Sunday, February 23, 2025
Home Blog Page 26

आगलागीबाट सर्वस्व गुमाएका रन्जितलाई, सुदर्शन सहकारीको सहयोग

मोरङ/ सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीले आगलागीबाट सर्वस्व गुमाएका मोरङ मधुमल्लाका एकजना व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।

मिक्लाजुङ गाउँपालिका – ९ मधुमल्ला बस्ने रन्जित साहलाई सुदर्शन सहकारीका तर्फबाट कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल, लेखा सदस्य सचिनकुमार गुप्ता रौनियार र आर्थिक प्रशासन प्रमुख नरेन सेर्माले नगद बीस हजार प्रदान गरेका छन् । संस्थाका शेयर सदस्यसमेत रहेका साहलाई कल्याणकारी राहत योजना अन्तर्गत नगद उपलब्ध गराइएको सहकारीका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

गत भदौ ३१ गते साहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई आगलागी हुँदा घर, मर्मतका लागि राखिएका मोटरसाइकल, पार्ट्सहरु, लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका थिए । आगलागीबाट करिब ५० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने, राजेशपायल राई र एकदेव लिम्बूले प्रस्तुती दिने

सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट असोज १० गते सोमबार साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने भएको हो । सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने कन्सर्ट दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका हुन् । त्यस्तै सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयलाई प्रस्तुतिमा सघाउने छन् ।

शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कन्सर्ट बारे जानकारी दिइएको हो । कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थाली इन्टरटेनमेन्टले आयोजना गर्न लागेका हुन् भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्ट गर्न लागेको हो ।

पत्रकार सम्मलेनमा बोल्दै विशाल राई हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेका उनका दाजु धिरज राईले जानकारी दिए । अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी पाएको बताए ।

मानवीय सेवाका लागि आयोजित कन्सर्टमा कदम थिएटरको संयोजन र सहकार्य रहेको भन्दै सचिव कमन देवानले कन्सर्ट सफल पार्न दमक र आसपासका विभिन्न सामाजिक, शैक्षिक र व्यवसायिक संघसंस्थाहरुसँग अनुरोध गरिने बताए ।

कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको छ भने विद्यार्थीका लागि २ सय कायम गरिएको आयोजकले जनाएको छ । कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको छ भने सपोर्टरमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत छन् ।

वाईवाई प्यारोसँगको सहकार्य आयोजना गर्न लागिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको छ । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षा रहेका छन्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सुदर्शन सहकारीको १२ औं साधारण सभा सम्पन्न, बचतकर्ता, शेयर सदस्य सहित तिन पत्रकार सम्मानित

दमक/ उर्लाबारी ५ मा मुख्य कार्यालय रही तीन वटा सेवा केन्द्र मार्फत वित्तिय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले आज शुक्रबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाकक्षमा औपचारिक कार्यक्रम गरी संस्थाका उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट शेयर सदस्य समेत एक सय जना बढीलाई पुरस्कार एवं सम्मान गर्दै साधारण सभा समापन गरेको हो । संस्थाले गत मंगलबार पथरीशनिश्चरेस्थित पथरी बजार सेवा केन्द्र , बुधबार मधुमल्ला सेवा केन्द्र र बिहिबार उर्लाबारीस्थित मुख्य कार्यालयमा इकाइगत साधारण सभा गर्दै शुक्रबार माइन्यूट प्रमाणिकरणसहित सभाको औपचारिक समापन गरेको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष गोपाल भटटराईको सभापतित्व र जिल्ला सहकारी संघ मोरगंका अध्यक्ष डिल्ली पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहकारीको कार्यक्षेत्र रहेको दमक र मोरगंमा रहेर पत्रकारितामा क्रियाशील तीन जना पत्रकारलाई समेत पुरस्कृत गरिएको थियो ।

संस्थाले सहकारी क्षेत्रका बिषयमा सञ्चारका माध्यमबाट नागरिकहरुलाई सुसुचित गराउन योगदान दिएको ठहर गर्दै निष्कर्ष मिडिया प्रालिका सञ्चालक बिष्णु पौडेलसहित उर्लाबारीलाई कार्यथलो बनाएर २ दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्धय मिलन के राउत र मदनबाबु प्रसाईलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी पोखरेलले सहकारी अभियान नेपालमा मात्रै नभई विश्वका बिकसित मुलुकहरुमा समेत सफल अभियान भएको र वित्तिय क्षेत्रमा सहकारीको मोडल विश्वमै उदाहरणीय रहेको चर्चा गरे ।

 कार्यक्रममा उर्लाबारी ५ का वडाध्यक्ष रविन तामागं, ६ का वडाध्यक्ष चिन्तामणि पौड्याल लगायतको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रममा संस्थाका सञ्चालक नरेन्द्र शेर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन घनश्याम भण्डारीले गरेका थिए ।

सो संस्थामा गत आर्थिक बर्ष सम्ममा कूल ९ हजार ५ सय ८८ जना शेयर सदस्य पुगेका र कूल ५ करोड ७७ लाख रुपैयाँ शेयर पुँजी कायम भएको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

संस्थाले शेयर सदस्यहरुलाई लक्षित गर्दै ल्याएका शेयर सदस्य कल्याणकारी योजना अन्तर्गत सन्तान प्राप्ती खुशीयालीमा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा प्रकोपमा परि घरबारबिहिन भएका सदस्यलाई २० हजार, बिरामी भई शल्यक्रिया गर्नुपर्ने सदस्यलाई शल्यक्रिया राहत योजनामा ७ हजार, अंगभंग राहत योजनामा सदस्यलाई २ लाख सम्म, स्वास्थ्य सुधार राहत योजना एक लाख, छात्रवृत्ती योजनामा १० हजार, मृतक राहत कोषमा ४५ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रमहरु ल्याएको संस्थाका अध्यक्ष भटटराईले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा डेङ्गु ‘लामखुट्टे’नष्ट गर्ने अभियान शुरु

दमक/ डेङ्गु नियन्त्रण एवं रोकथामका लागि दमक नगरपालिका स्वास्थ्य शाखाले जनचेतनामूलक रयाली निकालेको छ । डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाई गरेर डेंगुको सम्भावित जोखिम न्युनिकरण गर्न सचेतना जगाउने उदश्यले लामखुट्टे नष्ट गर्ने अभियान शुरु गरिएको हो ।

अभियानको उदघाटन गर्दै नगरप्रमुख रामकुमार थापाले सबैको सक्रियतामा डेंगुको लार्भा नष्ट गर्न सकिने भएकाले सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको बताए । अभियानको उदेश्यबारे प्रष्ट पार्दै नगर स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले डेंगु नियन्त्रणमा लार्भा नष्ट गर्नुको विकल्प अरु नभएकाले पानी जम्न नदिने र घर वरपर राखिएका टायर र पलाष्टिकका बट्टाहरु हटाउन अनुरोध गर्दै अभियान चलाउने योजना बनाइएको जानकारी दिए ।

सो क्रममा ग्यारेजमा राखिएका सवारीसाधनका थोत्रा टायरमा जमेको पानीमा सबैभन्दा बढी डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिने स्थान भएकाले डेंगु नियन्त्रण गर्न सो क्षेत्रमा सचेतना जगाउने र लार्भा नष्ट गरिने जनाइएको छ ।

कार्यक्रममा दमकस्थित विभिन्न सामाजिक संघ संस्थाहरु, बिद्यालयका बालबालिकाहरुको उल्लेखीय सहभागिता थियो । नेपाल स्काउट अन्तर्गत हिमालय रोभर रेन्जर कृयु, हिमालय स्काउट दल, अक्स्फोर्ड स्काउट दलका रोभर रेन्जर एवं स्काउटहरुको सहभागिता रहेको थियो । उपप्रमुख रेगिना भट्टराई प्रसाईंले यो अभियानलाई निरन्तरता दिइने जानकारी दिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

भायानेटले ल्यायो आकर्षक दशैँ अफर

आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यलेभायानेटले आकर्षक अफर ल्याएको छ।यो अफर अन्तर्गत अबभायानेटको अल्ट्रा(फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १।१ मेस राउटर वा एमआई ४।ए डुअल ब्यान्ड राउटरआफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्।

यो दशैं भायानेटको अल्ट्रा(फाई २०० एमबीपीएस इन्टरनेटकोवार्षिकप्लानमात्र रु। ९९९ प्रति महिनामा पाउन सकिन्छ। योप्याकेजमा आउने डुअल ब्यान्ड ओ।एन।यु सँगै अबग्राहकहरूले नोकियाको बीकन १।१ मेस राउटर वाएमआई ४।ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकलेडिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ। ग्राहकले मेस राउटर लिनकालागि रु। ४००० र एमआई ४।एराउटरको लागि रु। १५०० डिपोजिट गर्नु पर्नेछ। कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमाघरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो।

साथै भायानेटलेवार्षिक सदस्यतामा मात्र रु। १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट(टप(बक्समात्र रु। ५००डिपोजिट गरीप्राप्त गर्न सक्नेछन्।

भायानेटको अल्ट्रा(फाई लाइनअप बजारमा उपलब्ध रहेकोसबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन्।उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागिअल्ट्रा(फाई लाइन अप विशेष मानिएको छ। अहिले चलिरहेको अल्ट्रा(फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रैवा इन्टरनेटसँगै टिभीकाविभिन्नप्याकेजबाट छान्न पाउने सुविधा दिएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बाँच्ने बचाउने प्रयत्नमा सहयोग  खोज्दै तामाङ्ग परिवार 

दमक / समृद्ध नगरको पहिचान बनाएको दमकको केन्द्र विन्दु वडा हो वडा नं ५ । भृकुटी चोकबाट लगभग ३०० मिटर पश्चिम तर्फको शहरी आवासीय क्षेत्र जहाँ चिल्लो सडक र कम्पाउण्ड वालसहितका पक्की महलहरु छन ।

तिनै महल छेकेको एउटा काठको टाँडे घर । त्यही घरको माथिल्लो तला भाडामा लिएर दशक अघिदेखि बस्दै आएको एउटा निम्नवर्गीय परिवारको मर्मस्पर्शी वेदना । यो व्यस्त र समृद्ध शहरमा भित्र भित्रै दबिएको छ ।

त्यस्तो वेदना र पीडालाई दबाएर बाँच्ने संघर्ष गरिरहेका पात्र हुन ४० बर्षका कृष्ण तामागं र ३६ बर्षिया सबिना राई तामागं ।

कृष्ण र सविनाको जोडी एक छोरी , एक छोरासहित आफना बुबाको समेत संरक्षण गर्दै बसिरहेको थियो यो घरमा । दश बर्ष अघि मोरगंको तत्कालिन टाँडी हालको मिक्लाजुंग ४ बाट ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्न आएको थियो यो परिवार ।

दुखसुख पति पत्नीको दैनिक कमाईले परिवारको गुजारा गर्दै आएको यो परिवारमा विधीको बिडम्बना नै भन्नु पर्छ लगातार एकपछि अर्को बज्रपात परिरहेको छ । गएको भदौमा मात्रै कृष्ण र सविनाले ८ बर्षको छोरा अकालमा गुमाउनु पर्यो ।

शुरुमा ज्वरो आएपछि छोरालाई अस्पताल पुरयाएको थिएँ । दमकको फार्मेसीमा डाक्टरले हेरेपछि बिराटनगर लान सल्लाह दिनु भयो , विराटनगर पुरयाएपछि एकाएक नाभीको छेउमा एकदमै दुख्यो भन्यो म संग पैसा पनि थिएन छोरोलाई अर्को ठाउँमा लैजान सकिएन अकालमा छोरो विराटनगरमै गुमाउनु पर्यो कृष्णले आफनो सन्तान वियोगको त्यो क्षण बेलि विस्तार लगाए ।

छोरा गुमाएको केही दिनमै आफना बाबु खडगबहादुरलाई पनि गुमाए कृष्णले । बाबुको उमेर ढल्किँदो थियो । उनले चाहेर पनि रोक्न सकेनन । अघिल्लो पुस्ता र आफनो भावी पुस्तालाई समेत केही महिनाको अन्तरालमा गुमाउनु पर्दा उनी भित्र गडेको पीडाको मापन गर्न सकिने कुरै भएन । त्यसमाथि दैव झनै निष्ठुरी बनेर अडिएका छन यो परिवारमा । सविना र कृष्ण ज्यालादारीमा अर्काको घर बनाउने ज्यामी पेशा गर्थे । काम गरिरहेकै बेला बाँया हात दुखे जस्तो महसुस हुँदा पनि सविनाले रोगलाई जित्ने प्रयास गरिन तर किन सक्थिन र ?

उनलाई विराटनगरको न्यूरो अस्पतालले क्यान्सरको शंका लागेर चितवनको विपी स्मृति क्यान्सर अस्पताल भरतपुर रेफर गरियो । सविनालाई फेरी झन कहिल्यै निको नहुने प्राणघातक रोग क्यान्सर लागेको त्यहाँको अस्पतालले प्रमाणित गर्यो ।

पारिवारिक पीडाले थिचिएका कृष्ण आफैं मिर्गौला सम्बन्धिको रोगबाट पनि पीडित छन । उनलाई चिकित्सकले एउटा मिर्गौला खराब हुँदै गएको बताइसकेका छन । तर पनि क्यान्सरले थलिएकी जिवनसंगिनी सविनाको स्याहार सुसार र भर्खरै कक्षा ११ मा पुगेकी छोरी सुस्मिताको भविष्यका लागि केही दिन भएपनि चुप लागेर बस्न सकेका छैनन । हिंडडुल गरिनै रहेका छन ।

ओछयान परेकी श्रीमती सविनालाई असल श्रीमान हुनुको कर्तव्य पुरा गरिरहेका छन । उनलाई साथ दिइरहेकी छिन छोरी सुस्मिताले । तर कहिले सम्म ? प्रश्न अनुत्तरित छ ।

कृष्ण र सविनाको यो जोडीले धर्तीमा छोडेका दुई सन्तान मध्ये ८ बर्षिय छोरा त आफैं अघि लागि सक्यो । अब छोरीको भविष्य के हुने हो भन्ने ठुलो पिरमा छन कृष्ण । छोरी सुस्मितालाई पैसा भए बुबा आमा दुवैलाई बचाउन सकिन्थ्यो कि भन्ने त लागेको छ । समस्याले उस्तै घेरेको छ । भगवानले पनि नहेरेको जस्तो महसुस हुने यो परिवारको पीडा र मर्मलाई बुझिदिने कोही जिउँदो भगवानको प्रतिक्षा गरिरहेको छ यो परिवार ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनौट समिति गठन, पुरस्कारको राशी बृद्धि, नयाँ विधा थप

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिंदै आएका पुरस्कारको राशी समेत बृद्धि गरेको छ ।

संस्थाले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बर्षोत्कृष्ठ कृति छनौटका लागि संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा अध्यक्ष गोपीकृष्ण प्रसाई र सचिव राजेन्द्र संग्रौला सदस्य रहेको समिति गठन गरेको बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका लागि लोकराज ढकालको संयोजकत्वमा रेजिना गौतम सदस्य रहेको समिति गठन गरेको छ । पत्रकारिता पुरस्कार छनौट समितिमा संयोजकले एकजना सदस्य थप गर्नसक्ने संस्थाका अध्यक्ष प्रसाईले जानकारी दिए ।

त्यसैगरी यसअघि प्रदान गर्दै आएको विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवा पुरस्कारको नाम परिवर्तन गर्दै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार नामाकरण गरेको संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए ।

त्यसैगरी संस्थाले यसअघि वितरण हुँदै आएको पुरस्कारको राशीमा बृद्धि गरी तीनवटै पुरस्कारको राशी समान २५ हजार पुर्याएको छ । यसअघि पुरस्कारको राशी २१ हजार नगद र सम्मान पत्र रहेको थियो । स्थापनाको २० वर्ष पुग्दा संस्थाले कान्छो पुरस्कारका रुपमा नयाँ विधा थप गरेको छ । बैठकले फरक क्षमता भएका विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्ने लक्ष्यका साथ फरक क्षमताको विशेष प्रतिभा पुरस्कार को स्थापना गरेको हो । ११ हजार राशीको उक्त पुरस्कार यसैवर्षदेखि वितरण गरिने अध्यक्ष प्रसाईले बताए ।

२०५९ सालमा स्थापना भएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले स्थापनाकालमा बर्षोत्कृष्ट कृति पुरस्कारबाट पुरस्कार समर्पण शुरुसंगै त्यसयता वर्षेनी निरन्तरता पाउँदै आएको छ । साहित्य र छन्द संरक्षणका लागि क्रियाशील कोषले यो वर्षदेखि फरक क्षमता भएकाहरुका क्षेत्रमा पनि पुरस्कार थप गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सेतुमारी कृषि सहकारीकाे दशौं बार्षिक साधारण सभा सम्पन्न

दमक /   दमक ९ स्थित सेतुमारी कृषि सहकारी संस्थाले आज आफ्नो दशौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि  दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले कृषि क्षेत्रको बिकास बिना मुलुकको समृद्धी असम्भब रहेको बताइन्। कृषिबाटै समृद्धीको यात्रा तय गर्न सहज हुने भन्दै उनले नगरपालीकाले पनि कृषिको प्रबर्धनका लागी प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताइन् । उनले कृषकलाई दिईने अनुदान वास्तबिक कृषकले पाएको या नपाएको भन्ने बारे आफुहरुले अनुगमन गरिरहेको पनि उल्लेख गरीन्। अनुदान लिने तर काम नगर्ने किसानलाई थप सेवा सुबिधा दिन नगर अग्र्रसर नहुने भन्दै उनले अनुदानमा पाएका कृषि सामाग्रीहरुको उचित प्रयोग गर्न आग्रह गरीन् ।

सहकारीले गत भदौ १८ गते गतेदेखी सुरु गरेको साधारण सभा आज सम्पन्न गरेको हो । संस्थाको आर्थिक बर्ष २०७८-७९ मा कुल कारोबार २ करोड ५९ लाख ५० हजार १ सय ६८ रुपैया १५ पैसा रहेको संस्थाका अध्यक्ष सोमराज तामाङ्गले जानकारी दिए । सहकारीले बिभिन्न बिधामा उत्कृष्ट भएका आफ्ना सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दशैंको टिकट बुकिङ असोज १ देखि खुल्ने

काठमाडौं । यातायात व्यवसायीहरूले दशैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला गर्ने भएका छन् ।

यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यससँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था विभागले यात्रुलाई आग्रह गरेको छ ।

दशैंको बेलामा यात्रुहरूलाई ठगिन हुने भएकाले त्यसलाई मध्येनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमा टिकट काट्ने स्टल राखिने पनि बताइएको छ । दशैं तथा तिहारलगायत चाडँबाडँको समयमा काठमाडौं बाहिर जाने यात्रुको संख्या धेरै हुने भएकाले सरकारले यात्रुलाई सजिलो होस् भनेर भदौ अन्तिमबाट सडक मर्मतको काम थाल्ने पनि सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताए ।

यसैबीच दशैंको फूलपातिको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गरेर दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै असष्टीदेखि एकादशीसम्म मालवाहक गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो । दशैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई भने नरोकिने विभागले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मेचि सहकारी द्वारा ८६ पिन्ट रगत संकलन

झापा / दमकमा केन्द्रिय कार्यालय रहेको मेचि सहकारी संस्थाले आफ्नो बार्षिक उत्वसको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको छ ।

सहकारीको २६ औं बार्षिक उत्सव तथा २८ औं साधारणसभाको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको सहकारीका सुचना अधिकारी चन्द्र थापाले जानकारी दिए।

सहकारीको स्वास्थ्य उप समिति सम्योजक मिना कोईरालाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको प्राबिधिक सहयोग रहेको थियो । दमक रेडक्रस सभापती प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीको प्रमुख कार्यकारी अधिक्रित खोम प्रसाद बगाले लगायतको उपस्थिति रहेको थियो ।

सहकारीले बार्षिक उत्सवको अवसर पारेर बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । भोली १२ गते सहकारीको साधारणसभाको आयोजना गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
test