Sunday, May 28, 2023
Homeसमाचारदमक खबरमोबाइल ब्यवसायी खनालमाथी इन्स्पेक्टरद्वारा कुटपिट

मोबाइल ब्यवसायी खनालमाथी इन्स्पेक्टरद्वारा कुटपिट

दमकका मोबाइल ब्यवसायी खनालमाथी दुई जना इन्स्पेक्टरद्वारा कुटपिट दमकका पुराना स्थापित मोबाइल ब्यवसायी कृष्ण खनालमाथी प्रहरीका दुई जना इन्स्पेक्टरले बिना कारण कुटपिट गरेका छ्न ।

आज बिहान करिब ९ बजे इलाका प्रहरी कार्यलय दमकका ४/५ जना प्रहरी आएर खनाललाई प्रहरी कार्यलयमा इन्स्पेक्टर साबले बोलाउनु भएको छ तुरुन्तै जानुपर्यो भनी लगेका थिए । किन ? के का लागि मलाई केही थाहा भएन इन्स्पेक्टरहरु भएको ठाउँमा म गए एक जना गौतम सर मैले पहिलादेखिनै चिनेको थिए ।

अर्कासग मेरो चिनजान थिएन । त्यहाँ मलाई शिव खनाल नामको अर्का मान्छे ठानेका होलान भनेर म शिव खनाल नभएर कृष्ण खनाल हु भन्ने प्रमाण दिन म नागरिकता लिएर गए र हेर्नुस मेरो नागरिकता भनेर देखाउदा मेरो नागरिकता पनि नहेरी एक्कासी मलाई झापड र लात्तीले हिर्काए , खनालले भने ।

मेरो टाउको नै अररिरहेको छ , रिंगटा पनि चलिरहेको छ , मेरो पसलमा पनि कोही नभएको बेला सामान उठाएर पनि लगेका छ्न । उनलाई त्यसरी कुटपिट गर्ने प्रहरी इन्स्पेक्टर हुन देवानन्द मिश्र । मिश्र र गौतमले खनालको पसलबाट सबै सामान उठाएर ल्याउन आदेश समेत दिए । खनालको पसल प्रहरीलाई कार्यलय सगै जोडिएको जोडिएको घरको सटरमा रहेको छ । खनालले घटनापछि आफुमाथि कुटपिट र मानहानी समेत भएको भन्दै न्यायका लागि सार्वजनिक अपिल गरेका छ्न । पत्रकारहरु सग पीडित खनालले भने म माथी ठूलो अन्याय भएको छ ।

उनले मोबाइल ब्यवसायी संघ , बाणिज्य सग लगायत अधिकारबादी संघ सस्था र संचारकर्मीहरुसग न्यायका लागि पहल गरिदिन पनि माग गरेका छ्न । उनले भोलि कार्यलय खुलेपछि जिल्ला प्रशासन लगायत प्रहरीका उच्च तहमा समेत निवेदन दिएर कार्वाहीका लागि अघि बढ्ने बताएका छ्न । दमकमा प्रहरीको कार्यशैली र गतिविधि केही समय यता आलोच्य बन्दै गएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments