मिथिला संस्कृति शीर्षकमा दमकमा बिद्यालयस्तरीय वक्तृत्वकला

0
105

दमक/ मैथिली सेवा समाज दमक नगर समिति अन्तर्गतको युवा उपसमितिको आयोजनामा मिथिला संस्कृति शिर्षकका बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

दमक उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित वक्तृत्वकलामा एलाइड बोर्डिङ स्कूलकी छात्रा दिलासा संग्रौला प्रथम, झापा मोडेल अंग्रेजी माध्यमिक बिद्यालयका छात्र प्रतीक खनाल दोश्रो र सर्वाेदय अंग्रेजी माध्यमिक बिद्यालयका छात्र प्रिपेश श्रेष्ठ तेस्रो भएका छन ।उनीहरुले क्रमश नगद ५०००,३००० र २००० सहित प्रमाणपत्र हात पारेका छन । मिथिला समाज दमक नगर समितिका अध्यक्ष कृष्ण शाहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत तथा सामुदायिक बिद्यालय गरि १९ वटा बिद्यालयका १९ जना प्रतियोगीले भाग लिएका थिए ।

युवा उपसमितिका सचिब बिक्रम कुमार शाहले सञ्चालन गरेको कार्यक्रमा उपसमितिका संयोजक गङ्गा देव चौधरीले स्वागत मन्तब्य राखेका थिए । वरिष्ठ अंग्रेजी साहित्यकार तथा अंग्रेजी साइनो इन्भेन्टर खेमलाल पोख्रेलको संयोजकत्वमा दमक क्याम्पसका प्राध्यापक धनञ्जय बास्कोटा तथा पूर्व क्याम्पस प्रमुख हरि प्रसाद जैसवाल सदस्य रहेको मुल्यांकन समितिले सो बक्तृत्वकलाका प्रतियोगीहरुको मुल्यांकन गरेको थियो ।

दमक नगर उपप्रमुख रेगिना प्रसाईं भट्टराई, विशिष्ट अतिथी तथा स्रस्टा धनकुटे कान्छा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई तेली कल्याण समाज सुनसरीका अध्यक्ष अवध बिहारी शाहले शुभकामना मन्तब्य राखेका थिए । मिथिला संस्कृतीबारे आम मानिसहरुलाई जानकारी गराउँदै संस्कृति संरक्षणमा सहयोग पुरयाउन तथा बालबालिकाहरुलाई सानैदेखि संस्कार संस्कृतिका बारेमा अतिरिक्त ज्ञान दिलाउने उद्धेश्यले त्यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गंगादेव चौधरीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here