विर्तामोड नजिकै हात्तीले २ जना मार्यो

0
266

झापा, १२ फागुन/ झापामा जंगली हात्तीका आक्रमणबाट २ जनाको मृत्यु भएको छ । झापाको बिर्तामोडमा आज शनिबार घाँस दाउरा गर्न गएका बेला हात्तीले मान्छे मारेको हो । मुत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ स्थित मियावस्तीका ७० वर्षीय वृद्ध लसुने मिया र बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजारका ६५ वर्षीय च्याङ्ग्रा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
जंगली हात्तीको समूहले राजवंशीलाई छातीमा कुल्चिएको थियो भने मियालाई लछारपछार गरी खुट्टामा कुल्चिएको प्रहरीले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएकोे प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । छिमेकीका अनुसार शनिबार बिहान ४÷५ जनाको समूह बनाएर बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा टिप्न र घाँस काट्न उनीहरु गएका थिए ।
जंगल गएका उनीहरुलाई जंगली हात्तीले दिउँसो १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण परी २ जनाको मृत्यु भए पनि अन्य व्यक्तिहरु भाग्न सफल भएका थिए । सो वनमा अहिले पनि जंगली हात्ती रहेको प्रहरीले जनाएको छ । हालसम्म झापामा हात्तीको आक्रमणबाट ३५ जनाको ज्यान गइसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here