Thursday, November 28, 2024
Home Blog Page 10

दमकमा उपप्रमुख सँग बालबालिका

दमक/ दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बालबालिका संवाद कार्यक्रम अन्तर्गत बालबालिकाहरुका गुनासा र समस्याहरुका बारेमा जानकारी लिएकी छन ।

बालबालिकाहरुका समस्यालाई बालबालिकाकै मुखबाट सुन्ने र समाधानका लागि आवश्यक रणनीति तय गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
सो अन्तर्गत शुक्रबार दमकको नमुना बिद्यालय हिमालय माविमा अध्ययनरत बालबालिकाहरुसँग उपप्रमुख भट्टराईले संवाद गरेकी हुन । सो अवसरमा बिद्यार्थी हरुले सेनेटरी प्याड , क्यान्टिन ( चमेना गृह)को बिषय, अतिरिक्त कक्षा ( कोचिङ) को अधिक शुल्क , छात्रवृत्तीमा भएको विभेदका कारण वास्तविक विपन्न परिवारका बिद्यार्थीले छात्रबृत्ति पाउन नसकेको , बिद्यालय अवागमनमा भोग्नु परिरहेको यातायाताको समस्या, बिद्यालयले लिँदै आएको शुल्कको भार लगायतका बिषयमा गुनासोसहित आफना जिज्ञासाहरु राखेका छन ।

बिद्यार्थीहरुले प्रत्यक्ष रुपमै स्थानीय सरकारसँग खुलेर आफना समस्याहरु राख्ने मौका पाएकोमा खुशी भएको प्रतिक्रिया पनि दिएका छन । सो अवसरमा उपप्रमुख भट्टराईले तत्काल समस्या समाधान गर्न आफनो तर्फबाट चाल्न सक्ने पहलकदमी चाल्ने आश्वासन दिएकी छिन । उनले स्थानीय सरकारले स्थानीयस्तरबाट समाधान गर्न सक्ने बिषयहरु तत्काल सम्बोधन गर्ने र माथिल्लो निकायहरुबाट गरिनुपर्ने कामका लागि पनि आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएकी छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा रोगजार मेला २०८० हुने

दमक, दमकमा यहि असार १४ गते रोजगार मेला हुने भएको छ । वृत्ति परामर्श तथा रोजगार मेला सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले जानकारीमूलक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्था दमक उद्योग वाणिज्य संघले जनाएको हो । मेला दमक ८ स्थित कस्मिक पार्टी प्यालेशमा हुने छ ।

दमक नगरपालिका सहयोग तथा संघको आयोजनामा हुने सो मेलाको तयारी स्वरुप आज बैठक सम्पन्न गरि विभिन्न निर्णयहरु समेत गरिएको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । उक्त मेला सम्पन्न गर्न संघद्धारा गठित प्रर्दशनी तथा महोत्सव व्यवस्थापन उपसमितिका संयोजक राजु खड्काको अध्यक्षतामा एक सचिवालय उपसमिति गठन गरिएको छ ।

रोजगार मेलामा रोजगारीका अवसर खोजिरहेको विद्यार्थी तथा युवाहरुका लागि वृत्ति परामर्श तथा रोजगार सम्बन्धी जानकारी दिन मेलाको आयोजना गर्न लागिएको संयोजक खड्काले जनाएका छन् । गतवर्ष पनि संघले नगरपालिकाकै सहयोगमा त्यस्तो मेला गरेको थियो । उनका अनुसार मेलामा वृत्ति मार्गनिर्देशन तथा परामर्श, रोजगार सम्बन्धी सूचना उपलव्ध हुने, रोजगार खोजीमा रहेका युवाहरु र राजगारदातावीच प्रत्यक्ष सम्पर्क गरिने, सीपमूलक तालिमका बारेमा जानकारी गराउने,उद्यमशीलताको विकास सम्बन्धी परामर्श लगायतका रोजगारीमूलक विषयमा अन्तरकृयासहित सहजकर्ताहरुले आफना विचार राख्ने छन् ।

मेलामा रोजगारीका अवसरको खोजीमा रहेका युवाहरु, विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानका विद्यार्थीहरु लगायतको सहभागिता रहने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पत्रकार महासंघ झापा विरुद्ध प्रेस चौतारी आन्दोलनमा

झापा । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धिकरण मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा विरोधमा उत्रिएको छ ।

सदस्य शुद्धिकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा नै उत्रनु परेको जनाइएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले भने, ‘हामीले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेका छौ, यसको थालनीस्वरुप आज महासंघमा कालो ब्यानर राखेर धर्ना दिएका छौं । हामी झापा महासंघले शुद्धिकरणको नाममा प्रदेशमा पठाएको सक्रिय पत्रकारहरुको नाम संशोधनका लागि आग्रह गरिरहेका छौं । सो सम्बन्धी प्रदेश कमिटीले छनविन समिति बनाओस भन्ने हामी चाहन्छौं ।’

अत्यन्तै पूर्वाग्रही ढंगले, राजनीतिक आस्थाकै कारण महासंघको झापा नेतृत्वले प्रेस चौतारीलाई सडकमा उत्रन बाध्य पारेको हो । शुद्धिकरणमा पर्नैपर्ने कतिपय गैर पत्रकारहरुको नामहरु सूचिमा नराखिनु तर निरन्तर पत्रकारितामा क्रियाशीलहरुलाई यो वा त्यो बहानामा शुद्धिकरण भन्दै सिफारिस गरिएकोमा प्रेस चौतारीको चौतारीको आपत्ती रहेको जनाइएको छ ।

आचार्य अगाडि भने ‘महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुदे मापदण्ड हुबहु पालना हुनुपर्नेमा चौतारी जोडदार माग गर्दछ । तर झापामा यो नभएकोले हामी आन्दोलनमा उत्रन बाध्य भएका छौ ।’ चौतारीले आफ्नो मागको बेवास्ता गरे चरणबद्ध गर्ने आन्दोलनको जिम्मेवार पत्रकार महासंघ झापा हुनपर्ने चेतावनी दिइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कोशी प्रदेशकाे बजेट ३६ अर्ब २४ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ।

कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यानवयनका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। जसमा चालु तर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थापन तर्फ १ करोड स्थानिय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार विनियोजन गरिको छ। कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो। बजेटले रोजगार प्रबद्र्धन र उत्पादन बृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। कोशी प्रदेश सरकारले बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई जोड दिएको छ। प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पूर्वाधार विकासका लागि ११ अर्ब ४१ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। युवाहरूलाई स्वरोजगारका लागि सिप विकास तालिम, शिप परिक्षण, सौलियत दरमा कर्जा प्रबाहलगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ। स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्ने, उपयुक्त स्थानमा कोशी औद्योगिक क्षेत्र स्थापना गर्ने, औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि संभाव्यता अध्ययन गर्नेलगायतका कार्यक्रम प्रदेश सरकारले ल्याएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा चार्जिङ स्टेशन सहित सुविधासम्पन्न मोटर वर्कसप सञ्चालनमा

दमक,  दमकको पशुहाटस्थित चार्जिङ स्टेशन परिषरमा थप सुविधासम्पन्न मोटर वर्कसप सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायीहरु चन्द्र खत्रीसहितका सात जनाको लगानीमा खोलिएको कन्काई माइ पाथीभरा वर्कसप आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याईएको हो ।

वर्कसपको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले रिविन काटेर उद्घाटन गरे । उद्घाटन गदैं नगर प्रमुख थापाले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

वर्कसपका सञ्चालक चन्द्र खत्रीका अनुसार वर्कसपमा साना ,मझौला तथा ठुला सवारी साधनलाई लक्षित गरि दक्ष प्राविधिकहरुबाट गाडीको सर्भिसिङ,वासिङलगायतका सेवाहरु समेत उपलव्ध छन् । स्थानीय ग्राहकहरुको सुविधालाई मध्यनजर गरि एकैठाउँमा गुणस्तरिय वर्कसपको काम यस वर्कसपको मुख्य ध्येय रहेको अर्का सञ्चालक कमल कटुवालले बताएका छन् ।

वर्कसप उद्घाटनका अवसरमा ग्राहकहरुको सुविधाका लागि हरेक गाडीको जुनसुकै सेवामा आर्कषक छुटको समेत व्यवस्था गरिएको सञ्चालक खत्रीले बताए । वर्कसपमा खत्रीसहित,कमल कटुवाल,गंगा सिटौला,मनोहरि घिमिरे, हेम सुवेदी,तुलसी खतिवडा,शुरेस गौतम आवद्ध छन् ।

नगरपालिकासंगको संझौतामा सञ्चालित वर्कसप उद्घाटनमा दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेपाली कांग्रेस दमकका सभापति प्रकाश प्रसाई, राप्रपाका दमक अध्यक्ष हेम सुवेदी, दमक जेसीजका अध्यक्ष मुकेश अग्रवाल, उद्योगी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मिथिला संस्कृति शीर्षकमा दमकमा बिद्यालयस्तरीय वक्तृत्वकला

दमक/ मैथिली सेवा समाज दमक नगर समिति अन्तर्गतको युवा उपसमितिको आयोजनामा मिथिला संस्कृति शिर्षकका बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

दमक उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित वक्तृत्वकलामा एलाइड बोर्डिङ स्कूलकी छात्रा दिलासा संग्रौला प्रथम, झापा मोडेल अंग्रेजी माध्यमिक बिद्यालयका छात्र प्रतीक खनाल दोश्रो र सर्वाेदय अंग्रेजी माध्यमिक बिद्यालयका छात्र प्रिपेश श्रेष्ठ तेस्रो भएका छन ।उनीहरुले क्रमश नगद ५०००,३००० र २००० सहित प्रमाणपत्र हात पारेका छन । मिथिला समाज दमक नगर समितिका अध्यक्ष कृष्ण शाहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत तथा सामुदायिक बिद्यालय गरि १९ वटा बिद्यालयका १९ जना प्रतियोगीले भाग लिएका थिए ।

युवा उपसमितिका सचिब बिक्रम कुमार शाहले सञ्चालन गरेको कार्यक्रमा उपसमितिका संयोजक गङ्गा देव चौधरीले स्वागत मन्तब्य राखेका थिए । वरिष्ठ अंग्रेजी साहित्यकार तथा अंग्रेजी साइनो इन्भेन्टर खेमलाल पोख्रेलको संयोजकत्वमा दमक क्याम्पसका प्राध्यापक धनञ्जय बास्कोटा तथा पूर्व क्याम्पस प्रमुख हरि प्रसाद जैसवाल सदस्य रहेको मुल्यांकन समितिले सो बक्तृत्वकलाका प्रतियोगीहरुको मुल्यांकन गरेको थियो ।

दमक नगर उपप्रमुख रेगिना प्रसाईं भट्टराई, विशिष्ट अतिथी तथा स्रस्टा धनकुटे कान्छा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई तेली कल्याण समाज सुनसरीका अध्यक्ष अवध बिहारी शाहले शुभकामना मन्तब्य राखेका थिए । मिथिला संस्कृतीबारे आम मानिसहरुलाई जानकारी गराउँदै संस्कृति संरक्षणमा सहयोग पुरयाउन तथा बालबालिकाहरुलाई सानैदेखि संस्कार संस्कृतिका बारेमा अतिरिक्त ज्ञान दिलाउने उद्धेश्यले त्यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गंगादेव चौधरीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गठबन्धनका नेताबीच परामर्श

काठमाडौँ, सत्ता गठबन्धन दलका नेताहरुले आज मसामयिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकतअनुसार मिलाइएर जान सकिने बताउनुभएको थियो । बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन् । सोही विषयमा पनि शीर्षनेताहरुबीच छलफल भएको थियो ।

छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन आबद्ध दलका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

यामाहाकाे नयाँ स्कुटर रे जेड आर हाइब्रीड १२५ दमकमा सार्वजनिक

दमक / यामाहाले नयाँ स्कुटर रे जेडआर १२५ सिसिको हाइब्रीड दमकमा सार्वजनिक गरिएको छ।

दमकको क्रिसभ कमर्सियलले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठको उपस्थितिमा रे जेडआर हाईब्रीड स्कुटर सार्वजनिक गरेको हो।

प्रमुख अतिथि श्रेष्ठ र क्रिसभ कमर्सियलका संचालक सञ्जु पराजुलीले संयुक्त रुपमा उक्त स्कुटर सार्वजनिक गरेका छन् ।

यो स्कुटर स्मार्ट मोटर जेनेरेटर सहितको नेपालमा आयात गरि सार्वजनिक गरिएको पहिलो हाइब्रीड स्कुटर भएको जनाइएको छ।

स्ट्यान्डर्ड डिलक्स र प्रीमियम तथा प्रीमियम प्लसमा उपलब्ध यो स्कुटर एयर कुलिङ सिस्टम र एफ आई सिस्टममा ब्लु कोर ईन्जिन रहेको क्रिसभ कमर्सियलकी सेल्स प्रतिनिधि आरती संग्रौलाले बताइन् ।

स्कुटरको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ईमको बजार मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँबाट शुरु हुने जनाएको छ। स्कुटर सर्वनिक कार्यक्रममा नेपालको यामाहाको अधिकारिक एम ए डब्लु का एरिया सेल्स म्यानेजर कुन्दन भण्डारी र एरिय सर्भिस इन्जिनियर नितिन साह, दमकमा सामाजिक संघ संस्थाका प्रतिनिधि , ग्राहक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापामा नागरिकता (पहिलो संशोधन) सम्बन्धी सेवा स्थगन

झापा, जिल्ला प्रशासन कार्यलय झापाले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी सेवा स्थगन गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध निःशुल्क भ्याक्सिन लगाउन सुरु

दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो ।

नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु १० लाख बराबरको भ्याक्सिन खरिद गरेर निःशुल्क लगाउन थालेको बताउनुभयो ।

“विगत तीन वर्षअघि देखा परेको रोग अहिले महामारीकै रुपमा फैलियो”, उहाँले भन्नुभयो, “रोग नियन्त्रण गर्ने एक मात्र माध्यम भ्याक्सिन हो । बजेटले भ्याएसम्म निःशुल्क लगाई दिन्छौँ ।” उहाँले टोल विकास समितिमार्फत प्राविधिकलाई किसानको गोठगोठमा पु¥याएर भ्याक्सिन लगाउन निर्देशन दिइएको बताउनुभयो ।

रोग नलागेका वस्तुलाई मात्र भ्याक्सिन लगाउन थालेका उहाँको भनाइ छ । उहाँले नगर क्षेत्रका साढे चार हजार गाई गोरुलाई पुग्ने गरी भ्याक्सिन खरिद गरिएको बताउनुभयो । शनिबारदेखि नै वडा नम्बर १० बाट भ्याक्सिन लगाउन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँलै दुई दिनमा सात सय गाई गोरुलाई भ्याक्सिन लगाइसकेको बताउनुभयो ।

दमक नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैँसी बिरामी भएको उहाँले जानकारी दिनुभयो । उहाँले प्रति भ्याक्सिन रु दुई सय २९ का दरले खरिद गरेर किसानलाई राहत पुर्याउने उद्देश्यले निःशुल्क दिएको बताउनुभयो । यसअघि जिल्लाका विभिन्न पालिकाका किसानले आफैँ भ्याक्सिन खरिद गरेर पशुलाई लगाउँदै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्