बाँच्ने बचाउने प्रयत्नमा सहयोग  खोज्दै तामाङ्ग परिवार 

0
118

दमक / समृद्ध नगरको पहिचान बनाएको दमकको केन्द्र विन्दु वडा हो वडा नं ५ । भृकुटी चोकबाट लगभग ३०० मिटर पश्चिम तर्फको शहरी आवासीय क्षेत्र जहाँ चिल्लो सडक र कम्पाउण्ड वालसहितका पक्की महलहरु छन ।

तिनै महल छेकेको एउटा काठको टाँडे घर । त्यही घरको माथिल्लो तला भाडामा लिएर दशक अघिदेखि बस्दै आएको एउटा निम्नवर्गीय परिवारको मर्मस्पर्शी वेदना । यो व्यस्त र समृद्ध शहरमा भित्र भित्रै दबिएको छ ।

त्यस्तो वेदना र पीडालाई दबाएर बाँच्ने संघर्ष गरिरहेका पात्र हुन ४० बर्षका कृष्ण तामागं र ३६ बर्षिया सबिना राई तामागं ।

कृष्ण र सविनाको जोडी एक छोरी , एक छोरासहित आफना बुबाको समेत संरक्षण गर्दै बसिरहेको थियो यो घरमा । दश बर्ष अघि मोरगंको तत्कालिन टाँडी हालको मिक्लाजुंग ४ बाट ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्न आएको थियो यो परिवार ।

दुखसुख पति पत्नीको दैनिक कमाईले परिवारको गुजारा गर्दै आएको यो परिवारमा विधीको बिडम्बना नै भन्नु पर्छ लगातार एकपछि अर्को बज्रपात परिरहेको छ । गएको भदौमा मात्रै कृष्ण र सविनाले ८ बर्षको छोरा अकालमा गुमाउनु पर्यो ।

शुरुमा ज्वरो आएपछि छोरालाई अस्पताल पुरयाएको थिएँ । दमकको फार्मेसीमा डाक्टरले हेरेपछि बिराटनगर लान सल्लाह दिनु भयो , विराटनगर पुरयाएपछि एकाएक नाभीको छेउमा एकदमै दुख्यो भन्यो म संग पैसा पनि थिएन छोरोलाई अर्को ठाउँमा लैजान सकिएन अकालमा छोरो विराटनगरमै गुमाउनु पर्यो कृष्णले आफनो सन्तान वियोगको त्यो क्षण बेलि विस्तार लगाए ।

छोरा गुमाएको केही दिनमै आफना बाबु खडगबहादुरलाई पनि गुमाए कृष्णले । बाबुको उमेर ढल्किँदो थियो । उनले चाहेर पनि रोक्न सकेनन । अघिल्लो पुस्ता र आफनो भावी पुस्तालाई समेत केही महिनाको अन्तरालमा गुमाउनु पर्दा उनी भित्र गडेको पीडाको मापन गर्न सकिने कुरै भएन । त्यसमाथि दैव झनै निष्ठुरी बनेर अडिएका छन यो परिवारमा । सविना र कृष्ण ज्यालादारीमा अर्काको घर बनाउने ज्यामी पेशा गर्थे । काम गरिरहेकै बेला बाँया हात दुखे जस्तो महसुस हुँदा पनि सविनाले रोगलाई जित्ने प्रयास गरिन तर किन सक्थिन र ?

उनलाई विराटनगरको न्यूरो अस्पतालले क्यान्सरको शंका लागेर चितवनको विपी स्मृति क्यान्सर अस्पताल भरतपुर रेफर गरियो । सविनालाई फेरी झन कहिल्यै निको नहुने प्राणघातक रोग क्यान्सर लागेको त्यहाँको अस्पतालले प्रमाणित गर्यो ।

पारिवारिक पीडाले थिचिएका कृष्ण आफैं मिर्गौला सम्बन्धिको रोगबाट पनि पीडित छन । उनलाई चिकित्सकले एउटा मिर्गौला खराब हुँदै गएको बताइसकेका छन । तर पनि क्यान्सरले थलिएकी जिवनसंगिनी सविनाको स्याहार सुसार र भर्खरै कक्षा ११ मा पुगेकी छोरी सुस्मिताको भविष्यका लागि केही दिन भएपनि चुप लागेर बस्न सकेका छैनन । हिंडडुल गरिनै रहेका छन ।

ओछयान परेकी श्रीमती सविनालाई असल श्रीमान हुनुको कर्तव्य पुरा गरिरहेका छन । उनलाई साथ दिइरहेकी छिन छोरी सुस्मिताले । तर कहिले सम्म ? प्रश्न अनुत्तरित छ ।

कृष्ण र सविनाको यो जोडीले धर्तीमा छोडेका दुई सन्तान मध्ये ८ बर्षिय छोरा त आफैं अघि लागि सक्यो । अब छोरीको भविष्य के हुने हो भन्ने ठुलो पिरमा छन कृष्ण । छोरी सुस्मितालाई पैसा भए बुबा आमा दुवैलाई बचाउन सकिन्थ्यो कि भन्ने त लागेको छ । समस्याले उस्तै घेरेको छ । भगवानले पनि नहेरेको जस्तो महसुस हुने यो परिवारको पीडा र मर्मलाई बुझिदिने कोही जिउँदो भगवानको प्रतिक्षा गरिरहेको छ यो परिवार ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here