सर्वोदयले दशौं वार्षिक उत्सव मनाउने

0
413

स्मारिका विमोचनदेखि नाटक प्रदशनी, फूड फेस्टिवल र हस्तकला, चित्रकला र विज्ञान प्रदशनी सहित शिक्षकलाई कदर र प्रतिभा सम्मान

प्रदेश आवाज
दमक, १२ फागुन/ झापाको दमक –५ स्थित सर्बोदय अंग्रेजी माध्यमिक विद्यालयले दशौं वार्षिक उत्सवको उपलक्षमा विविध कार्यक्रम गर्ने भएको छ । यही फागुन १४ र १५ गते दुइदिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागेको हो ।
शनिवार दमकमा पत्रकार सम्मेलन गरी बार्षिक उत्सवमा हुने कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल नविन योगीले कार्यक्रमबारे जानकारी दिए ।

उनका अनुसार १४ गते विद्यार्थीले विभिन्न परिकार बनाएर सदनात्मक प्रतियोगी फुड फेस्टिबल चलाउने छन् भने सोही दिन हेल्थ चेक, दन्त शिविर सञ्चालन हुनेछ । विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत कल्चर डान्स, फेसन सो, लगायतका कार्यक्रम हुनेछन् ।
यसैगरी फागुन १५ गते प्रदेश एकका सभासद् अर्जुन राईले वार्षिक उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ भने सोहीदिन विद्यालय परिवारका सदस्यहरुको लेख रचना र ऐतिहासिक पृष्ठभूमि सहितको सय पृष्ठ भएको स्मारिका विमोचन हुनेछ । यसैगरी साहित्यकार धनकुटे कान्छा र सामाजिक ब्यात्तित्व भेषराज न्यौपाने, शिक्षिकाहरु अनुशा ढकाल र बविता लिङ्देनलाई सम्मान गरिने प्रिन्सिपल योगीले प्रदेश आवाजलाई बताए । उनले भने– ‘सोहिदिन मौसम राई र सुवास खरेलले निर्देशन गरेको नाटक प्रदर्शनी, विद्यार्थीले बनाएका सामग्रीको प्रदशनी, विज्ञान, हस्तकला, चित्रकला, लगायत प्रदर्शनी समेत गर्ने कार्यक्रम रहेको छ ।’
सर्वोदयमा प्ले ग्रुपबाट कक्षा दश सम्म अंग्रेजी माध्यमबाट शिक्षण गराइन्छ । सो विद्यालयमा ५ सय ५० विद्यार्थी अध्यायनरत छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here