दमक सौर्य अस्पताल र होम्ताङ आयुर्वेद अवैध रुपमा सञ्चालनमा

0
251

दमक । झापाको दमकमा दुई अस्पताल सम्बन्धित निकायको अनुमति बिनै सञ्चालनमा रहेको पाइएको छ ।

तोकिएका न्यूनतम मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ति अस्पतालहरुमा आज दमक नगरपालिकाकी अनुगनम समिति संयोजक समेत रहेकी उपप्रमुख रेगिना भट्टराईको नेतृत्वमा स्वास्थ्य अधिकारीहरुले अनुगमन गरेका छन् । अनुगमनका क्रममा दमक ६ जेसीज चोक नजिकै रहेको दमक सौर्य अस्पताल र थाना रोडस्थित होम्ताङ आयुर्वेद अस्पताल सम्बन्धित निकायबाट अनुमति नलिइ सञ्चालनमा रहेको पाइएको हो ।

सौर्यले अस्पतालमा आवश्यक पूर्वाधार तथा भौतिक संरचना समेत निर्माण नगरेको पाइएको छ । अस्पतालले एउटा साँघुरो कोठामा ६ बेड सञ्चालन गरेर बिरामी भर्ना लिइरहेको छ ।
अस्पतालको ल्याव तथा पार्किङ समेत सुविधायुक्त छैन् । अस्पतालका प्रमुख डा. सञ्जय साहले अस्पताल सञ्चालनको अनुमतिको प्रकृया चालू रहेको बताएपनि अस्पताल सञ्चालनको स्विकृति दिन योग्य संरचना नभएको र न्यूनतम मापदण्ड उल्लंघन गरेर सञ्चालन भइरहेको देखिन्छ ।

कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन अन्तर्गत दर्ता रहेको सो अस्पतालले व्यवसाय दर्ता ६ नम्बर वडा कार्यालयमा गरेको छ । स्वास्थ्य संस्थाका रुपमा सञ्चालनको अनुमति नपाएको सो अस्पताललाई वडाले व्यवसायिक दर्ता प्रमाण पत्र जारी गरेको भएपनि अस्पतालका रुपमा कहिं कतै दर्ता भएको प्रमाणपत्र छैन् । त्यसैगरी होम्ताङ आयुर्वेद अस्पताल एक बर्षअघि देखि सञ्चालनमा रहेको भएपनि अझै अस्पतालका रुपमा कहिं कतै दर्ता छैन् । कम्पनी दर्ता गरेर अस्पताल सञ्चालन गरेको देखिन्छ, अनुगमन संयोजक तथा नगर उपप्रमुख भट्टराईले भनिन् । २५ बेडको भनिएको सो अस्पतालमा अनुगमन टोली पुग्दा कोही पनि डाक्टर भेटिएनन् । अस्पतालका ओपिडी तथा भिडियो एक्सरे कक्ष समेत बन्द अवस्थामा भेटिए ।

अस्पताल सञ्चालनको अनुमति नलिएको सो अस्पतालको एक बर्षअघिनै प्रदेश सरकारका तत्कालिन सामाजिक बिकास मन्त्री जयराम यादवले उदघाटन गरेका थिए । मन्त्रीले उदघाटन गरेको अस्पतालनै स्विकृति बिना सञ्चालनमा रहेको पाइनुले सरकारी निकायनै सर्वसाधारणको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा गम्भिर नभएको महसुस हुन्छ । नगर उपप्रमुख भट्टराईले स्वास्थ्य प्राविधिकहरुको टोलीसहित आजै दमकमा सञ्चालित निर्णायक रेफरेन्स ल्याबको समेत अनुगमन गरेकी छिन् ।

अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दैै उपप्रमुख भट्टराईले स्वास्थ्य संस्था मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील क्षेत्रमा लापरवाही गर्ने छुट कसैलाई नभएको बताउँदै तत्काल स्थानीय सरकारले एक्सन लिने बताइन् ।
अनुगमन टोलीमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई, स्वास्थ्य निरीक्षक बद्री बराल, ल्याब टेक्नीसियन लोकनाथ पौडेल समेत सहभागि थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here