Thursday, November 28, 2024
Home Blog Page 12

दमक सौर्य अस्पताल र होम्ताङ आयुर्वेद अवैध रुपमा सञ्चालनमा

दमक । झापाको दमकमा दुई अस्पताल सम्बन्धित निकायको अनुमति बिनै सञ्चालनमा रहेको पाइएको छ ।

तोकिएका न्यूनतम मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ति अस्पतालहरुमा आज दमक नगरपालिकाकी अनुगनम समिति संयोजक समेत रहेकी उपप्रमुख रेगिना भट्टराईको नेतृत्वमा स्वास्थ्य अधिकारीहरुले अनुगमन गरेका छन् । अनुगमनका क्रममा दमक ६ जेसीज चोक नजिकै रहेको दमक सौर्य अस्पताल र थाना रोडस्थित होम्ताङ आयुर्वेद अस्पताल सम्बन्धित निकायबाट अनुमति नलिइ सञ्चालनमा रहेको पाइएको हो ।

सौर्यले अस्पतालमा आवश्यक पूर्वाधार तथा भौतिक संरचना समेत निर्माण नगरेको पाइएको छ । अस्पतालले एउटा साँघुरो कोठामा ६ बेड सञ्चालन गरेर बिरामी भर्ना लिइरहेको छ ।
अस्पतालको ल्याव तथा पार्किङ समेत सुविधायुक्त छैन् । अस्पतालका प्रमुख डा. सञ्जय साहले अस्पताल सञ्चालनको अनुमतिको प्रकृया चालू रहेको बताएपनि अस्पताल सञ्चालनको स्विकृति दिन योग्य संरचना नभएको र न्यूनतम मापदण्ड उल्लंघन गरेर सञ्चालन भइरहेको देखिन्छ ।

कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन अन्तर्गत दर्ता रहेको सो अस्पतालले व्यवसाय दर्ता ६ नम्बर वडा कार्यालयमा गरेको छ । स्वास्थ्य संस्थाका रुपमा सञ्चालनको अनुमति नपाएको सो अस्पताललाई वडाले व्यवसायिक दर्ता प्रमाण पत्र जारी गरेको भएपनि अस्पतालका रुपमा कहिं कतै दर्ता भएको प्रमाणपत्र छैन् । त्यसैगरी होम्ताङ आयुर्वेद अस्पताल एक बर्षअघि देखि सञ्चालनमा रहेको भएपनि अझै अस्पतालका रुपमा कहिं कतै दर्ता छैन् । कम्पनी दर्ता गरेर अस्पताल सञ्चालन गरेको देखिन्छ, अनुगमन संयोजक तथा नगर उपप्रमुख भट्टराईले भनिन् । २५ बेडको भनिएको सो अस्पतालमा अनुगमन टोली पुग्दा कोही पनि डाक्टर भेटिएनन् । अस्पतालका ओपिडी तथा भिडियो एक्सरे कक्ष समेत बन्द अवस्थामा भेटिए ।

अस्पताल सञ्चालनको अनुमति नलिएको सो अस्पतालको एक बर्षअघिनै प्रदेश सरकारका तत्कालिन सामाजिक बिकास मन्त्री जयराम यादवले उदघाटन गरेका थिए । मन्त्रीले उदघाटन गरेको अस्पतालनै स्विकृति बिना सञ्चालनमा रहेको पाइनुले सरकारी निकायनै सर्वसाधारणको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा गम्भिर नभएको महसुस हुन्छ । नगर उपप्रमुख भट्टराईले स्वास्थ्य प्राविधिकहरुको टोलीसहित आजै दमकमा सञ्चालित निर्णायक रेफरेन्स ल्याबको समेत अनुगमन गरेकी छिन् ।

अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दैै उपप्रमुख भट्टराईले स्वास्थ्य संस्था मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील क्षेत्रमा लापरवाही गर्ने छुट कसैलाई नभएको बताउँदै तत्काल स्थानीय सरकारले एक्सन लिने बताइन् ।
अनुगमन टोलीमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई, स्वास्थ्य निरीक्षक बद्री बराल, ल्याब टेक्नीसियन लोकनाथ पौडेल समेत सहभागि थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कृत्रिम हातखुट्टा आवश्यक भएका अपाङ्गता भएका व्यक्तिहरूले निवेदन पेश गर्ने बारे दमक नगरपालिकाकाे सूचना

0

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

व्यवसायी खनालमाथि प्रहरीद्धारा कुटपिटको चौतर्फी आलोचना, प्रहरीले माग्यो माफी

दमक / दमकका मोवाइल व्यवसायी कृष्ण खनालमाथि प्रहरीद्धारा शनिबार बिहान इलाका प्रहरी कार्यालय दमकमा प्रहरीद्धारा भएको कुटपिटको चौतर्फी आलोचना भएको छ ।

दमक ६ स्थित शिवशक्ति मोवाइल मर्मत तथा तालिम केन्द्रका सञ्चालक खनालमाथि शनिबार भएको कुटपिटको घटनाबारे समाचार सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना गर्दै दोषी प्रहरी अधिकारीमाथि कारवाहीको माग उठेपछि कुटपिट गर्ने प्रहरी इन्स्पेक्टर देवानन्द मिश्रले माफी समेत मागेका छन ।

इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डिएसपी मनोजकुमार लामा र दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको उपस्थितीमा दमक उद्योग वाणिज्य संघका नेतृत्वपक्तीं र मोवाइल ब्यवसायीका प्रमुख तथा प्रतिनिधिहरुबीच आइतबार भएको छलफलमा इन्स्पेक्टर मिश्रले माफी मागेका मोवाइल व्यवसायी संघ दमकका अध्यक्ष भेनस श्रेष्ठले जानकारी दिए ।

घटना सार्वजनिक भएपछि दमक उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय दमकमा ज्ञापन पत्र बुझाउँदै घटनाको निन्दासहित आइन्दा व्यवसायीहरुमाथि यस किसिमका घटना नगराउन र कुनै पनि बिषयमा अनुसन्धान गर्नुपर्ने भए संघको रोहबरमा मात्रै आवश्यक प्रकृया अघि बढाउन माग गरेको छ ।

संघका अध्यक्ष गोपाल गुरागाइँद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा त्यस्तो माग गरिएको हो । त्यसअघि नेपाल उद्योग तथा व्यवसायी महासंघले विज्ञप्ती निकालेर व्यवसायीमाथि प्रहरीबाट भएको यस किसिमको घटना निन्दनीय भएको जनाएको छ । अध्यक्ष रमेश लुइँटेल र सचिव निरोज आचार्यले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा त्यस किसिमको घटनामा संलग्न प्रहरीमाथि कारवाही गर्न माग गरिएको छ ।

यसैबीच खनालले आफूमाथि अन्याय गर्ने प्रहरी अधिकारीले सार्वजनिक रुपमानै माफी मागेकाले क्षमा दिएको प्रतिक्रिया दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि धारा काटियो

झापा / तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ ।

धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताउनुभयो । उहाँले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गर्नुभयो । “एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिँदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौँ, एक शब्द सोधिएन”, उहाँले भन्नुभयो ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको बक्यौता रू छ लाखभन्दा बढी भइसकेको र यसबीचमा पटकपटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो ।

“उपभोक्तालाई लाग्ने कानुन र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल ग¥र्यौं, तर नगर प्रशासनले बेवास्ता गरेपछि धारा काटेका हौँ”, समितिका अध्यक्ष पराजुलीले भन्नुभयो । मेचीनगर नगरपालिकाले खानेपानीको १४ धारा प्रयोग गरिरहेको संस्थाले जनाएको छ । अध्यक्ष पराजुलीले शुक्रबार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको जानकारी दिनुभयो । नगरपालिकाले भने खानेपानीको बक्यौता छिट्टै भुक्तानी गरिने जनाएको छ ।

संस्थाले नगरपालिकाको वडा नं ६ लाई सरसफाइका लागि भाडामा दिइएको ट्र्याक्टरको छ महिनादेखिको भाडासमेत भुक्तानी नपाएको जनाएको छ । हरेक ट्रिपको रू एक हजार आठ सय भाडा तिर्ने वडासँग सम्झौता भएकामा वडा कार्यालयको भुक्तानीसमेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताउनुभयो । उहाँले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताउनुभयो । “लामो अवधिदेखि महसुल नबुझाएका तीन दर्जन सङ्घसंस्थाको यसै साता धारा काटिदिएको छ”, अध्यक्ष पराजुलीले भन्नुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मोबाइल ब्यवसायी खनालमाथी इन्स्पेक्टरद्वारा कुटपिट

दमकका मोबाइल ब्यवसायी खनालमाथी दुई जना इन्स्पेक्टरद्वारा कुटपिट दमकका पुराना स्थापित मोबाइल ब्यवसायी कृष्ण खनालमाथी प्रहरीका दुई जना इन्स्पेक्टरले बिना कारण कुटपिट गरेका छ्न ।

आज बिहान करिब ९ बजे इलाका प्रहरी कार्यलय दमकका ४/५ जना प्रहरी आएर खनाललाई प्रहरी कार्यलयमा इन्स्पेक्टर साबले बोलाउनु भएको छ तुरुन्तै जानुपर्यो भनी लगेका थिए । किन ? के का लागि मलाई केही थाहा भएन इन्स्पेक्टरहरु भएको ठाउँमा म गए एक जना गौतम सर मैले पहिलादेखिनै चिनेको थिए ।

अर्कासग मेरो चिनजान थिएन । त्यहाँ मलाई शिव खनाल नामको अर्का मान्छे ठानेका होलान भनेर म शिव खनाल नभएर कृष्ण खनाल हु भन्ने प्रमाण दिन म नागरिकता लिएर गए र हेर्नुस मेरो नागरिकता भनेर देखाउदा मेरो नागरिकता पनि नहेरी एक्कासी मलाई झापड र लात्तीले हिर्काए , खनालले भने ।

मेरो टाउको नै अररिरहेको छ , रिंगटा पनि चलिरहेको छ , मेरो पसलमा पनि कोही नभएको बेला सामान उठाएर पनि लगेका छ्न । उनलाई त्यसरी कुटपिट गर्ने प्रहरी इन्स्पेक्टर हुन देवानन्द मिश्र । मिश्र र गौतमले खनालको पसलबाट सबै सामान उठाएर ल्याउन आदेश समेत दिए । खनालको पसल प्रहरीलाई कार्यलय सगै जोडिएको जोडिएको घरको सटरमा रहेको छ । खनालले घटनापछि आफुमाथि कुटपिट र मानहानी समेत भएको भन्दै न्यायका लागि सार्वजनिक अपिल गरेका छ्न । पत्रकारहरु सग पीडित खनालले भने म माथी ठूलो अन्याय भएको छ ।

उनले मोबाइल ब्यवसायी संघ , बाणिज्य सग लगायत अधिकारबादी संघ सस्था र संचारकर्मीहरुसग न्यायका लागि पहल गरिदिन पनि माग गरेका छ्न । उनले भोलि कार्यलय खुलेपछि जिल्ला प्रशासन लगायत प्रहरीका उच्च तहमा समेत निवेदन दिएर कार्वाहीका लागि अघि बढ्ने बताएका छ्न । दमकमा प्रहरीको कार्यशैली र गतिविधि केही समय यता आलोच्य बन्दै गएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नेपाल सुन चाँदी व्यवसायी संघ शिवसताक्षीको अध्यक्षमा पुनः टेकबहादुर सुन्चेउरी

शिवसताक्षी । नेपाल सुन चाँदी व्यवसायी संघ शाखा शिवसताक्षीको अध्यक्षमा पुनः टेकबहादुर सुन्चेउरी चयन भएका छन् ।
शनिबार शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्गडम पार्कको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट सिन्चेउरीलाई सर्वसम्मत चयन गरेको हो । लामो समय देखि सुनचाँदी ब्यबसय गर्दै आएका सिन्चेउरी पछिल्लो समय विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहेका छन ।

उक्त नबगठित समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण खरेल, उपाध्यक्षमा रोमन लाम्गादे,सचिवमा हरिशंकर शिलवाल, सह सचिवमा विरेन लकान्द्री, कोषध्यक्षमा कमला बाराकोटी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा मानेन्द्र थेवे, राज कार्की, शम्भु कालिककोटे, रन बहादुर वि.क. र ग्रहण पौदार चयन भएको नेपाल सुन चाँदी व्यवसायी संघका नबगठित उपाध्यक्ष रोमन लाम्गादेले जानकारी दिए । कार्यक्रममा अध्यक्षको बार्षिक प्रतिबेदन अध्यक्ष टेकबहादुर सुन्चेउरी र कोषाध्यक्ष रोमन लाम्गादेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

कोरोना कहरको समयमा कालीगढ्हरुलाइ खध्यन्न बितरण, इलका प्रहरी कार्यलय झिलझिलेलाई कोरोनाबाट बच्नको लागि माक्स ,सेनिटाइजर, फेसमक्स लगयत प्रहरी जवन सुत्ने कोठामा सिलिङ्ग लगाएको बतैएको छ। सुन्चेउरीको कार्यकालमा ब्यबसायीहरुबाट लिइने मासिक लेबि ५सय रुपैयाँ बाट घटाएर ३सय मात्र लिने गरेको सस्थको कोठाभाडा छुट गरएको समेत अध्यक्षको प्रतिबेदनमा उल्लेख छ।

त्यस्तै सस्थाले ३लाख भन्दा बडि बचत गर्न सफल भएको छ ।

कार्यक्रमको उद्द्घाटन प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी संघका जिल्ला अध्यक्ष रमेश बराइली र बिशिस्ट अतिथि शिवसताक्षी नगरपालीको प्रमुख मेघाहाङ थोप्राले सङयुक्तरुपमा गरेका थिए। सो अवसरमा प्रमुखअतिथी बराइलीले यश ब्यबसय पछिल्लो समय धारासयी बन्दै गएको अवसथाले ब्यपारीहरु पलायन हुने गरेको बताए ।अन्य ब्यबसाय भन्दा जोखिम सङगै बैंकले लगानी गर्न नमन्दा झन ब्यबसय गर्न सकस हुने गरेकोले यश बिषयमा सरकार सङ्ग छ्लफल भैरहेको बताए ।

अधिवेशनमा संस्थाले नयाँ सदस्यहरुलाई सदस्य कार्ड र व्याग वितरण समेत गरेको छ । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्ले, वडा नं.. ८ का वडाध्यक्ष सन्त फेउदिन धरम्पुर साकोसका अध्यक्ष कुमार शंकर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्नको लागि कुमार शङ्करको सम्योजकमा ३ सदस्य निर्वाचन मण्डल गठन गरिएको थियो जस्मा पुर्ण लकान्द्री,र गोबिन ल्वागुन रहेका थिए । नया कर्यसमितिहरुलाई केही दिन पछि पदभार ग्रहण गराइने जनाएको छ । टेकबहादुर सुन्चिउरीको अध्यक्षमा भएको कार्यक्रम्को स्वगत मन्तव्य बरिस्ठ उपाध्यक्ष कृष्ण खरेलले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विदेश जाने लोभमा करोडौँ फस्यो

काठमाडौँ, अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ती ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति रु ३० लाख खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेका भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा रु तीन करोड ५६ लाख आठ हजार लिएर फरार भएका भएकामा वैदेशिक रोजगार विभागको अनुरोधमा यसरी फरार भएकामध्य भक्तपुरका सीताराम बास्तोलालाई आज पक्राउ गरिएको रेग्मीले बताउनुभयो । उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गर्नुभएको छ । उहाँले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।”

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राख्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ ।”

प्रधानमन्त्री दाहालले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो

गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ ।

गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए । वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौँ ल्याउनका लागि टानले पहल गरिरहेको बताउनुभयो । काठमाडौँ ल्याउन लागिएको उक्त शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकका दुई आश्रमबीच एकिकरण, एकै ठाउँमा राखेर सेवा सुरू

दमक/ दमकमा समुदायको प्रयासमा सञ्चालित दुई वटा आश्रमबीच समायोजन गरिएको छ । दमक २ मा रहेको हाम्रो बाल बृद्धाश्रम र दमक ९ मा रहेको अनाथ बाल बृद्धाश्रम एकापसमा गाभिएर दमक बाल बृद्धाश्रमका रुपमा स्थापित भएको छ ।

एकीकरण भएको आश्रमको नेतृत्व सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित महिला नेतृ मन्दरा पौडेलले गरेकी छन ।
केही समय अघि बैधानिक रुपमा भएको एकीकरणले पूर्णता पाएपछि यसअघिको हामो बाल आश्रममा राखिएका १९ जना बालबालिकालाई दमक ९ मा रहेको भवनमा सारिएको नवस्थापित आश्रमकी अध्यक्ष पौडेलले जानकारी दिइन ।

अनाथ बाल बृद्धाश्रममा रहेका २२ जना बालबालिकामा १९ जना हाम्रो बाल आश्रमबाट बसाईसारिएपछि अब कूल ४० जना बालबालिका संरक्षणको जिम्मेवारी एकीकृत दमक बाल बृद्धाश्रमले लिएको छ । दुईवटा संस्था एउटै बनेपछि यहाँ आश्रीतहरु लाई एकै ठाउँमा राखेर सेवा दिन थालिएको उनले बताइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्