पत्रकार महासंघ झापा विरुद्ध प्रेस चौतारी आन्दोलनमा

0
156

झापा । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धिकरण मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा विरोधमा उत्रिएको छ ।

सदस्य शुद्धिकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा नै उत्रनु परेको जनाइएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले भने, ‘हामीले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेका छौ, यसको थालनीस्वरुप आज महासंघमा कालो ब्यानर राखेर धर्ना दिएका छौं । हामी झापा महासंघले शुद्धिकरणको नाममा प्रदेशमा पठाएको सक्रिय पत्रकारहरुको नाम संशोधनका लागि आग्रह गरिरहेका छौं । सो सम्बन्धी प्रदेश कमिटीले छनविन समिति बनाओस भन्ने हामी चाहन्छौं ।’

अत्यन्तै पूर्वाग्रही ढंगले, राजनीतिक आस्थाकै कारण महासंघको झापा नेतृत्वले प्रेस चौतारीलाई सडकमा उत्रन बाध्य पारेको हो । शुद्धिकरणमा पर्नैपर्ने कतिपय गैर पत्रकारहरुको नामहरु सूचिमा नराखिनु तर निरन्तर पत्रकारितामा क्रियाशीलहरुलाई यो वा त्यो बहानामा शुद्धिकरण भन्दै सिफारिस गरिएकोमा प्रेस चौतारीको चौतारीको आपत्ती रहेको जनाइएको छ ।

आचार्य अगाडि भने ‘महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुदे मापदण्ड हुबहु पालना हुनुपर्नेमा चौतारी जोडदार माग गर्दछ । तर झापामा यो नभएकोले हामी आन्दोलनमा उत्रन बाध्य भएका छौ ।’ चौतारीले आफ्नो मागको बेवास्ता गरे चरणबद्ध गर्ने आन्दोलनको जिम्मेवार पत्रकार महासंघ झापा हुनपर्ने चेतावनी दिइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here