Sunday, May 28, 2023
Homeसमाचारदमक खबरव्यवसायी खनालमाथि प्रहरीद्धारा कुटपिटको चौतर्फी आलोचना, प्रहरीले माग्यो माफी

व्यवसायी खनालमाथि प्रहरीद्धारा कुटपिटको चौतर्फी आलोचना, प्रहरीले माग्यो माफी

दमक / दमकका मोवाइल व्यवसायी कृष्ण खनालमाथि प्रहरीद्धारा शनिबार बिहान इलाका प्रहरी कार्यालय दमकमा प्रहरीद्धारा भएको कुटपिटको चौतर्फी आलोचना भएको छ ।

दमक ६ स्थित शिवशक्ति मोवाइल मर्मत तथा तालिम केन्द्रका सञ्चालक खनालमाथि शनिबार भएको कुटपिटको घटनाबारे समाचार सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना गर्दै दोषी प्रहरी अधिकारीमाथि कारवाहीको माग उठेपछि कुटपिट गर्ने प्रहरी इन्स्पेक्टर देवानन्द मिश्रले माफी समेत मागेका छन ।

इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डिएसपी मनोजकुमार लामा र दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको उपस्थितीमा दमक उद्योग वाणिज्य संघका नेतृत्वपक्तीं र मोवाइल ब्यवसायीका प्रमुख तथा प्रतिनिधिहरुबीच आइतबार भएको छलफलमा इन्स्पेक्टर मिश्रले माफी मागेका मोवाइल व्यवसायी संघ दमकका अध्यक्ष भेनस श्रेष्ठले जानकारी दिए ।

घटना सार्वजनिक भएपछि दमक उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय दमकमा ज्ञापन पत्र बुझाउँदै घटनाको निन्दासहित आइन्दा व्यवसायीहरुमाथि यस किसिमका घटना नगराउन र कुनै पनि बिषयमा अनुसन्धान गर्नुपर्ने भए संघको रोहबरमा मात्रै आवश्यक प्रकृया अघि बढाउन माग गरेको छ ।

संघका अध्यक्ष गोपाल गुरागाइँद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा त्यस्तो माग गरिएको हो । त्यसअघि नेपाल उद्योग तथा व्यवसायी महासंघले विज्ञप्ती निकालेर व्यवसायीमाथि प्रहरीबाट भएको यस किसिमको घटना निन्दनीय भएको जनाएको छ । अध्यक्ष रमेश लुइँटेल र सचिव निरोज आचार्यले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा त्यस किसिमको घटनामा संलग्न प्रहरीमाथि कारवाही गर्न माग गरिएको छ ।

यसैबीच खनालले आफूमाथि अन्याय गर्ने प्रहरी अधिकारीले सार्वजनिक रुपमानै माफी मागेकाले क्षमा दिएको प्रतिक्रिया दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments