तिब्बती नाका खोल्न खोल्छौः मुख्य मन्त्री

0
565

इटहरी/ प्रदेश नम्बर एक स्थित ताप्लेजुङ जिल्लामा रहेको नेपालको तिव्वतसंगको जोड्ने नाका खुलाउँने तयारी गर्ने प्रदेश नम्बर एकको मूख्यमन्त्री शेरधनराईले बताएका छन् । ओलाङ्चुङ गोला नाका खोलेर प्रदेश एकका जनतालाई सबृद्ध बनाउने तयारी गरीरहेको उनको भनाई थियो ।
राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा इटहरीको होटल त्रियुगामा भएको स्थानीय तहको भूमिका विषयक दुई दिने कार्यक्रमको शनिवार उद्घाटन गदै राईले आर्थिक विकासको लागी ओलाङचुङ गोला नाका खोल्न आफूहरु लागी परेको बताए ।
नाका खोलेर जनतालाई आर्थिक विकासको ढोका खोल्ने उनको भनाई छ । अन्य देशहरु सँग सिधा सम्पर्क गरेर प्रदेश नम्वर एकलाई देशकै नमुना प्रदेश बनाउँदै लौजाने उनको भनाई छ ।
आर्थिक विकासका लागी सहकारी गाउँ गाउँमा आवश्यक रहेको भन्दै यसलाई स्थानीय निकायले प्रथामिकतामा राख्नु पर्ने मूख्यमन्त्री राईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here