नयाँ बाटो सहकारीको बार्षिकोत्सवमा रक्तदान र कुर्सी सहयोग

0
184

दमक /झापा दमक ६ स्थित नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको ९ औं बार्षिकोत्सवका अवसरमा आज (आइतबार) खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको प्रांगणमा आयोजित रक्तदान कार्यक्रम दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको प्रमुख आतिथ्य मा सम्पन्न भएको हो । सो अवसरमा संस्थाका अध्यक्ष टिकाराम खतिवडा, प्रमुख अतिथी गुरागाइँसहित कूल ७६ जनाले रक्तदान गरेका संस्थाले जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उदघाटनमा प्रमुख अतिथी गुरागाइँले रक्तदानलाई निरन्तरता दिन आवश्यक भएको बताए । उनले रक्तदाताहरुलाई रक्तदानमा प्रोत्साहित गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखालाई आग्रह गर्दै आवश्यक सहयोगका लागि वाणिज्य संघ तयार रहेको बताए । रक्तसञ्चार शाखाका इञ्चार्ज सिद्धार्थ दाहालले रक्तदानको प्राविधिक बिषयमा जानकारी गराएका थिए । सो अवसरमा संस्थाले रक्तसञ्चार शाखालाई चार थान कुर्सी पनि सहयोग गरेको संस्थाका संस्थाका सञ्चालक सदस्य निरुपण भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अनिता खत्रीले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव राजेन्द्र विमलीले सञ्चालन गरेका थिए । कार्यक्रममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, क्लब हिमालय टाइगरका जे बिमली लगायत, स्थानीय लेखनाथ टोल बिकास संस्थाका पदाधिकारी सदस्यहरुको आतिथ्य रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here