Monday, November 25, 2024
Home Blog Page 316

दुर्घटनामा पाँच घाइते

बिर्तामोड/ झापाको बिर्तामोड ६ काली मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले टक्कर दिँदा तीनजना घाइते भएका छन् ।
मे. ६ प ८५३८ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको मे. ३ प ४७०६ नम्बरको अर्काे मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा मे. ३ प ४७०६ का चालक बिर्तामोड ३ बस्ने वर्ष ४३ का सरेश गुरुङ, मे. ६ प ८५३८ का चालक बिर्तामोड ६ बस्ने वर्ष ४८ को धनपती सत्याल र पछाडि सवार भारत आसाम घर भई सत्यालको घरमा पाहुना आएका वर्ष ३९ का सञ्जीव घिमिरे घाइते भएका हुन् ।
त्यस्तै, अर्जुनधारा १० देउनिया खोलास्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. १ च ३३४१ नम्बरको छोटाहात्ती गाडीले बाटो काट्दै गरेको पैदलयात्री ताप्लेजुङ दोखु ३ बस्ने वर्ष ६४ को डम्बरबहादुर लिम्बुलाई ठक्कर दिएर घाइते बनाएको छ ।

छोटाहात्ती गाडी चालक झापा मेचीनगर ७ बस्ने वर्ष २७ को सुशील धिताल र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै, शिवसतासी ११ दुधेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को. १३ प ७९२५ नम्बरको पलसर मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा वर्ष ६५ का पूर्ण गुरुङ घाइते भएका छन् ।

मोटरसाइकल चालक कमल ६ बस्ने वर्ष ३० को कृष्ण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते सबैको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पाथीभराका चेलीबेटीको दमकमा रक्तदान

दमक/ झापाको दमकमा सोमबार आयोजना गरिएको रक्तदानमा ३० पिन्ट रगत संकलन भएको छ । दमक १ स्थित पाथीभरा चेलीबेटी समूहले गरेको खुल्ला रक्तदानमा ११ महिलासहित ३० जनाले रगत संकलन भएको समूहकी अध्यक्ष कल्पना सत्यालले बताईन् ।

उनका अनुसार रक्तदान जीवनदान भन्ने नाराका साथ स्थानीय कुमाल चौकमा रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदानमा समूहकी अध्यक्ष सत्याल,उपाध्यक्ष सविता भट्टराई,सदस्यहरु सुनिता कडुवाल,निर्मला बराललगायतले रगत दिएका थिइन् ।

रक्तदान नेपाल रेडक्रस सोसाइटी रत्तलसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । समूहले महिला भेला ,ऋण ,बचत संगै गतवर्षदेखि बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान गरिआएको अध्यक्ष सत्यालले बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

ट्र्याक्टरले किचेर चालकको मृत्यु

उर्लाबारी, मोरङ, चैत ५ गते/ मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

धनेश्वर महादेव शिव पाञ्चायन मन्दिरमा सातौ पटक महापुराण लाग्ने

दमक/ दमक ५ स्थित शिव श्री धनेश्वर महादेव शिव पाञ्चायन मन्दिरमा सातौ पटक महापुराण लाग्ने भएको छ ।
धनेश्वर धामको विकास र निर्माणकार्यको अधुरो सामुदायिक भवन पूरा गर्ने लक्ष राखेर आगामी चैत्र ११ गतेदेखि महापुराणको आयोजना गरिएको मन्दिर संरक्षण समिति खर्खरेले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

महापुराण सम्पन्न गर्न ४ सय ५१ सदस्य मुल आयोजक समिति निर्माण गरिएको र विभिन्न उपसमिति समत निर्माण गरि कामको बाडफाँड गरिएको समितिका अध्यक्ष रुद्रबहादुर कार्कीले बताए । उनका अनुसार निरन्तर १८ वर्ष सम्म वर्षेनी पुराण लगाउने संकलप गरिएकोले हरेक वर्ष पुराण आयोजना गरिएको हो ।
महापुराणको कथा बाचन पं. उदयनाथ दाहाल र उपबाचन पं. श्री जीवन अधिकारी र गणेश कृष्णप्रसाद काप्mले रहने समितिका सचिव एकराज लुईटेलले जानकारी दिए ।
केहि अभिभावकहरुले यो समय विद्यार्थीहरुको परिक्षाको समय परेकाले परिक्षार्थीलाई असर पर्नेगरि पुराण लगाइनु गलत भएकोले समय सार्न माग गरेपनि प्रतेकवर्ष लाग्दै आएको पुराणलाई निरन्तरता दिन यही समितिको कार्यकाल अवधिमा लगाइनुपर्ने भएको र बैशाखदेखि नयाँ सम्वत शुरुहुने भएकाले यही समय पुराण आयोजना गर्न उपयुक्त भएको कोषाध्यक्ष रीता बस्नेत श्रेष्ठले बताइन् । माइकको हो हल्ला र ठूलो आवाजले पढ्ने विद्यार्थीलाई असर पर्ने गरेको गुनासो अभिभावकले गर्दै आएका थिए ।
६ कट्ठा ५ धुर क्षेत्रफलमा फैलिएको यो मन्दिरमा नागपोखरी सहित सभाहल लगायतका भौतिक संरचना निर्माणधिन अवस्थामा छन् । मन्दिर परिषरमा भवन, पोखरी र लाखबात्ती बाल्ने स्थानमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यस क्षेत्रमा १९९० भन्दा अघिपनि नयाँ बाली लगाउदा र न्वागी खाँदा (उधौली÷उभौली) आदिमा पूजा पाठ गर्द यो स्थानमा चढाएर मात्र खाने गरिएको हुनाले यो देवस्थल पुरातन दृष्टीले पनि मन्दिर बनाउन र पूजा गर्न योग्य स्थान भएको किम्बदन्ती रहेको संस्थाका सल्लाहकार सरस्वती प्रसाद गौतमले बताए ।
मन्दिरका गुरु कृष्ण काप्mलेका अनुसार आदिवासी र धिमाल समुदायले ‘जगरे बाबा’को नाममा केहि दशक अघिसम्म यही स्थानमा पूजा गर्ने गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

इलाममा निशुल्क स्वास्थ्य सेवा

इलाम/ इलाममा अब बिरामीले २५ गतेदेखि निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् । इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा ज्येष्ठ, गरिब, असहायलगायतका बिरामीले २५ गतेदेखि अस्पतालबाट दिइने स्वास्थ्य सेवाहरु निःशुल्क पाउने भएका हुन् ।
इलाम अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी चैत २५ गतेबाट सेवा सुरु गर्ने सामाजिक सेवा इकाई व्यवस्थापन समितिका प्रमुख बाचस्पति भट्टराईले बताउनुभयो । उहाँका अनुसार, आधारभुत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन यस्तो इकाई स्थापना गरिएको हो ।
इकाईबाट गरिब, असहाय, अपाङ्गता, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीबाट ल्याईएका थुनुवा, दुर्घटनामा परेका अभिभावक बिहीनलगायतका बिरामीले सेवामा छुट पाउने प्रमुख भट्टराईले जानकारी दिए ।
जिल्लाका १० स्थानीय तहकै नागरिकले सेवा प्राप्त गर्नेछन् । अत्यन्तै गरिब असहायलाई जिल्ला अस्पतालमा खान बस्न र जिल्ला बाहिरका अस्पतालमा रिफर गर्नुपरेमा अस्पतालसम्मका लागि एम्बुलेन्सको सेवासमेत निःशुल्क दिइने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पत्रकार मायालाई जेठाजुले दिए मिर्गाैला दान

झापा/ झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडांैँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गाैला दान गरेको परिवारले जनाएको छ ।

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जाँच गरँएकी थिइन् । उपचारका क्रममा चिकित्सकले उनका दुवै मिर्गाैला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गाैला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो ।
सौरभले आफ्नो मिर्गाैला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएपति परिवार खुशी भएको हो । मिर्गाैलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताइन् ।

हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गाैला दान दिएकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मधेश मोहमा पहाडका बस्ती उठे, मुख्य कारण रोजगारी, सुविधा र अवसर

चन्द्र कार्की
तेह्रथुम / जिल्लाको जनसंख्या निरन्तर घटिरहेको छ । पहाडबाट तराईतिर बसाइँसराइ दर नरोकिएकाले जनसंख्या घटेको हो । २०१८ मा ४ लाख २२ हजार ९ सय ५२ रहेको यहाँको जनसंख्या ०६८ सालमा आइपुग्दा घटेर १ लाख १ हजार ५ सय ७७ मा पुगेको छ ।

पछिल्ला वर्षहरूमा जिल्लामा विकासले गति लिएको छ । आम्दानीका स्रोतहरू पनि थपिएका छन् । साक्षरता दर बढेको छ । भौतिक सुविधा पनि थपिएका छन् । सुविधा र अवसरको खोजीमा पूर्वी तराईका जिल्ला सर्ने क्रम बढेको छ ।

यसको असर समग्र जिल्लाको विकास निर्माणमा परेको छ र गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए । ७ वर्षको अवधिमा जिल्लाको फेदाप गाउँपालिका सम्दुबाट ५४ परिवारका २ सय ४८ जना बसाइँ सरेर पूर्वी तराई र काठमाडौंंतर्फ गएका छन् । त्यस्तै छथर गाउँपालिकाको ओख्रेबाट पनि ६८ परिवार गाउँ छोडेर पूर्वी तराई बसाइँ गएका छन् ।

बसाइँ जानेहरू सुविधा र अवसर खोजी गर्र्दै गएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । आफ्नो गाउँपालिकामा बसाइँसराइको दर उच्च रहेको उनले दुखेसो पोखे । सुविधा खोज्दै अन्यत्र जाने बढेको ओख्रेस्थित रत्नदेवी आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार बस्नेतले बताए ।

फेदाप गाउँपालिकाको इसिवुमा पनि बसाइँ जानेको लहर नै चलेको वडा सचिव दुर्गाबहादुर भण्डारीको भनाइ छ । इसिवुबाट ०६४ देखि ०७२ को अन्त्यसम्ममा १ सय ५५ परिवारले गाउँ छाडेको वडा कार्यालयमा रेकर्ड छ । प्रतिपरिवार ५ जनाका दरले गणना गर्दा पनि यो गाउँबाट ९ वर्षको अवधिमा ७ सय ७५ जना बसाइँ गएको सचिव भण्डारीको भनाइ छ । ०७२ यता पनि बसाइँ जानेको संख्या अत्यधिक रहेको उनले बताए ।

छथर गाउँपालिकाको पञ्चकन्या, ओख्रे, फाक्चामारालगायत गाउँबाट पनि प्रत्येक वर्ष गाउँ छोडेर बसाइँ हिँड्ने बढेका छन् । यी गाउँमा पिउने पानीको अभाव, वन्यजन्तुले दिने दुःख, यातायात तथा खाद्यान्न अभाव, स्वास्थ्य तथा उच्चशिक्षाको असुविधाजस्ता कारणले धेरै गाउँले अन्यत्र गएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।

यी क्षेत्रमा भइरहेको बसाइँसराइ रोक्न यसअघि सरकारी तवरबाट भएका प्रयास पर्याप्त नभएको उनको भनाइ छ । दशक अवधिमा धेरै गाउँले बसाइँ गएकाले गाउँ नै खाली हँुदै गएको उनको भनाइ छ । वितेका १० वर्षलाई मात्र आधार मान्दा पनि जिल्लाको जनसंख्या १ लाख १३ हजार १ सय ११ बाट घटेर १ लाख १ हजार ५ सय ७७ मा पुगेको छ ।

०५८ मा शून्य दशमलव ९५ प्रतिशत रहेको यहाँको जनसंख्या वृद्धिदर हाल आएर १ दशमलव शून्य सात प्रतिशत पुगेको छ । समग्र नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत छ । राष्ट्रिय जनगणना ०६८ का अनुसार १० वर्षको अवधिमा यहाँको जनसंख्या १० दशमलव २० प्रतिशलले घटिरहेको देखाएको छ भने परिवार संख्या ६ दशमलव ८२ प्रतिशतले बढिरहेको देखाएको छ । जिल्लामा रहेका २२ हजार ८४ परिवारमध्ये ७ हजार ८ सय ३२ परिवारका कम्तीमा एक जना परीवार विदेशमा रहेको राष्ट्रिय जनगणना ०६८ ले औंल्याएको छ ।

बसाइँसराइले गाउँका विद्यालयमा विद्यार्थी नभएपछि शिक्षा कार्यालयले दर्जनभन्दा बढी विद्यालय बन्द गराएको छ । त्यतिकै परिमाणका विद्यालयको तह घटाएको जिल्ला शिक्षा अधिकारी कृष्ण पोखरेलले बताए ।

जनसंख्या घटदै जाँदा जिल्लाको सडक निर्माण, कृषि क्षेत्र, भौतिक पूर्वाधार निर्माणलगायत विकासका गतिविधिमा प्रत्यक्ष प्रभाव देखिएको छ । अन्न फल्ने खेतबारी मासेर किसानले थोरै जनशक्तिबाट काम गर्न सकिने अन्य खेती लगाउन थालेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापामा सौर्यउर्जा सिँचाइ प्रभावकारी बन्दै

झापा / जिल्लामा सौर्य ऊर्जा प्रविधिबाट गर्न थालिएको सिँचाइ प्रभावकारी बनेको छ । सिँचाइ अभावमा खेती गर्न नपाएका किसान उत्साही बनेका छन् ।
सौर्य ऊर्जाबाट चल्ने बोरिङ शतप्रतिशत अनुदानमा प्राप्त भएपछि किसान थप हौसिएका छन् । वर्षाैंदेखि बाँझो रहने खेत यतिबेला जलमग्न र हरियाली देखिन थालेको छ । आकाशे पानीका भरमा एक बाली मात्रै गर्दै आएका किसान यो वर्षदेखि कम्तीमा दुई बाली लगाउन थालेका छन् ।
सौर्य ऊर्जा प्रविधिबाट भूमिगत पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको हो । यो सिँचाइ प्रणालीबाट जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धान सुपर जोनका किसान लाभान्वित भएका छन् ।

धान सुपर जोन सञ्चालनमा रहेको कचनकवल गाउँपालिकाको १० स्थानमा सौर्य बोरिङ राखिएको छ । सुपर जोन सञ्चालक समिति र जिल्ला सिँचाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा ती बोरिङ गाडिएका हुन् । सुपर जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार एउटा सौर्य बोरिङ जडान गर्न पाँच लाख रुपैयाँ खर्च भएको छ । उक्त क्षेत्रमा सुपर जोन सञ्चालक समिति र सिँचाइ डिभिजन कार्यालयले ५र५ वटा सौर्य बोरिङ सतप्रतिशत अनुदानमा जडान गरिदिएको अधिकृत तिमल्सिनाले जानकारी दिए ।

‘सौर्य बोरिङ जडान गरेपछि अहिले हाम्रो समूहका सबैको खेतमा पानी पुगेको छ । पानी पुग्ने भएपछि मेरो तीन बिघा खेत सबैमा चैते धान रोप्ने तयारी गरेको छु,’ कचनकवल ३ का किसान दिनचन्द्र राजवंशीले भने । उनी स्थानीय सिर्जनशील कृषक समूहका अध्यक्ष समेत हुन् । उनको खेतमा सौर्य बोरिङ गाडेपछि उनीसँग सीमा जोडिए फाक्ताल राजवंशी, कान्द्रु राजवंशी, फूलसिंह राजवंशी, चाम्फा राजवंशी र ईश्वरसिंह राजवंशीले पनि खेतमा चैते धान, मकै र गहुँ लगाएका छन् ।
एउटा सौर्य बोरिङले उनीहरू सबैको करिब १५ बिघा खेतमा सिँचाइको सुविधा पुगेको छ । ‘यसपालि हामीलाई खेती गर्न खुब हौसला मिलेको छ,’ दिनचन्द्रले भने, ‘पहिला पहिला खेतीको आम्दानीभन्दा बढी खर्च हुन्थ्यो । सिँचाइ थिएन । डिजेल हालेर बोरिङ चलाउदा, आम्दानीभन्दा बढी खर्च हुन्थ्यो ।’ वडा नं. ४ का सजाद आलमले धेरै वर्षदेखि बाली लगाउन छोडेको खेतमा यसपाली तीनरचार किसिमको बाली लगाएको बताए । ‘पानी नभएपछि बाली हुँदैन ।
लाइनको भर हुँदैन । तेल किनेर बोरिङ चलाएर बाली लगाउनुरनलगाउनु उस्तै हुन्छ,’ आलमले भने, ‘तर यसपालि सौर्य बोरिङ गाडेपछि पानीको कुनै समस्या छैन ।

मंसिरको धान काटे लगत्तैदेखि विभिन्न बाली लगाउन व्यस्त छौं ।’ उनी आबद्ध रहेको चम्राखारी कृषक समूहमा २१ जना कृषक सदस्य छन् । यसपाली उनीहरू सबैले सौर्य बोरिङबाट सिँचाइ गरिरहेका छन् । सिँचाइको व्यवस्था भएपछि उनीहरूले चैते धानसँगै गहुँ र मकै बाली पनि लगाएका छन् । एउटा सौर्य बोरिङबाट १५ हेक्टर जमिनमा सिँचाइ सुविधा र्पुयाउन सकिन्छ । सिँचाइ अभावमा उक्त क्षेत्रका किसान बर्खाको बेलामात्रै धान रोपाइँ गर्दै आएका थिए ।

धान उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले गत वर्षदेखि जिल्लाको दक्षिण–पूर्वका साविकका ६ गाविसहरू बनियानी, केचना, बालुबाडी, पथरिया, पृथ्वीनगर र पाठामारीमा धान सुपर जोन कार्यक्रम सञ्चालन गरेको छ ।

सिँचाइको व्यवस्था भएपछि सुपर जोन क्षेत्रमा यो वर्ष ५ सय बिघा क्षेत्रफलमा चैते धान रोप्ने कार्य चलिरहेको छ । सिँचाइ नहुँदा गत वर्ष एक सय हेक्टर जमिनमा मात्रै चैते धान रोपिएको थियो । सौर्य बोरिङलाई सहयोग पुग्ने गरी सुपर जोन कार्यालयले किसानलाई एक सय ४० स्थानमा मोटर बोरिङ पनि उपलब्ध गराएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

तिव्र वन फडानी रोक्न प्रदेश सरकारको निर्देशन

मोरङ/ वैज्ञानिक वन व्यवस्थापन भन्दै अनियमित तवरले रूख कटान भएको उजुरी परेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी तिब्र वन फडानी रोक्न निर्देशन गरेको छ ।
छलफल पछ जिल्ला वन कार्यालयले सामुदायिक वनहरूलाई तत्काल रूख काट्ने काम बन्द गर्न निर्देशन दिएको हो
यति बेला मोरङको उत्तरी क्षेत्रमा रहेका २१ वटा सामुदायिक वनहरूमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत ८० वर्ष पुराना रूख काट्ने काम भइरहेको थियो । एउटा वनले १ देखि डेढ हेक्टर क्षेत्रसम्मका पुराना रूख काटेर नयाँ लगाउने अनुमति पाएका थिए ।
‘जनताबाट धेरै गुनासो आयो,’ प्रदेश १ का प्रमुख सचिव यादवराज कोइरालाले भने, ‘त्यसैले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार जिल्ला वन, इलाका वन, उपभोक्ता समितिका पदाधिकारी, सुरक्षा निकाय लगायतलाई छलफलका लागि बोलाइएको हो ।’
वैज्ञानिक वन व्यवस्थापनाका नाममा लहलहाउदा रूख काट्ने काम रोक्नुपर्ने कोइरालाले वताए । ‘कस्तो वैज्ञानिक हो पहिला सोतर पारेर काट्ने अनि बीउ रोप्ने,’ उनले भने, ‘पहिला बिरुवा हुर्काउनुर्पयो अनि पुराना काट्ने काम ठीक हुन्छ ।’ वनकै कर्मचारीसँगको मिलेमत्तोमा रूख कटान भइरहेको उजुरी परेको छ ।
नियमित कार्यक्रमअन्तर्गत नै रूख काट्ने काम भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख विनोदप्रसाद देवकोटा बताउँछन् । ‘यो कुनै अवैध कटानी हैन,’ प्रमुख देवकोटाले भने, ‘हाम्रो रेड बुकमा परेकै कार्यक्रम हो ।

यसमा केही बुझाइ गलत भएजस्तो छ, आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर प्रस्ट पार्छाैं ।’ उनले शुक्रबारबाटै वैज्ञानिक वन व्यवस्थापनका लागि रूख कटान गरिरहेका वनहरूलाई रोक्न निर्देशन दिइसकेको बताए । पूर्वी तराईको चारकोशे क्षेत्र लगायतमा सालका काठहरू काट्न भएको भन्दै मुख्यमन्त्री शेरधन राईले समेत चासो लिएका थिए । मुख्यमन्त्रीले सम्बन्धित निकायलाई तत्ताल रूख काट्ने काम रोक्न निर्देशनसमेत दिएका छन् ।

नयाँ संविधानअनुसार स्थानीय सरकार र प्रदेश सरकार समेतको साझा सूचीमा रहेको वनजंगल पुरानै संविधानअनुसारको संरचना अन्तर्गत जिल्ला वन कार्यालयले फँडानी गरिरहेको आरोप छ । यी सबै काममा स्थानीय तहका जनप्रतिनिधि बेखवर छन् ।
मोरङमा चार वर्षअघिवाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सुरु भएको हो । यो कार्यक्रमअन्तर्गत समुदायिक वनहरूले हरेक वर्ष बढी डेढ हेक्टर क्षेत्रफलभित्र ८० वर्षभन्दा पुराना सालका रूख कटान गरी बिक्री गर्छन् भने त्यसपछि त्यहाँ तारबार गरेर नयाँ बिरुवा लगाउँछन् ।
जिल्ला वन कार्यालय मोरङ दस वर्षसम्मका लागि क्यालेन्डर नै बनाइसकेको छ ।

यो कार्यक्रम ८० वर्षसम्म चल्ने गरी अघि बढिएको जिल्ला वन प्रमुख देवकोटा बताउँछन् । मोरङका १३० वटा सामुदायिक वनमध्ये २४ वटाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा लागि स्वीकृति पाइसकेका छन् ।
मोरङमा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र छ । मोरङमा १३० वटा सामुदायिक वन हस्तारण भइरहेका छन् । यो जिल्लामा ४२ हजार १ सय ८९ घरधुरी उपभोक्ता रहेका छन् । मोरङक हरेक वर्ष यहाँका सवै सामुदायिक वनले गरी करिब १५ करोड रुपैयाँको काठ दाउरा बिक्री गर्ने गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सुनसरीमा आगलागी हुदाँ ८५ घर जले

सुनसरी/ सुनसरीको वराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित वातर बस्तीमा आगलागी हुदाँ ६२ परिवारका ८५ वटा घर जलेका छन् ।

शनिबार राति आठ बजेदेखि लागेको आगो निभाउन मोरङको एक र सुनसरीका पाँंच दमककलले राति १२ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद चिमोरियाले बताए । आगलागी कसरी भयो भन्ने बारे अझै जानकारी नआएको उनले बताए ।

स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र सेना समेत आगो निभाउन खटिएका थिए । स्थानीयले मानवीय क्षति नभएपनि लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको बताएका छन् । अधिकांश घर छाप्रा जलेपनि धनमालको क्षति विवरण संकलन भईरहेको डीएसपी चिमोरियाले बताए ।

यसैबीच वराहक्षेत्र नरपालिकाका प्रमुख निलम खनालले ८५ घरका करिब २ सय ५० जना घरबारवीहिन भएकाले तत्कालका लागि त्रिपाल, खाद्यान्न, औषधि उपचार, भाँडाकुँडा आवश्यक पर्ने भएकाले नेपाल रेडक्रस र अन्य दाताहरुलाई सहयोग गर्न आव्हान गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्