दमकमा सम्पन्न भयाे राेजगार मेला, सिप सिके बेराेजगार हुनु नपर्ने

0
434

दमक /  दमकमा आयोजित वृत्ती परामर्श तथा रोजगार मेला २०८० बिहिबार सम्पन्न भएको छ ।

दमक उद्योग वाणिज्य संघकाे आयाेजना, दमक नगरपालिकाकाे आर्थिक सहयाेग तथा हेल्भेटासकाे प्राबिधिक सहयाेगमा दमक ८ स्थित कस्मिक पाटी प्यालेसमा भएकाे मेलाको उदघाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । थापाले निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले धेरै कामहरु गर्न चाहेको बताए । खास गरी दमक उद्योग वाणिज्य संघले धेरै राम्रा काम गरीरहेकाे छ । यस्ता  खाले सृजनात्मक कामकाे लागि नगरपालिका सधै साथमा रहेकाे समेत बताए ।

उपप्रमुख रेगिना भट्टराईले दमकमा स्थानीय उत्पादित बस्तुहरुको बजारीकरणमा यसले ठुलो मद्धत पुगेको बताइन् । उनले दमकमा नगरपालिकाले कोशेली घर सञ्चालनमा ल्याएर स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् । उनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको पनि उल्लेख गरिन् ।

बजारमा एकातिर दक्ष जनशक्तिको अभाव छ भने, अर्काे तिर काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ । यसलाइ केहि हद सम्म न्यनिकरण गर्न गरीएकाे मेलामा रोजगार सम्बन्धी सूचना उपलव्ध गराउने २१ जटा स्टल राखिएकाे थियाे । रोजगारकाे खोजीमा रहेका युवाहरु लाइ  कसरी राेजगार बन्न सकिन्छ भन्ने कुराकाे जानकारी गराइएकाे थियाे । मेलामा दमक स्थित तालिम प्रदायक सस्थाले  राेजगार हुनका लागि दिने तालिमका बिषयमा जानकारी गराएका थिए । सिप सिकेर स्वराेजगार भए पछि  स्थानिय क्षेत्रमा  उत्पादन गरीएका बिभिन्न सामाग्रीकाे समेत प्रदर्शनी गरिएकाे थियाे । मेलामा चार सय बढी युवा तथा बिध्यार्थिले प्रत्यक्ष अवलाेकन गरेकाे संघका कार्यालय प्रमुख निरज बिस्टले जानकारी दिए ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा र प्रथम उपाध्यक्ष राजकुमार योङयाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here