Thursday, November 28, 2024
Home Blog Page 11

ट्रस पूलको उद्घाटन

झापा / नम्वर १ धरमपुरमा पर्ने लेलिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको आज शनिबार उद्घाटन गरिएको छ ।

तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को सीमानमा पर्ने (हाल शिवसताक्षी नगरपालिका वडा नम्बर १) मा रहेको लेलिया खोलामा निर्माण सम्पन्न भएको ट्रस पूलको वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ र समाजसेवी दुर्गा नेम्वाङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

फलामे पूल निर्माणमा प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी नेम्वाङ्गले शिवसताक्षीको विकासको लागि सबै नागरिकले जनप्रतिनिधिरुलाई सहयोग गरेर बढ्नु पर्ने बताए । उनले आफ्नो पहलमा प्रदेश सरकारबाट योजना पारेर यस क्षेत्रमा पुल निर्माण गरेको जानकारी दिए । उनले भने, म समाजसेवामा लागेको छु, यहाँ भएका जनप्रतिनिधिहरुलाई विकास निर्माणमा सहयोग गर्दै समग्र नगर तथा वडाको विकासका लागि जहिले पनि काम गर्नेछु । पुल बनेपछि उक्त बाटो भएर विद्यालय जाने विद्यार्थीहरुलाई राहत मिलेको छ ।

उक्त फलामे पूलको लम्वाई ३२ मिटरको छ भने पूल निर्माण भएपछि स्थानीय ६२३ घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । पूलको उद्घाटन गर्दै वडाध्यक्ष चेम्जोङले भने, ‘पूल नभएका कारण यहाँका स्थानीयबासीलाई धेरै ठूलो समस्या भएको देखेर नै तपाईंहरुको सहयोगमा सो को निर्माण पूरा गरेको हो । वडाध्यक्ष चेम्जोङ्गले पूल निर्माण भएकोका समाजसेवी दुर्गा नेम्वाङ्गलाई धन्यवाद दिएका थिए । उनले उक्त पुलको पूर्व पश्चिम बाटोमा निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘जनप्रतिनिधिहरुलाई काम गर्नका लागि जनताको ठूलो सहयोग आवश्यक पर्छ । कहाँ कुन खालको सहयोग आवश्यक पर्छ भन्ने सबै कुरा जनप्रतिनिधिलाई थाहा हुँदैन । त्यसका लागि स्थानीयले वडामा कहाँ कहाँ के के आवश्यक छ, जनप्रतिनिधिलाई जानकारी गराएमा हामी विकास निर्माणका कामलाई देखिने गरी गर्न तयार छौं’ वडाध्यक्ष चेम्जोङले बताएका छन् ।

पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष सिंगबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पूल संरक्षण समितिका संयोजक चन्द्रवीर नेम्वाङले स्वागत मन्तव्य गरेका थिए भने देवका बाँस्तोलाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अटिजमको विषय चलचित्रमा

काठमाण्डाै / चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण भएको छ ।

निर्माण पक्षले हालै चलचित्रको पोस्टर सार्वजनिक गर्दै विषयबारे जानकारी गराएका छन् । चलचित्रकी निर्देशक अनिता पण्डितले चलचित्रमार्फत अटिजमबारे बुझाउन खोजिएको जानकारी दिनुभयो । “कहिल्यै ठीक नहुने भन्ने सोचको विरुद्ध हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैँले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने तथ्यलाई देखाएका छौँ”, निर्देशक पण्डितले भन्नुभयो ।

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वउपप्रधानमन्त्री रायमाझीसहित तीनको बयान सकियो

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले मात्रै बयान दिन बाँकी रहेको जनाइएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी रहेको छ । उहाँहरुको बयान शुक्रबार लिइने भएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।

उक्त प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

नयाँ दिल्ली, : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा आज बिहान हल्का वर्षा भइरहेको थियो ।

उष्ण मौसम भएको यहाँ हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव गर्न परेको छैन । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफ्नै शब्दमा आज साँझ आयोजित कार्यक्रम व्यक्त गर्नुभयो । “आज बिहान हामी महात्मा गान्धीको समाधिस्थल जाँदै गर्दा हल्का वर्षा भइरहेको थियो । त्यसले हामी सबैलाई सकारात्मक अनुभूति गराएको थियो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल र भारतबीचको सम्बन्ध आजका दिनदेखि नयाँ चरणमा प्रवेश गरेको छ ।”

प्रधानमन्त्री दाहालले आफ्नै शब्दमा प्रस्तुत गर्नु भएजस्तै नेपालले लामो समयदेखि माग गर्दै आएका केही महत्वपूर्ण विषयमा यस पटक सहमति भएको छ । बिजुली व्यापारको तीव्र प्रतीक्षामा रहेको नेपालले आफ्नो आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने गरी अनमति पाएको छ । उच्च राजनीतिक तहमा सहमति भएपछि केही प्राविधिक विषयमा क्रमशः सहमति बन्दै जान्छ ।

भारतले आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको छ । यस्तै, माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुुलीसमेत खरिद गर्ने भएको छ । यो आफैँमा महत्वपूर्ण सहमति हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुली व्यापारमा त यो ऐतिहासिक ‘ब्रेक थ्रु’ नै हो । बुधबार भारतको औपचारिक भ्रमणमा आउनुभएका प्रधानमन्त्रीले आज उहाँका भारतीय समकक्षीदेखि यहाँका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको नेपाल बिजनेश समिटलाई समेत सम्बोधन गर्नुभयो । भ्रमणका क्रममा केही ऐतिहासिक र दूरगामी महत्वका विषयमा सहमति र समझदारी भएका छन् । जुन नेपालको समग्र आर्थिक विकास र समृद्धिका लागि कोसे ढुङ्गा सावित हुनेमा कुनै दुविधा नरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

प्रधानमन्त्रीले आज हैदरावाद हाउसमा आफ्ना समकक्षीमा बीचमा गर्नुभएको छलफलपछि विभिन्न सात वटा विषयमा सहमति भएका छन् । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली जलविद्युत् आयोजना, रेल्वे लाइनको उद्घाटन, एकीकृत जाँचचौकी, दोधारा चाादनीमा सुक्खा बन्दरगाहको निर्माण, पेट्रोलियम पाइप लाइनकोे निर्माण र तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) छन् । यस्तै, नेपालले हवाई मार्गका सम्बन्धमा राखेको विषयमा समेत महत्वपूर्ण सहमति भएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

यस्तै, नेपालको बिजुली ब¬ङ्गलादेश निर्यात गर्ने विषयमा समेत महत्वपूर्ण समझदारी बनेको छ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको र त्यसमा भारतको सहमतिसमेत खोजिरहेको अवस्थामा आजको सहमति त्रिदेशीय विकासका लागि समेत महत्वपूर्ण परिघटना बन्न पुगेको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग स्पष्ट शब्दमा सीमा समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । नेपाल र भारतका बीचमा सीमा समस्या छन् । ती समस्या समाधानका लागि दुवै प्रधानमन्त्रीको सहमति छ । प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा नै आफूले आफ्ना भारतीय समकक्षीसँग सीमा समस्या समाधानका लागि अनुरोध गरेको जानकारी दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल ग¥यौँ । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।” भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल र भारतबीचको सम्बन्ध हिमालय जतिकै उच्च रहेको विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, “हामी आफ्नो सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौँ । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौँ ।”

प्रधानमन्त्रीको भारत भ्रमणपछि वर्षौंदेखि थाँती रहेका विषय क्रमशः समाधानको दिशामा अग्रसर भएका छन् । दुई देशका बीचमा नयाँ आधारमा सम्बन्धको सुरुआत भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । आज साँझ प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल आइसी मौर्यमा आयोजित कार्यक्रममा भारतका सङ्घीय मन्त्री पियूष गोयलले पनि नेपाल र भारतबीचको सम्बन्ध सीमा, भूराजनीतिले निर्धारण नगर्ने, बरु हामी एकै परिवारका सदस्य भएको बताउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध ठूलो दाजु र भाइको जस्तो नभई पारस्परिक विश्वास र सम्मानमा आधारित रहेको बताउनुभयो । दुई देशा प्रधानमन्त्रीबीच आज भएको छलफलले नयाँ विश्वास र सद्भावको आधार बनाएको उहाँको भनाइ थियो ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही प्राथमिकतामध्येको समृद्धिको कार्यसूचीलाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नयाँ आयाम थपेको भन्दै नेपालका उद्योगी व्यवसायीसमेत प्रसन्न भएका छन् ।

बिजुली व्यापारमा सम्बन्धमा भएको पछिल्लो सहमतिले नेपालमा ऊर्जाको क्षेत्रमा थप लगानी भित्रने उनीहरुको भनाइ छ । महासङ्घका अध्यक्ष ढकालले पनि बिजुली व्यापारका सम्बन्धमा आजको सहमति आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणले चालु आवमा नै बिजुली बिक्री गरेर एउटा तथ्य स्थापित गरिसकेको बताउँदै आजको सहमति पछि थप नयाँ आधार तयार हुने र नेपालको समृद्धिको दिन धेरै टाढा नभएको बताउनुभयो ।

यस्तै नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको सन्दर्भ जोड्दै भारतीय प्रधानमन्त्रीले त्यसलाई थप बलियो बनाउने बिताउनुभएको थियो । उहाँले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभएको थियो, “यो सुन्दर क्षणलाई अझ बढी महत्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउनु पर्छ ।” नेपाली उद्योगी व्यवसायी, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चार दिने भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री प्रचण्डको यस पटकको यात्राले नयाँ आयाम थपेको जानकारको टिप्पणी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अध्यक्ष लिङदेन र प्रवक्ता शाही दमकमा, ७१ जना राप्रपा प्रवेश

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली जनताले बैकल्पिक राजनीतिक शक्तिका रुपमा राप्रपालाई रोजेको दाबी गरेका छन ।

कांग्रेस, एमाले लगायतका दलहरुका कृयाकलापबाट आजित भएका जनताले राप्रपामाथि आशा र विश्वास राखेको बताउँदै जनताको त्यो आशा र विश्वाससहितको भरोसा योग्य र राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले आफूलाई उभ्याएको नेता लिङदेनको भनाई छ ।

झापाको दमकमा बिहिबार झापा निर्वाचन क्षेत्र नं ५ स्तरीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नागरिकता विधेयक प्रमाणीकरणलाई राष्ट्रघाती कदमको संज्ञा दिए ।

अध्यक्ष लिङदेनले यसले राष्ट्रियतालाई कमजोर बनाउने जिकिर पनि गरे । सो अवसरमा राप्रपाका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्डलाई भारतमा राज्यमन्त्रीले गरेको स्वागत आफैंमा नेपाल र नेपालीका लागि लज्जाको बिषय भएको टिप्पणी गरे ।

राप्रपाका क्षेत्रीय अध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा पशुपति सेवा सदमा भएको कार्यकर्ता भेलामा व्यवसायी तथा सामाजिक व्यक्तित्वका रुपमा स्थापित व्यवसायी नेताहरु भविन्द्र न्यौपाने (भुपेन्द्र), हेमसागर अधिकारी ( हेमसिंह) , सुरेन्द्र खडका, निरुपण भण्डारी, नेकपा एमाले निकट प्रेस चौतारी माइपश्चिम झापाका सचिव समेत भइसकेका युवा पत्रकार कोशिस शिवाकोटी लगायत ७१ जनालाई अधयक्ष लिङदेनले पार्टीको साधारण सदस्यता प्रदान गरे । उनीहरुलाई पार्टी प्रवक्ता शाही, पार्टीका कोशी प्रदेश समिति अध्यक्ष समेत रहेका दमक नगर प्रमुख रामकुमार थापा, दमक ७ का वडाध्यक्ष समेत रहेका पार्टीका क्षेत्रीय अध्यक्ष पौडेल लगायतले स्वागत गरेका थिए ।

सो कार्यक्रमपछि अध्यक्ष लिङदेन र प्रवक्ता शाहीले दमक ७ निवासी सामाजिक व्यक्तित्व स्वर्गीय गंगाबहादुर पौडेलको निधनमा शोकाकुल परिवारजनसँग भेट गरि समवेदना प्रकट गरेका थिए । अध्यक्ष लिङदेन बिहिबारनै पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन दमक नगर समितिको कार्यलयमा समेत उपस्थित भएका छन । सो अवसरमा ट्रेड युनियन सम्बद्ध गंगा सिटौला,मनोहर घिमिरे, कमल कटुवाल लगायतले स्वागत सम्मान गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नागरिकता विधेयक प्रमाणीकरण : संविधानको उल्लङ्घन- एमाले

काठमाडौं/ नेकपा एमालेका नेता देवेन्द्र दाहालले अस्तित्वमानै नभएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरि संविधान उल्लङ्घन गरेको बताउनु भएको छ ।

पार्टीका पोलिटव्युरो सदस्य समेत रहनु भएका नेता दहालले यस कदमबाट संविघानको घोर उल्लङ्घन भएको पनि दावि गर्नु भएको छ । अस्तित्वमानैं नभएको नागरिकता बिधेययक प्रमाणीकरण गर्न लगाएर वा गरेर सरकार र राष्ट्रपति दुवैले संविधानको घोर उल्लङ्घन गरेको उहाँको भनाई छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नागरिकता बिहिन अवस्थामा रहेका सवै नेपालीले अनिवार्य नागरिकता पाउनु पर्ने बिषयमा एमाले प्रष्ट भएको पनि उहाँले बताउनु भएको छ । निष्क्रिय भई सकेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको विषयलाई एमालेले सडक र सदन सवै तिरबाट बिरोध गर्ने पनि उहाँको भनाई ।

राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता समेत रहनु भएका दाहालले सामाजिक सञ्जालमा समेत लेख्दै संसद चलिरहेको बेला विधेययक सिफारिस गर्ने सरकारलाई काहाँ छ, अधिकार ? भनेर प्रश्न पनि गर्नु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक नगरपालिकाकाे बिध्यालय बिदा सम्बन्धि सूचना

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई स्थानीय बजेटमा समेट्न माग

दमक । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले स्थानीय तहसँग आफूहरूका लागि पनि बजेट विजियोजन गर्न माग गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै उनीहरूले अब स्थानीय तहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।

सेफ द चिल्ड्रेनको सहयोग र नील हिरा समाजको आयोजनामा भएको अन्तक्रिर्या कार्यक्रममा स्थानीय तहले बेवास्ता गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गुनासो छ ।

कार्यक्रममा लिड नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बुले पछिल्लो समय दमक नगरपालिकाले बजेट विनियोजन गरेको भए पनि अरू स्थानीय तहले बजेटमा समेट्न नसकेको गुनासो गरिन् । उनले बजेटमा समेटेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई रोजगारीको अवसर दिनुपर्ने बताइन् । उनले अल्पसंख्यक भनेर एकमुष्ठ बजेट छुट्याएमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अवसर नपाउने बताइन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक हरेक समुदायमा हुन्छन्,’ उनले भनिन्,’तसर्थ सबै स्थानीय तहले बजेटमा समेटुन् ।’

छलफल कार्यक्रममा बोल्दै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार स्थापित गर्न नगरपालिका तयार भएको बताइन् । उनले बजेटमा समेटेरै जाने बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सहकार्य गरेर काम गर्न तयार भएको उनको भनाइ छ ।

कार्यक्रममा दमक नगरपालिका कार्यपालिका सदस्य सरदा भट्टराई, मओवादी नेतृ भूमिका कोइराला, दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज आचार्य, दमक नगरपालिकाका सामाजिक शाखा अधिकृत केशव प्रसाईंले बोलेका थिए । नील हिरा समाजका परशुराम चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अवस्थाका बारेमा प्रस्तुति गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सञ्चारिका समूह झापा अध्यक्षमा लीला अनमोल

0

बिर्तामोड, जेठ १४ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् ।

आज झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो । झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् ।

नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा अनुषा चुडाल, सहसचिवमा मनिषा गौतम, कोषाध्यक्षमा सविना सुब्बा रहेका छन् । त्यस्तै, समूहको सदस्यहरुमा सुशीला संग्रौला, रेवतादेवी भट्टराई (आर्जु), अर्चना रिजाल, सेवन्ता घिमिरे रहेका छन् ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यमा झापा समिति बनाइएको हो । झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सञ्चारिका समूह नेपाल झापा शाखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष अनमोलले बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नयाँ बाटो सहकारीको बार्षिकोत्सवमा रक्तदान र कुर्सी सहयोग

दमक /झापा दमक ६ स्थित नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको ९ औं बार्षिकोत्सवका अवसरमा आज (आइतबार) खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको प्रांगणमा आयोजित रक्तदान कार्यक्रम दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको प्रमुख आतिथ्य मा सम्पन्न भएको हो । सो अवसरमा संस्थाका अध्यक्ष टिकाराम खतिवडा, प्रमुख अतिथी गुरागाइँसहित कूल ७६ जनाले रक्तदान गरेका संस्थाले जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उदघाटनमा प्रमुख अतिथी गुरागाइँले रक्तदानलाई निरन्तरता दिन आवश्यक भएको बताए । उनले रक्तदाताहरुलाई रक्तदानमा प्रोत्साहित गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखालाई आग्रह गर्दै आवश्यक सहयोगका लागि वाणिज्य संघ तयार रहेको बताए । रक्तसञ्चार शाखाका इञ्चार्ज सिद्धार्थ दाहालले रक्तदानको प्राविधिक बिषयमा जानकारी गराएका थिए । सो अवसरमा संस्थाले रक्तसञ्चार शाखालाई चार थान कुर्सी पनि सहयोग गरेको संस्थाका संस्थाका सञ्चालक सदस्य निरुपण भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अनिता खत्रीले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव राजेन्द्र विमलीले सञ्चालन गरेका थिए । कार्यक्रममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, क्लब हिमालय टाइगरका जे बिमली लगायत, स्थानीय लेखनाथ टोल बिकास संस्थाका पदाधिकारी सदस्यहरुको आतिथ्य रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्