दमकमा रोगजार मेला २०८० हुने

0
206

दमक, दमकमा यहि असार १४ गते रोजगार मेला हुने भएको छ । वृत्ति परामर्श तथा रोजगार मेला सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले जानकारीमूलक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्था दमक उद्योग वाणिज्य संघले जनाएको हो । मेला दमक ८ स्थित कस्मिक पार्टी प्यालेशमा हुने छ ।

दमक नगरपालिका सहयोग तथा संघको आयोजनामा हुने सो मेलाको तयारी स्वरुप आज बैठक सम्पन्न गरि विभिन्न निर्णयहरु समेत गरिएको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । उक्त मेला सम्पन्न गर्न संघद्धारा गठित प्रर्दशनी तथा महोत्सव व्यवस्थापन उपसमितिका संयोजक राजु खड्काको अध्यक्षतामा एक सचिवालय उपसमिति गठन गरिएको छ ।

रोजगार मेलामा रोजगारीका अवसर खोजिरहेको विद्यार्थी तथा युवाहरुका लागि वृत्ति परामर्श तथा रोजगार सम्बन्धी जानकारी दिन मेलाको आयोजना गर्न लागिएको संयोजक खड्काले जनाएका छन् । गतवर्ष पनि संघले नगरपालिकाकै सहयोगमा त्यस्तो मेला गरेको थियो । उनका अनुसार मेलामा वृत्ति मार्गनिर्देशन तथा परामर्श, रोजगार सम्बन्धी सूचना उपलव्ध हुने, रोजगार खोजीमा रहेका युवाहरु र राजगारदातावीच प्रत्यक्ष सम्पर्क गरिने, सीपमूलक तालिमका बारेमा जानकारी गराउने,उद्यमशीलताको विकास सम्बन्धी परामर्श लगायतका रोजगारीमूलक विषयमा अन्तरकृयासहित सहजकर्ताहरुले आफना विचार राख्ने छन् ।

मेलामा रोजगारीका अवसरको खोजीमा रहेका युवाहरु, विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानका विद्यार्थीहरु लगायतको सहभागिता रहने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here