नेपालको प्राविधिक सहयोगमा १४ असारमा हुने मेलाका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

वृत्ती परामर्श तथा रोजगार मेला नाम दिइएको त्यस किसिमको मेला दमकमा दोश्रो पटक हुन लागेको हो । यसअघि गत बर्ष पनि यस किसिमको मेला आयोजना गरिएको थियो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भटटराई प्रसाईको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपाल गुरागाईले मेलाको तयारीमा भईरहेको विविध विषयमा जानकारी गराए । एकदिने मेलामा तालिम प्रदायक संस्था,रोजगारी अवसर खोजीरहेका युवाहरुको उल्लेखीय सहभागिता रहने उनले जानकारी दिए।

उनका अनुसार मेलामा विधार्थीहरु तथा युवाहरुले वृत्ती परामर्श सेवा तथा जानकारी पाउनुका साथै विभिन्न सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी ,तालिमको जानकारी दिइने,रोजगार सम्वन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष भेटघाट , तालिमको जानकारी ,रोजगारको अवसर प्राप्त गर्न सकिने छ ।

स्थानीय कस्मिक पार्टी प्यालेशमा हुने मेला भव्य रुपमा सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष तथा प्रर्दशनी तथा महोत्सव ब्यवस्थापन समितिका संयोजक राजु खड्काको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । भने प्रचार प्रसार समितिको संयोजकमा संघका प्रथम उपाध्यक्ष राजकुमार योङया र सदस्यहरुमा पत्रकारद्धय विष्णु सुब्बा तथा जीवन चुडाल रहेका छन ।

त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भटटराईले स्थानीय आवश्यकतालाई पूरा गर्न यस रोजगार मेला उपयोगी हुने औल्याएका थिए । उनीहरुले प्राविधिक, प्रशासनिक क्षेत्रको ब्यक्ति,श्रमिक वर्ग,उधोग ब्यवसाय क्षेत्रका रोजगारदाताको पनि रोजगार मेलामा प्रतिनिधित्व हुने भएकाले रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउन वृत्ति परामर्श तथा रोजगार मेलाले मद्धत गर्ने विश्वास व्यक्त गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here