यामाहाकाे नयाँ स्कुटर रे जेड आर हाइब्रीड १२५ दमकमा सार्वजनिक

0
454

दमक / यामाहाले नयाँ स्कुटर रे जेडआर १२५ सिसिको हाइब्रीड दमकमा सार्वजनिक गरिएको छ।

दमकको क्रिसभ कमर्सियलले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठको उपस्थितिमा रे जेडआर हाईब्रीड स्कुटर सार्वजनिक गरेको हो।

प्रमुख अतिथि श्रेष्ठ र क्रिसभ कमर्सियलका संचालक सञ्जु पराजुलीले संयुक्त रुपमा उक्त स्कुटर सार्वजनिक गरेका छन् ।

यो स्कुटर स्मार्ट मोटर जेनेरेटर सहितको नेपालमा आयात गरि सार्वजनिक गरिएको पहिलो हाइब्रीड स्कुटर भएको जनाइएको छ।

स्ट्यान्डर्ड डिलक्स र प्रीमियम तथा प्रीमियम प्लसमा उपलब्ध यो स्कुटर एयर कुलिङ सिस्टम र एफ आई सिस्टममा ब्लु कोर ईन्जिन रहेको क्रिसभ कमर्सियलकी सेल्स प्रतिनिधि आरती संग्रौलाले बताइन् ।

स्कुटरको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ईमको बजार मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँबाट शुरु हुने जनाएको छ। स्कुटर सर्वनिक कार्यक्रममा नेपालको यामाहाको अधिकारिक एम ए डब्लु का एरिया सेल्स म्यानेजर कुन्दन भण्डारी र एरिय सर्भिस इन्जिनियर नितिन साह, दमकमा सामाजिक संघ संस्थाका प्रतिनिधि , ग्राहक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here