दमक/ दमकमा समुदायको प्रयासमा सञ्चालित दुई वटा आश्रमबीच समायोजन गरिएको छ । दमक २ मा रहेको हाम्रो बाल बृद्धाश्रम र दमक ९ मा रहेको अनाथ बाल बृद्धाश्रम एकापसमा गाभिएर दमक बाल बृद्धाश्रमका रुपमा स्थापित भएको छ ।
एकीकरण भएको आश्रमको नेतृत्व सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित महिला नेतृ मन्दरा पौडेलले गरेकी छन ।
केही समय अघि बैधानिक रुपमा भएको एकीकरणले पूर्णता पाएपछि यसअघिको हामो बाल आश्रममा राखिएका १९ जना बालबालिकालाई दमक ९ मा रहेको भवनमा सारिएको नवस्थापित आश्रमकी अध्यक्ष पौडेलले जानकारी दिइन ।
अनाथ बाल बृद्धाश्रममा रहेका २२ जना बालबालिकामा १९ जना हाम्रो बाल आश्रमबाट बसाईसारिएपछि अब कूल ४० जना बालबालिका संरक्षणको जिम्मेवारी एकीकृत दमक बाल बृद्धाश्रमले लिएको छ । दुईवटा संस्था एउटै बनेपछि यहाँ आश्रीतहरु लाई एकै ठाउँमा राखेर सेवा दिन थालिएको उनले बताइन ।