यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई स्थानीय बजेटमा समेट्न माग

0
153

दमक । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले स्थानीय तहसँग आफूहरूका लागि पनि बजेट विजियोजन गर्न माग गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै उनीहरूले अब स्थानीय तहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।

सेफ द चिल्ड्रेनको सहयोग र नील हिरा समाजको आयोजनामा भएको अन्तक्रिर्या कार्यक्रममा स्थानीय तहले बेवास्ता गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गुनासो छ ।

कार्यक्रममा लिड नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बुले पछिल्लो समय दमक नगरपालिकाले बजेट विनियोजन गरेको भए पनि अरू स्थानीय तहले बजेटमा समेट्न नसकेको गुनासो गरिन् । उनले बजेटमा समेटेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई रोजगारीको अवसर दिनुपर्ने बताइन् । उनले अल्पसंख्यक भनेर एकमुष्ठ बजेट छुट्याएमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अवसर नपाउने बताइन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक हरेक समुदायमा हुन्छन्,’ उनले भनिन्,’तसर्थ सबै स्थानीय तहले बजेटमा समेटुन् ।’

छलफल कार्यक्रममा बोल्दै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार स्थापित गर्न नगरपालिका तयार भएको बताइन् । उनले बजेटमा समेटेरै जाने बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सहकार्य गरेर काम गर्न तयार भएको उनको भनाइ छ ।

कार्यक्रममा दमक नगरपालिका कार्यपालिका सदस्य सरदा भट्टराई, मओवादी नेतृ भूमिका कोइराला, दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज आचार्य, दमक नगरपालिकाका सामाजिक शाखा अधिकृत केशव प्रसाईंले बोलेका थिए । नील हिरा समाजका परशुराम चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अवस्थाका बारेमा प्रस्तुति गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here