ट्रस पूलको उद्घाटन

0
304

झापा / नम्वर १ धरमपुरमा पर्ने लेलिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको आज शनिबार उद्घाटन गरिएको छ ।

तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को सीमानमा पर्ने (हाल शिवसताक्षी नगरपालिका वडा नम्बर १) मा रहेको लेलिया खोलामा निर्माण सम्पन्न भएको ट्रस पूलको वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ र समाजसेवी दुर्गा नेम्वाङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

फलामे पूल निर्माणमा प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी नेम्वाङ्गले शिवसताक्षीको विकासको लागि सबै नागरिकले जनप्रतिनिधिरुलाई सहयोग गरेर बढ्नु पर्ने बताए । उनले आफ्नो पहलमा प्रदेश सरकारबाट योजना पारेर यस क्षेत्रमा पुल निर्माण गरेको जानकारी दिए । उनले भने, म समाजसेवामा लागेको छु, यहाँ भएका जनप्रतिनिधिहरुलाई विकास निर्माणमा सहयोग गर्दै समग्र नगर तथा वडाको विकासका लागि जहिले पनि काम गर्नेछु । पुल बनेपछि उक्त बाटो भएर विद्यालय जाने विद्यार्थीहरुलाई राहत मिलेको छ ।

उक्त फलामे पूलको लम्वाई ३२ मिटरको छ भने पूल निर्माण भएपछि स्थानीय ६२३ घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । पूलको उद्घाटन गर्दै वडाध्यक्ष चेम्जोङले भने, ‘पूल नभएका कारण यहाँका स्थानीयबासीलाई धेरै ठूलो समस्या भएको देखेर नै तपाईंहरुको सहयोगमा सो को निर्माण पूरा गरेको हो । वडाध्यक्ष चेम्जोङ्गले पूल निर्माण भएकोका समाजसेवी दुर्गा नेम्वाङ्गलाई धन्यवाद दिएका थिए । उनले उक्त पुलको पूर्व पश्चिम बाटोमा निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘जनप्रतिनिधिहरुलाई काम गर्नका लागि जनताको ठूलो सहयोग आवश्यक पर्छ । कहाँ कुन खालको सहयोग आवश्यक पर्छ भन्ने सबै कुरा जनप्रतिनिधिलाई थाहा हुँदैन । त्यसका लागि स्थानीयले वडामा कहाँ कहाँ के के आवश्यक छ, जनप्रतिनिधिलाई जानकारी गराएमा हामी विकास निर्माणका कामलाई देखिने गरी गर्न तयार छौं’ वडाध्यक्ष चेम्जोङले बताएका छन् ।

पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष सिंगबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पूल संरक्षण समितिका संयोजक चन्द्रवीर नेम्वाङले स्वागत मन्तव्य गरेका थिए भने देवका बाँस्तोलाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here