Sunday, November 24, 2024
Home Blog Page 325

सेनाका हवल्दार पक्राउ

इलाम/ इलाममा एक ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल सेनाका हवल्दार पक्राउ परेका छन् ।
ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
इलामको बसपार्कमा चटपटे खाँदै गरेकी बालिकामाथि हवल्दारले हातपात गरेको पीडित पक्षको भनाई छ । रामेछाप घर भएका पौड्यालले हिँजो काममा खटिएका नेपाल प्रहरीमाथि समेत हातपात गरेको बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

छवि ओझा र शिल्पा पोखरेलले किन दिएनन् जवाफ ?

प्रदेश आवाज, दमक,१३ फागुन/

उनको यात्रा उनकै ब्यापार र ब्यवहारकालागि थियो रे, अघिल्लो पटक चिल्लो, गोरो, मुलायम र आर्कषक चेहरा भएका उनी भन्थे ‘शील्पासँग विहे गर्ने मुडमा छु, यीनले मान्छिन् कि मान्दिनन् ?’ कलकल जवानी भरिएकी सलक्क परेकी युवतीसँग ठूलो स्क्रिन टर्च मोवाइलमा सेल्फी खिचाउँदै गरेका चलचित्र निर्माता/ निर्देशक छविराज ओझासँग भेट भएको थियो ।
अहिले उनको अनुहार चाउरिएछ, आधासरो सेता भइसकेका दाह्री बोकेर कार्यकारी निर्माता ओझा चलचित्र मंगलम्को प्रचारमा आइतवार दमकमा भेटिए । साथमा नायिका शिल्पा पोखरेल, निर्देशक नवल नेपाल, र नायक पुष्प खड्कालाई कियर गाइड गरिरहेका थिए पाथिभरा हलका प्रवन्धक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले ।
निर्माता ओझा यो पटक त्यति हँसिलो मुहारमा थिएनन्, जति अघिल्लो पटक थिए । मैले उनको त्यो अघिल्लो पटक झै सेल्फी खिच्ने जवानी मुड ठूलो मोवाइलसँगै गुमिसकेको महसुस गरेँ । र विवाहबारे सोध्न चाहेको थिईन, तर पत्रकार साथीले प्रश्न नगरी सकेनन् र सोधे– विवाहको योजना कहाँ पुग्यो नि ? प्रश्नको जवाफ न शिल्पाले दिइन्, न छविले दिए, छविले मुन्टोसँगै बटारे कुराको चुरो र भने– अहिले मंगलमको मात्र कुरा गरौं है । शिल्पाको अनुहारमा रातो सल्वलाईरहेको थियो । जुरुक्क उठिन र भनिन् बाहिर गएर ग्रुपमा सेल्फी खिचौं है । सेल्फीले छवि र शिल्पाको प्रेम कहानीलाई गुपचुप बनाइदियो ।
सायद दमकका पत्रकारको प्रश्नको जवाफ छवि र शिल्पाले ब्यवहारबाटै देलान्, या अर्को पटकको प्रेस मिटलाई सञ्चय गरेका होलान ।
जे होस् मंगलम्को यो टिमले दमकमा ठूलो र मंगल अवसर पायो न कि एउटै विषयमा दुई ग्रुपमा पत्रकार सम्मेलन गर्ने मौका पायो । पत्रकारसँग कुरा गर्दै कार्यकारी निर्माता छवि ओझाले भने हाम्रो यो खेती हो, खेती राम्रो बनाउने उद्धेश्य सवैको हु्न्छ, हाम्रो खेतीको अनुगमन गरिदिनुहोला । मंगलम् चलचित्र नेपाली मन र माटो सँग गासिएको चलचित्र भएको दावी उनले गरेका छन ।


चलचित्र प्रदर्शनको पूर्व संध्यामा आइतबार दमकको सङ्गम् स्वीटमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माता ओझाले मंगलम यूनिट आफनो वजारका लागि देशैभरि दौडाहामा निस्किएको बताए । ‘ देशका मुख्य शहर,वजारमा कलाकारसहित हाम्रो यूनिट निस्किएको छ’ सञ्चारकर्मीमाँझ निर्माता ओझाले यस फिल्मबाट दर्शकको माया पाउनेमा विश्वस्त ब्यक्त गरे ।
निर्देशक नवल नेपालले यस फिल्मले दर्शकहरुले यस फिल्म हेरेपछि नेपाली वास्ना, स्वाद प्राप्त गर्ने टिप्पणी गरे । मंगलम् विशुद्ध पारिवारिक फिल्म भएको बताउदै निर्देशक नेपालले भने,–‘ यस फिल्मले समग्र नेपाली फिल्मी उद्योगमा नयाँ पन दिन खोजिएको छ ।’
छविराज प्रोडक्सनमा निर्माण भएको ‘मंगलम’ को बजारसम्म आईपुग्दा १ करोड रुपैया खर्च पुग्ने जनाईएको छ । सो फिल्ममा कलाकारद्धयसंगै मिथिला शर्मा, निर शाह,पृथ्वीराज प्रसाई, सामाज्ञ राज्यलक्ष्मी शाह, ध्रुब कोइराला लगायतका कालारहरुले अभिनय गरेका छन् ।
पत्रकार सम्मेलनमा कलाकारद्धय शिल्पा पोख्रेल, पुष्प खड्का र फिल्मी वितरक चैतन्य वराललगायतले नेपाली फिल्मी वजारमा ‘मंगलम’ ले वजार लिन अपेक्षा गरेका थिए ।

विमल लामिछाने

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मंगलम्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बायाँ घुँडाको उपचार गर्न गएकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया

काठमाडौं / नर्भिक अस्पतालमा कार्यरत चिकित्सकले बायाँ घुँडाको उपचार गर्न गएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरेका छन्। ३८ वर्षिया पौडेलको देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार गर्नुपर्नेमा चिकित्सकद्वय प्रवीण नेपाल र शैलेज रञ्जितकारको टोलीले दायाँ घुँडाको शुक्रबार शल्यक्रिया गरेका थिए।

चिकित्सकले लापरवाही गरेको भन्दै गुनासो गरेपछि उक्त शल्यक्रियामा संलग्न डा.नेपाल र रञ्जितकारले भुलवश मानवीय त्रुटि भएको स्वीकार गरेका पीडितका एक आफन्तले बताए।

शल्यक्रिया गरेका चिकित्सकले गल्ती स्वीकारेपछि अस्पताल प्रशासन र बिरामी पक्षबीच शनिबार सहमति भएको छ। शल्यक्रिया गरिएको दायाँ घुँडाको कारण भविष्यमा आइपर्ने स्वास्थ्य समस्याको उपचार अस्पतालले गरिदिने भएको छ। देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार र यससँग जोडिएर आउने नसालगायत समस्या निःशुल्क उपचार गर्ने जिम्मेवारी अस्पताल व्यवस्थापनले लिएको छ।

साथै दुवै गोडाको भविष्यमा हुन सक्ने सम्पूर्ण उपचार निःशुल्क गरिने गरी अस्पताल व्यवस्थापन पक्षले पीडित पक्षसँग सहमति गरेको छ। पीडित पौडेलको नाममा निःशुल्क उपचार कार्डसमेत अस्पतालले बनाइदिने भएको छ। नर्भिक अस्पतालका चिकित्सकबाट मात्र उपचार गर्न असहज भएमा अन्य अस्पतालका विज्ञ चिकित्सकहरूको समेत सहयोग लिई पूर्ण उपचार गरिनेसमेत सहमति भएको छ।

बिरामीलाई घुँडाको उपचारका लागि नेपाल बाहिर लैजानुपर्ने भए उपचारमा लाग्ने खर्चसमेत अस्पतालले व्यहोर्ने जनाइएको छ। सहमतिपत्रमा बिरामीका पति किशोर पौडेल र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन्। उपचारमा संलग्न चिकित्सकद्वय प्रवीण नेपाल र शैलेज रञ्जितकार तथा बिरामीका आफन्तहरूलाई रोहबरमा राखी सहमति गरिएको छ।

अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले चिकित्सकबाट कमीकमजोरी भएको स्वीकार्दै भने, ‘यस्ता मानवीय त्रुटि कहिलेकाहीँ हुन सक्छ। सरोकारवाला पक्षसँग सहमति भइसकेको छ।’ अन्नपूर्णमा समाचार छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रधानमन्त्रीलाई ब्यवसायीको मागपत्र

दमक / दमकका व्यवसायीहरुको एक टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर बधाई तथा शुभकामना दिएको छ । राष्ट्रिय बाणिज्य संघको एक टोलीले ओलीलाई बधाई दिँदै ७ बुँदे मागपत्र समेत बुझाएको संघका दमक नगर कमिटि सदस्य रमेश लुईंटेलले जानकारी दिए ।

दमकलाई नयाँ औद्योगिक सहर बनाउनु पर्ने, दमकमा एउटा रंगशाला निर्माण गर्नुपर्ने, अत्याधुनिक सुबिधा सम्पन्न शित भण्डार निर्माण गर्नुपर्ने लगायतका सात बुँदे माग प्रस्तुत गरेको पत्र बुझाइएको उनले बताए ।

यसमा प्रधानमन्त्री ओलीले आफु सकारात्मक भएको भन्दै थप कुरा अध्ययन गर्ने र योजना बनाउने आश्वासन दिएको लुइटेलले जनाए । टोलीमा संघका केन्द्रिय सदस्य भरत कुमार चौलागाईं र राजकुमार श्रेष्ठ समेत सहभागि रहेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रतिष्ठानमा बुद्धिशेखर भट्टराई

दमक/ भट्टराई कुलवंश प्रतिष्ठान दमक नगर समितिको साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले बुद्धिशेखर भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ ।
नव गठित समितिको उपाध्यक्ष द्वयमा चन्द्रा खड्का भट्टराई र चुडामणी भट्टराई चयन भएका छन् । त्यस्तै सचिवमा आविस्कार भट्टराई, सह सचिव राधिका भट्टराई र कोषाध्यक्ष ओम कृष्ण भट्टराई चयन भएका छन् ।
सदस्यहरुमा नगेन्द्र भट्टराई, सावित्रा भट्टराई, पुष्प भट्टराई, यज्ञ भट्टराई लगायत रहेका छन् ।
सोही कार्यक्रमाविच प्रतिष्ठानले पूर्व अध्यक्ष उत्तम भट्टराई, बासुदेव भट्टराई, खगेन्द्र भट्टराईलाई सम्मान गरेको थियो भने ज्येष्ठ नागरिक ९१ वर्षीया गंगाबहादुर भट्टराई र ९५ वर्षीया मनमायाँ भट्टराईलाई समेत सम्मान गरिएको थियो ।
साधारण सभामा सचिव गिरिराज भट्टराईले पेश गरेको प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शेरबहादुर भट्टराई, प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, केन्द्रिय सदस्य कृष्ण बहादुर भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

तिब्बती नाका खोल्न खोल्छौः मुख्य मन्त्री

इटहरी/ प्रदेश नम्बर एक स्थित ताप्लेजुङ जिल्लामा रहेको नेपालको तिव्वतसंगको जोड्ने नाका खुलाउँने तयारी गर्ने प्रदेश नम्बर एकको मूख्यमन्त्री शेरधनराईले बताएका छन् । ओलाङ्चुङ गोला नाका खोलेर प्रदेश एकका जनतालाई सबृद्ध बनाउने तयारी गरीरहेको उनको भनाई थियो ।
राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा इटहरीको होटल त्रियुगामा भएको स्थानीय तहको भूमिका विषयक दुई दिने कार्यक्रमको शनिवार उद्घाटन गदै राईले आर्थिक विकासको लागी ओलाङचुङ गोला नाका खोल्न आफूहरु लागी परेको बताए ।
नाका खोलेर जनतालाई आर्थिक विकासको ढोका खोल्ने उनको भनाई छ । अन्य देशहरु सँग सिधा सम्पर्क गरेर प्रदेश नम्वर एकलाई देशकै नमुना प्रदेश बनाउँदै लौजाने उनको भनाई छ ।
आर्थिक विकासका लागी सहकारी गाउँ गाउँमा आवश्यक रहेको भन्दै यसलाई स्थानीय निकायले प्रथामिकतामा राख्नु पर्ने मूख्यमन्त्री राईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जिप र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

पाँचथर / मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुआनन्द–३ तीनपांग्रेमा जिप र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

शनिबार बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जिप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप र ट्र्याक्टर एकापसमा ठोक्किएर सडकदेखि १० मिटर तल खसेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विर्तामोड नजिकै हात्तीले २ जना मार्यो

झापा, १२ फागुन/ झापामा जंगली हात्तीका आक्रमणबाट २ जनाको मृत्यु भएको छ । झापाको बिर्तामोडमा आज शनिबार घाँस दाउरा गर्न गएका बेला हात्तीले मान्छे मारेको हो । मुत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ स्थित मियावस्तीका ७० वर्षीय वृद्ध लसुने मिया र बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजारका ६५ वर्षीय च्याङ्ग्रा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
जंगली हात्तीको समूहले राजवंशीलाई छातीमा कुल्चिएको थियो भने मियालाई लछारपछार गरी खुट्टामा कुल्चिएको प्रहरीले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएकोे प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । छिमेकीका अनुसार शनिबार बिहान ४÷५ जनाको समूह बनाएर बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा टिप्न र घाँस काट्न उनीहरु गएका थिए ।
जंगल गएका उनीहरुलाई जंगली हात्तीले दिउँसो १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण परी २ जनाको मृत्यु भए पनि अन्य व्यक्तिहरु भाग्न सफल भएका थिए । सो वनमा अहिले पनि जंगली हात्ती रहेको प्रहरीले जनाएको छ । हालसम्म झापामा हात्तीको आक्रमणबाट ३५ जनाको ज्यान गइसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सर्वोदयले दशौं वार्षिक उत्सव मनाउने

स्मारिका विमोचनदेखि नाटक प्रदशनी, फूड फेस्टिवल र हस्तकला, चित्रकला र विज्ञान प्रदशनी सहित शिक्षकलाई कदर र प्रतिभा सम्मान

प्रदेश आवाज
दमक, १२ फागुन/ झापाको दमक –५ स्थित सर्बोदय अंग्रेजी माध्यमिक विद्यालयले दशौं वार्षिक उत्सवको उपलक्षमा विविध कार्यक्रम गर्ने भएको छ । यही फागुन १४ र १५ गते दुइदिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागेको हो ।
शनिवार दमकमा पत्रकार सम्मेलन गरी बार्षिक उत्सवमा हुने कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल नविन योगीले कार्यक्रमबारे जानकारी दिए ।

उनका अनुसार १४ गते विद्यार्थीले विभिन्न परिकार बनाएर सदनात्मक प्रतियोगी फुड फेस्टिबल चलाउने छन् भने सोही दिन हेल्थ चेक, दन्त शिविर सञ्चालन हुनेछ । विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत कल्चर डान्स, फेसन सो, लगायतका कार्यक्रम हुनेछन् ।
यसैगरी फागुन १५ गते प्रदेश एकका सभासद् अर्जुन राईले वार्षिक उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ भने सोहीदिन विद्यालय परिवारका सदस्यहरुको लेख रचना र ऐतिहासिक पृष्ठभूमि सहितको सय पृष्ठ भएको स्मारिका विमोचन हुनेछ । यसैगरी साहित्यकार धनकुटे कान्छा र सामाजिक ब्यात्तित्व भेषराज न्यौपाने, शिक्षिकाहरु अनुशा ढकाल र बविता लिङ्देनलाई सम्मान गरिने प्रिन्सिपल योगीले प्रदेश आवाजलाई बताए । उनले भने– ‘सोहिदिन मौसम राई र सुवास खरेलले निर्देशन गरेको नाटक प्रदर्शनी, विद्यार्थीले बनाएका सामग्रीको प्रदशनी, विज्ञान, हस्तकला, चित्रकला, लगायत प्रदर्शनी समेत गर्ने कार्यक्रम रहेको छ ।’
सर्वोदयमा प्ले ग्रुपबाट कक्षा दश सम्म अंग्रेजी माध्यमबाट शिक्षण गराइन्छ । सो विद्यालयमा ५ सय ५० विद्यार्थी अध्यायनरत छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्