दमकमा उपप्रमुख सँग बालबालिका

0
183

दमक/ दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बालबालिका संवाद कार्यक्रम अन्तर्गत बालबालिकाहरुका गुनासा र समस्याहरुका बारेमा जानकारी लिएकी छन ।

बालबालिकाहरुका समस्यालाई बालबालिकाकै मुखबाट सुन्ने र समाधानका लागि आवश्यक रणनीति तय गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
सो अन्तर्गत शुक्रबार दमकको नमुना बिद्यालय हिमालय माविमा अध्ययनरत बालबालिकाहरुसँग उपप्रमुख भट्टराईले संवाद गरेकी हुन । सो अवसरमा बिद्यार्थी हरुले सेनेटरी प्याड , क्यान्टिन ( चमेना गृह)को बिषय, अतिरिक्त कक्षा ( कोचिङ) को अधिक शुल्क , छात्रवृत्तीमा भएको विभेदका कारण वास्तविक विपन्न परिवारका बिद्यार्थीले छात्रबृत्ति पाउन नसकेको , बिद्यालय अवागमनमा भोग्नु परिरहेको यातायाताको समस्या, बिद्यालयले लिँदै आएको शुल्कको भार लगायतका बिषयमा गुनासोसहित आफना जिज्ञासाहरु राखेका छन ।

बिद्यार्थीहरुले प्रत्यक्ष रुपमै स्थानीय सरकारसँग खुलेर आफना समस्याहरु राख्ने मौका पाएकोमा खुशी भएको प्रतिक्रिया पनि दिएका छन । सो अवसरमा उपप्रमुख भट्टराईले तत्काल समस्या समाधान गर्न आफनो तर्फबाट चाल्न सक्ने पहलकदमी चाल्ने आश्वासन दिएकी छिन । उनले स्थानीय सरकारले स्थानीयस्तरबाट समाधान गर्न सक्ने बिषयहरु तत्काल सम्बोधन गर्ने र माथिल्लो निकायहरुबाट गरिनुपर्ने कामका लागि पनि आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएकी छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here