नागरिकता विधेयक प्रमाणीकरण : संविधानको उल्लङ्घन- एमाले

0
280

काठमाडौं/ नेकपा एमालेका नेता देवेन्द्र दाहालले अस्तित्वमानै नभएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरि संविधान उल्लङ्घन गरेको बताउनु भएको छ ।

पार्टीका पोलिटव्युरो सदस्य समेत रहनु भएका नेता दहालले यस कदमबाट संविघानको घोर उल्लङ्घन भएको पनि दावि गर्नु भएको छ । अस्तित्वमानैं नभएको नागरिकता बिधेययक प्रमाणीकरण गर्न लगाएर वा गरेर सरकार र राष्ट्रपति दुवैले संविधानको घोर उल्लङ्घन गरेको उहाँको भनाई छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नागरिकता बिहिन अवस्थामा रहेका सवै नेपालीले अनिवार्य नागरिकता पाउनु पर्ने बिषयमा एमाले प्रष्ट भएको पनि उहाँले बताउनु भएको छ । निष्क्रिय भई सकेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको विषयलाई एमालेले सडक र सदन सवै तिरबाट बिरोध गर्ने पनि उहाँको भनाई ।

राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता समेत रहनु भएका दाहालले सामाजिक सञ्जालमा समेत लेख्दै संसद चलिरहेको बेला विधेययक सिफारिस गर्ने सरकारलाई काहाँ छ, अधिकार ? भनेर प्रश्न पनि गर्नु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here